दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर ÷ आन्तरिक आयलाई बलियो बनाउने अभियानमा लागेको विराटनगर महानगरले वडा सदस्यहरूका लागि अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । कर संकलन अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले हरेक वडाबाट एक–एक जना वडा सदस्यलाई सम्पर्क व्यक्ति (फोलक पर्सन) तोकिएको छ । वडा कार्यसमितिको सिफारिसका आधारमा महानगरले वडा सदस्यहरूलाई सम्पर्क व्यक्ति तोकेको हो । उनीहरूले चार वर्षसम्म कर अभिवृद्धिका लागि वडामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ । सम्पर्क व्यक्तिका रुपमा तोकिएका वडा सदस्यहरूलाई महानगरले पहिलो चरणको अभिमुखीकरण तालिम दिएको हो । “व्यवसाय दर्ता, नवीकरण, बहाल, सम्पत्तिलगायतका करहरू संकलन गर्न उहाँहरूले समन्वय गरिदिनु हुनेछ,” महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतमले भने, “सम्पर्क व्यक्तिको नेतृत्वमा कर्मचारीहरू कर संकलन अभियानमा लाग्नुहुनेछ ।”
वडामा करसँग सम्बन्धित कुनै समस्या आए सम्पर्क व्यक्तिले महानगरसित समन्वय गरेर समाधान गर्नेछन् । बढीभन्दा बढी कर संकलनका लागि सम्पर्क व्यक्तिहरूले समन्वय र सहजीकरण गर्ने छन् । अभिमुखीकरणमा मेयर नागेश कोइरालाले आन्तरिक आय बलियो नबनाएसम्म विराटनगरवासीको विकासको चाहना पूरा नहुने बताए । “जनतामा विकासको चाहना धेरै छ,” उनले भने, “तर आम्दानी सीमित भएकाले हामीले जसरी पनि आम्दानी बढाउनुपर्छ ।” महानगरले करको दर वृद्धिभन्दा दायरालाई फराकिलो बनाइरहेको मेयर कोइरालाको भनाइ थियो । सरसफाईसँगै कर संकलनमा महानगर निर्मम रुपमा लागिपरेको मेयर कोइरालाले बताए । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्य पूरा गर्न कर संकलनलाई अभियानकै रुपमा सञ्चालन गरिएको मेयर कोइरालाले बताए ।
उपमेयर शिल्पा निराला कार्कीले पनि वडामा करका स्रोतबारे सम्पर्क व्यक्तिहरूले पहिचान गर्नुपर्नेमा जोड दिइन् । उनले वडामा घरनक्सा पास भए–नभएको, व्यवसाय दर्ता तथा नवीकरण भए–नभएको सम्बन्धित वडाबाट निर्वाचितलाई बढी जानकारी हुने भएकाले वडा सदस्यलाई सम्पर्क व्यक्ति तोकिएको जानकारी दिइन् । प्रमुख प्रशासकीय अधिकृत विष्णप्रसाद कोइरालाले सम्पर्क व्यक्तिहरू जिम्मेवार भएर लागेमा महानगरले लिएको कर संकलनको लक्ष्य पूरा हुने बताए । उनले विराटनगरमा ६० प्रतिशतभन्दा बढीले नक्सा पास नगरी घर बनाएको दाबी गरे । अभिमुखीकरणमा वडा नम्बर २ अध्यक्ष कुमार पोखरेल, ७ का मधुबाबु तिवारी, महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतम, सामाजिक विकास महाशाखा प्रमुख राजेन्द्र प्रधान, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतको उपस्थिति रहेको थियो । सम्पर्क व्यक्तिहरूका लागि विषयविज्ञलाई बोलाएर दोस्रो चरणको अभिमुखीकरण पनि सञ्चालन गर्ने भएको छ । महानगरले विराटनगरमा कर संकलन विशेष अभियान सञ्चालन गरिरहेको छ । गत आर्थिक वर्ष ४९ करोड ७८ लाख आन्तरिक राजस्व संकलन गरेको महानगरले चालु आर्थिक वर्षमा ८७ करोड संकलन गर्ने लक्ष्य राखेको छ ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...