दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देखाउँदै विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । बिहीबार विराटनगरमा सम्पन्न भएको नगरसभाको १७ औं अधिवेशनले आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजित बजेटको २० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेको हो ।
जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति, घरजग्गा कारोबारमा आयको मन्दी, संस्थागत बहाल कर लक्ष्यअनुरुप असुल हुन नसक्नुलगायतका कारण प्रक्षेपण गरिएकोभन्दा महानगरको आय न्यून हुने देखिएको हुँदा चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको उपमेयर शिल्पा निराला कार्कीले बताइन् । ‘वडास्तरीय बाहेकका विषय क्षेत्रगत तथा नगरस्तरीय योजना÷कार्यक्रम समायोजन हुनेगरी संशोधित बजेट तथा कार्यक्रम गर्न चाहन्छु,’ सत्रौं अधिवेशनमा उपमेयर कार्कीले प्रस्तुत संशोधित बजेट तथा कार्यक्रममा उल्लेख छ ।
चालु आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख आय अनुमान गरिएकोमा साउनदेखि पुस १५ गतेसम्म १ अर्ब १५ करोड ८४ लाख ४८ हजार ३ सय ३५ रुपैयाँ अर्थात २८।९३ प्रतिशत मात्र यथार्थ आय हुन सकेको छ । यसैगरी कुल अनुमानित व्यय ४ अर्ब ४० लाख अनुमान गरिएकोमा पुस १५ गतेसम्म ७१ करोड ७० लाख ७५ हजार २ सय ८४ रुपैयाँ अर्थात १७ दशमलव ९० प्रतिशत मात्र व्यय भएको उपमेयर कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
खर्चमध्ये पुँजीगततर्फ १४ करोड ४४ लाख ९२ हजार ८६ रुपैयाँ खर्च भएको छ । प्रशासनिक एवं चालु खर्चतर्फ ५४ करोड ८० लाख ८१ हजार ५ सय १५ रुपैयाँ खर्च भएको छ भने वित्तीयतर्फ २ करोड ४५ लाख १ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको छ ।
यसैगरी कुल अनुमानित आयमा आन्तरिक राजस्वतर्फ १ अर्ब ४० करोड अनुमान गरिएकोमा पुस १५ गतेसम्म १९ करोड ८५ लाख ८० हजार २ सय ६४ रुपैयाँ मात्र यथार्थ आय संकलन भएको उपमेयर कार्कीले बताइन् । त्यसैगरी राजस्व बाँडफाँडबाट प्राप्त राजस्वबाट १ अर्ब १९ करोड २० लाख ३ हजार अनुमान गरिएकोमा १७ करोड ९० लाख ८ सय १८ रुपैयाँ मात्र प्राप्त भएको छ ।
अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब १७ करोड ६८ लाख अनुमान गरिएकोमा ६० करोड २३ लाख ९० हजार अनुदान प्राप्त भएको छ । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ७ करोड ८५ लाख ९७ हजार अनुमान गरिएकोमा २ करोड ३० लाख ३८ हजार ६ सय १० रुपैयाँ प्राप्त भएको देखिन्छ । संघसंस्था अनुदानतर्फ १ करोड ६६ लाख अनुमान गरिएकोमा ८२ लाख ६६ हजार ५ सय ८२ रुपैयाँ प्राप्त भएको छ । यसैगरी गत वर्षको मौज्यता १४ करोड ९९ लाख २ हजार ५१ रुपैयाँ रहेको छ ।
मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको अधिवेशन अत्यन्तै मर्यादित र व्यवस्थित रुपमा विराटनगर महानगरको इतिहासमै सबैभन्दा छोटो समयमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले बताए ।
विराटनगर महानगरको एकता देशमै नमुना: मेयर कोइराला
