दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
दिलकुमार घमाल
अहिले विश्वका कुनै पनि मानिस तनावबाट मुक्त छन् जस्तो मलाई लाग्दैन । कोभिड–१९ कोरोना भाइरसको तेस्रो लहरको संक्रमण विश्वभरि नै तीव्र रुपमा फैलिरहेको छ । पहिलो, दोस्रो हुँदै अहिले तेस्रो लहरको सामना गरिरहेका छौं । कोरोनाको संक्रमण कहिलेसम्म हामीले सामना गर्नुपर्ने हो भन्ने टुंगो छैन । वैज्ञानिकहरूले समेत यसै भन्न सकेका छैनन् । विज्ञानले मान्छेलाई चन्द्रमामा पु¥यो, धेरै असम्भवलाई सम्भव बनायो । तर, कोरोनाविरुद्धको लडाइँमा विज्ञान असफल भएको छ ।
मलाई लाग्छ यतिबेला विज्ञान पनि आजित भइसकेको छ । थाकेर कतै प्रयोगशालाको कुनामा झोक््रयाइरहेको छ जस्तो लाग्छ मलाई । कोभिडले मानवीय क्षति मात्रै होइन आर्थिक क्षति पनि भएको छ । व्यवसायसँगै धेरैको रोजगारी गुमेको छ । यस्तो अवस्थामा कुनै पनि मान्छे तनावमुक्त छैन । हरेक व्यक्तिलाई तनावको पहाडले थिचेको छ यतिबेला । तर, अब तनाव लिएर पनि केही हुनेवाला छैन । एकछिनका लागि विश्वभरका ७ अर्ब मानिसले तनाव लिएकै भरमा कोरोनाको अन्त्य हुँदैन । त्यसो भएकाले तनाव किन लिने ? जे हुने भइहाल्छ । हुने कुरालाई कसैले टार्न सक्दैन । मनलाई बाँधेर राख्नुपर्छ । मनलाई धेरै चुलबुल र छरिन दिनुहुँदैन । हरेकको समय आउँछ । कोरोना पनि एकदिन पक्कै समाप्त भएर जानेछ । अनि मानिस उही गतिमा, उही रफ्तारमा र उही जीवनशैलीमा फर्किनेछ ।
सामान्य आर्थिक अवस्था भएका मध्यमवर्गीय मानिसभन्दा अहिले विश्वका धनी व्यक्तिहरूले धेरै नै आर्थिक नोक्सानी व्यहोर्न बाध्य भएका छन् । वार्षिक अर्बौं कारोबार गर्ने कम्पनीहरू बन्द भएका छन् । सयौंलाई रोजगारी दिएका उद्योग कलकारखाना कहिल्यै उठ्नै नसक्ने गरी थला परेका छन् । गरिब त सधैं गरिब नै थिए, छन् र हुनेछन् । आखिर कोरोनाको प्रभाव उनीहरूमा के नै परेको होला र ? कोरोना नहुँदा पनि उनीहरूलाई बिहान–बेलुकाको छाक टार्न पनि धौधौ थियो, अहिले पनि त्यस्तै अवस्था छ । तर, ठूला उद्योगी र व्यवसायीका सम्पत्ति बितेको दुई वर्षमा कति घट्यो होला ? एकपटक कल्पना गरौं त ? अनि किन चिन्ता लिने ? किन छटपटिने ।
भगवानलाई कामना गरौं कि बिहान–बेलुकाको खान दुःख नहोस्, अरु के नै चाहियो र ? आखिर कोरोनाले धनी भनेन, गरिब भनेन । सबैलाई संक्रमित बनायो । पैसाले बाँच्ने थिए भने धेरै मानिस कोरोनाबाट बच्ने थिए । धनी र प्रतिष्ठित व्यक्तिहरूले पनि कोरोनाका कारण ज्यान गुमाएका छन् । नहुने भन्दा हुनेखानेहरूले नै बढी ज्यान गुमाएका छन् । आखिर मृत्युलाई कसैले टार्न सक्दैन । मृत्यु निश्चित छ । यसर्थ चिन्ता लिनु बेकार छ । मनलाई धेरै नडुलाऔं, मनलाई आफ्नै नियन्त्रणमा राखौं । बस् यति गरियो भने ठूला समस्या पनि साना लाग्छन् । दुःख र पीडा पनि पर–पर भाग्छन् । जे जस्तो अवस्था छ त्यसैमा खुसी हुन सिकौं । सबैको जय होस् ।
(लेखक– अष्ट्रियाको इन्स्ब्रुकमा विगत दुई दशकभन्दा लामो समयदेखि परिवारका साथ पर्यटन व्यवसाय गरेर बस्दै आउनु भएको छ ।)
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...