दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रू छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो ।
विभागको तथ्याङ्कअनुसार छ महिनामा नेपालले कूल रू आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये रू सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार बराबरको आयात भएको छ भने रू ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार बराबरको मात्रै निर्यात भएको छ । विभागका अनुसार गत आर्थिक वर्षको पछिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ०९ र निर्यात सात दशमलव २३ प्रतिशतले घटेको छ । समग्रमा वैदेशिक व्यापार तीन दशमलव ४७ प्रतिशतले घटेको छ भने व्यापार घाटा दुई दशमलव ६२ प्रतिशतले घटेको छ । नेपालले सबैभन्दा धेरै भारतसँग रू चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार बराबरको व्यापार घाटा व्यहारेको छ ।
छ महिना अवधिमा भारतबाट रू चार खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने रू ५० अर्ब ४४ करोड २२ लाख बराबर मात्रै छ । नेपालले उच्च व्यापार घाटा व्यहोरेका मुलुकमा तीन, संयुक्त अरब इमिरेट्स, युक्रेन र मलेसिया क्रमशः दोस्रो, तेस्रो, चौंथो र पाँचौ नम्बरमा छन् । पुस मसान्तसम्ममा चीनसँग रू एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख १५ हजार, संयुक्त अरब इमिरेट्ससँग रू १२ अर्ब २६ करोड, युक्रेनसँग रू नौ अर्ब ९६ करोड र मलेसियासँग रू आठ अर्ब ६० करोड बराबर व्यापार घाटा छ ।
नेपालको वैदेशिक व्यापारमा नाफा कमाएका मुलुकको सूचीमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ । चालु आवको छ महिनामा नेपालले अमेरिकाबाट रू सात अर्ब ६३ करोड ६३ लाख ६६ हजार बराबरको आयात गर्दा रू आठ अर्ब ३३ करोड ९९ लाख ६७ हजार बराबरको निर्यात गरेको छ । अर्थात् रू ७० करोड ३६ लाख बराबरको व्यापार नाफा अमेरिकासँग भएको छ । पछिल्लो छ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । पुस मसान्तसम्ममा रू ६६ अर्ब ४९ करोड ११ लाख बराबरको डिजेल, रू ३३ अर्ब ९१ करोड ९६ लाख बराबरको पेट्रोल, रू २५ अर्ब ४५ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...