दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले नेपाली भाषा, साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने स्रष्टाहरुलाई नगदसहितस सम्मान गरेको छ ।
कृष्णभूषण बल स्मृति प्रतिष्ठानले विराटनगरमा कार्यक्रम आयोजना गरेर कविता, कथा, समालोचनालगायतका विधामा कलम चलाउने ३ जना स्रष्टा नगदसहित पुरस्कृत गरेको हो ।
कार्यक्रममा भारतको कालेबुङमा रहेर विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय डा। राजेन्द्र भण्डारीलाई २५ हजार राशिसहित प्रतिष्ठानले सम्मान गरेको छ ।
त्यस्तै, तीन दशकभन्दा लामो समयदेखि साहित्य कविता र कथा लेखनमा सक्रिय ज्योति जङ्गल र दुई दशकभन्दा लामो समयदेखि कविता लेखनमा सक्रिय युवाकवि रमेशचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो । जङ्गललाई १५ हजार र अधिकारीलाई ११ हजार नगद राशिसहित सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि तथा महाकाव्यकार सोमराज अभय, विशिष्ट अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाकी प्रमुख संरक्षक शोभा लामा बल, अध्यक्ष प्रा।डा। टंकप्रसाद न्यौपानेलगायतले सम्मान गरेका थिए ।
त्यस्तै, धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयलाई ‘कृष्णभूषण बल स्मृति सेवा सम्मान’ प्रदान गरिएको थियो । सो सम्मान पुस्तकालयका संस्थापक पूर्णबहादुर गुरुङले ग्रहण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि अभयले नेपाली कविता साहित्यमा कृष्णभूषण बलको बेग्लै पहिचान रहेको बताए । उनले बिम्ववादी कविका रुपमा चित्रण गर्दै नेपाली कविता साहित्यमा बलको योगदान उल्लेखनीय रहेको चर्चा गरे ।
विशिष्ट अतिथि मेयर कोइरालाले वरिष्ठ कवि कृष्णभूषण बलको साहित्यिक योगदानले नेपाली समाजको वैचारिक संरचनालाई गहिरो रूपमा प्रभावित गरेको बताए । उनका अनुसार कृष्णभूषण बल स्मृति प्रतिष्ठान पुरस्कार वितरणमा सीमित संस्था नभई स्मृतिलाई सिर्जनामा रूपान्तरण गर्ने अभियान हो साहित्यलाई बहस, अनुसन्धान र सिर्जनाको केन्द्रमा राख्ने प्रतिष्ठानको प्रयासले नयाँ पुस्तालाई आकर्षित गर्नुका साथै समाजलाई बौद्धिक रूपमा समृद्ध बनाएको छ,’ उनले भने ।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरुसहित वरिष्ठ पत्रकार तथा साहित्यकार चन्द्र भण्डारी, आयोजक संस्थाका उपाध्यक्ष केशव आचार्य, महासचिवसमेत रहेका विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, कवि शुभलक्ष्मी लम्साल, मीनकुमार नवोदित, धीरज राई, कृष्णभूषण बलका सुपुत्र साईभूषण लामालगायतले कृष्णभूषण बलले नेपाली भाषा र साहित्यमा पु¥याएको योगदानको चर्चा गरे ।
सो अवसरमा युवाकवि दीपक शम्चुले कृष्णभूषण बलले लेखेको कविता सुनाएका थिए ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...