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाबीचको एकता र सहकार्यकै बलमा महानगरले पछिल्ला चार वर्षमा चुनौतीपूर्ण परिस्थितिबीच पनि विकास यात्रालाई निरन्तरता दिएको बताएका छन् ।
नगरसभाको १७ औँ अधिवेशनलाई सम्बोधन गर्दै मेयर कोइरालाले कार्यकालको करिब चार वर्ष अनेकौं संकट र कठिनाइका बीच बिते पनि जनअपेक्षाप्रतिको उत्तरदायित्वबाट आफूहरू विचलित नभएको उल्लेख गरे । ‘यो अवधि छोटो महसुस हुनुको कारण जनप्रतिनिधिहरूबीचको आपसी विश्वास, सहकार्य र एकता हो,’ उनले भने, ‘७५३ वटै स्थानीय तहमध्ये विराटनगर जनप्रतिनिधिहरूको सम्बन्ध र सहकार्यका हिसाबले कमजोर छैन, बरु राष्ट्रिय फोरमहरूमा यसको प्रशंसा हुने गरेको छ ।’
मेयर कोइरालाका अनुसार यो सौहार्दपूर्ण सम्बन्ध जनप्रतिनिधिमा मात्र सीमित नरही वडा तहदेखि महानगरसम्मका कर्मचारीहरूसँग पनि मजबुत छ, जसले संस्थागत सफलताको आधार तयार गरेको छ । बाँकी कार्यकालमा समेत यही एकता अझ मजबुत हुने उनको विश्वास छ ।
उनले एकताकै कारण भौतिक पूर्वाधारसँगै स्वास्थ्य र शिक्षामा उल्लेखनीय सुधार आएको दाबी गरे । करिब २ अर्ब रुपैयाँ लगानीमा जाइकाको सहयोगमा सञ्चालित खानेपानी आयोजना ७० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको, सन्ध्याकालीन आरतीलगायतका ठूला परियोजना सञ्चालनको तयारीमा रहेको जानकारी गराए ।
स्वास्थ्य सेवातर्फ मोरङका १७ पालिकामध्ये विराटनगर तेस्रो स्थानमा पुगेको उल्लेख गर्दै रानी र बैजनाथपुर अस्पतालमा स्वास्थ्य बीमा, फिजियोथेरापी, प्याथोलोजी र बर्थिङ सेन्टरसहित सेवा विस्तार भएको बताए । साथै, देशमै पहिलोपटक विराटनगरले सञ्चालनमा ल्याएको ‘महानगर अटिजम सेवा केन्द्र’ प्रभावकारी बन्दै गएको उनको भनाइ छ । सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण पनि बढेको उनले बताए ।
तर, सीमित स्रोत–साधनका बीच असिमित जनआकांक्षा सम्बोधन गर्नु चुनौतीपूर्ण बनेको मेयर कोइरालाले स्वीकार गरे । उनले भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा भएको हिंसात्मक घटनाबाट महानगरको प्रशासनिक भवनसहित १३ वटा वडा कार्यालयमा आगजनी भई झण्डै १ अर्ब रुपैयाँ बराबरको क्षति भएको स्मरण गराए । ‘यो क्षति पूर्ति गर्न हामीलाई केही वर्ष लाग्नेछ,’ उनले भने ।
आन्दोलनका क्रममा आफ्नै निजी निवास र वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतको घरमा समेत आगजनी भएको उल्लेख गर्दै उनले जनसेवामा निरन्तर खटिँदा आफ्नै कार्यालय र घर जलाइँदा पीडा महसुस भएको बताए । आन्दोलनले भवन मात्र होइन, शववाहनदेखि जेसीबी, फर्निचर र महत्वपूर्ण कागजातसम्म नष्ट गरेको भन्दै उनले तीन महिनासम्म कार्यकक्षविनै चिया पसलबाट महानगरको काम सम्हाल्नु परेको अनुभव पनि सुनाए ।
आम्दानी घटेको र संरचना ध्वस्त भएको अवस्थामा मनोबल कमजोर हुनु स्वाभाविक भए पनि नगरसभा सदस्य र कर्मचारीलाई आत्मबल नघटाउन उनले आग्रह गरे । ‘संकटको समयमा देखाइने साहस, दृढ संकल्प र सेवाभावले नै इतिहास निर्माण गर्छ,’ मेयर कोइरालाले भने ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...