दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । विराटनगर–११ मा अवस्थित नेपाल बिजनेस कलेजले नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका ३५० भन्दा बढी विद्यार्थीलाई औपचारिक कार्यक्रम आयोजना गरी स्वागत गरेको छ। आइतबार सम्पन्न कार्यक्रममा एमबीए, बीबीए, बिआइटी र बीएचएम तहमा भर्ना भएका विद्यार्थीहरू सहभागी थिए।
कार्यक्रममा कलेजका सिनियर विद्यार्थीहरूले नयाँ विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक यात्रामा सहकार्य र नेतृत्व विकासको सन्देश दिएका थिए। समारोहका प्रमुख अतिथि तथा कलेजका संस्थापक अध्यक्ष भेषप्रसाद धमलाले शिक्षालाई केवल सैद्धान्तिक सीमामा सीमित नगरी व्यावहारिक र सीपमूलक बनाउन कलेज प्रतिबद्ध रहेको बताए। उनले प्रतिस्पर्धी बजारमा टिक्न सक्ने जनशक्ति उत्पादनमा कलेजले प्राथमिकता दिएको उल्लेख गरे।
स्वागत कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले नृत्य, गायन तथा फेसन शोमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रमको सम्पूर्ण व्यवस्थापन विद्यार्थी स्वयंले गरेको कलेजले जनाएको छ। कलेजका निर्देशक दीपक कोइरालाका अनुसार यस्ता ‘मेगा इभेन्ट’ हरू विद्यार्थीको नेतृत्व क्षमता, व्यवस्थापन सीप र व्यवहारिक अनुभव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिँदै आएका छन्। “सातौँ सेमेस्टरका विद्यार्थीले अनिवार्य रूपमा यस्ता कार्यक्रम आयोजना गर्नुपर्छ र यसको मूल्यांकन शैक्षिक अंकसँग जोडिएको हुन्छ,” उनले भने।
सन् २०१४ देखि सञ्चालनमा आएको नेपाल बिजनेस कलेजबाट हालसम्म ३०० भन्दा बढी विद्यार्थी स्नातक भइसकेका छन्। हाल एमबीए तहमा नवौँ ब्याच अध्ययनरत छ। कलेजका अनुसार उत्तीर्ण विद्यार्थीमध्ये करिब ७० प्रतिशतले स्वदेशमै रोजगारी पाएका छन् भने केही विद्यार्थी उच्च शिक्षा तथा रोजगारीका लागि विदेश गएका छन्।
पढाइसँगै अतिरिक्त क्रियाकलाप र सीप विकासलाई प्राथमिकतामा राख्दै आएको यस कलेजले विराटनगरमा व्यवसायिक शिक्षाको क्षेत्रमा फरक पहिचान बनाउँदै आएको छ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...