दलको दलदल

दलको दलदल

 राष्ट्रिय डेली

 

पवन खड्का
मेरो मनमा बारम्बार यो प्रश्न उठिरहन्छ– हामी जनता कि दलका कार्यकर्ता ?मस्तिष्क मन्थन गर्दा निष्कर्ष आउँछ– जनताको हैसियत हामीले गुमाइसक्यौँ । सधैँ झुटा आश्वासन छाद्ने, स्वार्थको भारी बोकेका, विभिन्न आपराधिक क्रियाकलापमा संलग्न इत्यादिहरूलाई हरेकपल्ट कुर्सी थमाउनेहरू कसरी जनता हुन सक्छन् ? जनता त ती हुन् जसले सही मान्छेलाई नेतृत्वमा पु¥याउँछन् अथवा गलत मान्छे नेतृत्वमा पुगे उसलाई गलहत्याएर सत्ताबाट च्यूत गर्ने साहस राख्छन् । सचेत जनता भएका देशमा झुटा आश्वासन छादेर सत्तामा पुगेकाहरूलाई नेतृत्वबाट हटाउन जनताले अदम्य साहसिक काम गरेका प्रशस्तै उदाहरण छन् ।

 

यस्तै एक घटना स्मरणीय छ– चुुनावी प्रतिबद्धता बिर्सेपछि एकपटक मेक्सिकोको ह्विक्सटान प्रदेशमा रहेको सान आन्ड्रेस पोर्टो रिको शहरका पुरुष मेयर जाभिइर जिमेनेजलाई नगरवासीले केही दिनसम्म महिलाको भेषमा शहर घुमाएका थिए । चेतनशील र साहसी नागरिकले नेतालाई यसरी पनि तह लगाउँछन् । तर, हाम्रो देशमा यिनै मेयरजस्तालाई पटकपटक कुर्सी थमाइन्छ, तिनैको देवत्वकरण गरिन्छ । तिनका विरुद्ध बोले ‘राम धुलाइ’ नखाइएला भन्न सकिँदैन । यहाँ त राम्रो गर्न पनि डराउनुपर्छ । नभए त अर्को थरीकाहरूबाट आफू जोखिममा परिन्छ ।

दलको कुरा गरिरहँदा सबैभन्दा चाख लाग्दो कुरा त के छ भने अब कोही पनि दलका कार्यकर्ता नभई रहन सक्दैन । यहाँसम्म कि स्वतन्त्र भनिएका पत्रकारदेखि वकिल र न्यायाधीशसम्म दलकै कार्यकर्ता छन् । यत्रतत्र सर्वत्र दलहरू फुले÷फलेका छन् । दलको अगाडि स्वयं मान्छे पनि गौण हुन थालेको छ । त्यो मान्छे यो दलको, यो मान्छे त्यो दलको । यसरी मान्छे नै दलको भइसेकपछि दलको हुन केही बाँकी होला त ?

 

यी सवाल यसकारण उब्जिएका हुन्– झुट पनि बारम्बार दोहोरिए साँचो लाग्न थाल्छ, स्वाभाविक लाग्न थाल्छ; बानी पर्छ । अहिले हामी यस्तैमा बानी परिसक्र्यौँ । सही–गलत केही नछुट्याइ दलका नेताको भाषणमा निर्धक्क ताली पिट्न सक्ने, जति वेला जहाँ जसरी भन्यो त्यसरी हाजिर भइदिन सक्न्े दलहरूप्रतिको हाम्रो यो निगाह प्रशंसा लायक छ । यति धेरै प्यार त हामीले जीवनमा कमैलाई दिएका हुन्छौँ । दलका लागि हामी परिवारभित्रै युद्ध गर्नसमेत तयार छौँ । दल हाम्रो प्राणप्रिय बनेको छ ।

हामी दलको दलदलमा यसरी फसिसक्यौँ कि त्यसबाट बाहिर निस्कन मुश्किल मात्रै होइन, असम्भव जस्तै बनिसकेको छ । मानौँ हामी ‘दल’ नामको ‘अफिम’ सेवनले थाहै नपाउने गरी लठ्ठिएका छौँ । र, हामीलाई त्यसबाट अलौकिक आनन्द प्राप्त भइरहेको छ ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...