एसबीआई बैंक लुटपाटमा योजनाकारसहित ७ जना पक्राउ, २ करोड ६८ लाखभन्दा बढी नगद फेला

एसबीआई बैंक लुटपाटमा योजनाकारसहित ७ जना पक्राउ, २ करोड ६८ लाखभन्दा बढी नगद फेला

 राष्ट्रिय डेली

 

विराटनगर। सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंक शाखामा भएको लुटपाट घटनामा योजनाकारसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। लुटिएको ३ करोड ७ लाख रुपैयाँमध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

गत पुस २९ गते साँझ घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित एसबीआई बैंक शाखामा प्रवेश गरेका लुटेराको समूहले सुरक्षा गार्ड र बैंक कर्मचारीलाई नियन्त्रणमा लिँदै खुकुरी प्रहार गरी घाइते बनाएको थियो। त्यसपछि भल्ट खोली नगद रकम बोरा र झोलामा हालेर उनीहरू फरार भएका थिए।

घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको प्रहरी टोलीले बैंक कर्मचारी र सुरक्षा गार्डलाई बाँधिएको तथा मुखमा टेप लगाइएको अवस्थाबाट उद्धार गरेको थियो। त्यसलगत्तै प्रहरी उपरीक्षकको कमान्डमा ५० जनाको टोली परिचालन गरी व्यापक खोजतलास सुरु गरिएको थियो।

खोजतलासकै क्रममा घटनास्थलदेखि करिब २ किलोमिटर पूर्व लिपिखोलामा बा.ड.०३९८ नम्बरको टाटा सुमो र चालक भागवत सिंह थापालाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रारम्भिक सोधपुछपछि जङ्गलमा लुकाइछिपाइ राखिएको १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद गरिएको थियो।

३० गते बिहान घ्याङलेख गाउँपालिका–१ सुकाचुरीबाट थप ४ जनालाई पक्राउ गरी खानतलासी गर्दा ५ लाख ९ हजार ६७५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। उनीहरूको बयानका आधारमा लुकाइछिपाइ राखिएको थप ८३ लाख ३५ हजार रुपैयाँ नगद समेत बरामद गरिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बैंक रहेको घरधनी छविलाल स्याङ्तान र चतुरमान बज्युले असोज महिनादेखि नै बैंक लुट्ने योजना बनाउँदै आएका थिए। यसअघि मंसिर २३ गते लुट्ने प्रयास असफल भएपछि उनीहरूले पुनः योजना बनाई पुस २९ गते लुटपाट गरेका थिए।

लुटपाटका लागि आवश्यक हातहतियारको व्यवस्था तथा सूचना घरधनी स्याङ्तानले उपलब्ध गराएको खुल्न आएको प्रहरीले जनाएको छ। लुटेराहरूले शाखा प्रमुखलाई प्लाष्टिकको पेस्तोल देखाई भल्ट खोल्न बाध्य बनाएको समेत प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा प्रयोग भएका खुकुरी २ थान, प्लाष्टिकको पेस्तोल १ थान, मोबाइल फोन ५ थान बरामद गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन र नुवाकोटका व्यक्ति तथा १६ वर्षका एक किशोर रहेका छन्।

पक्राउ परेकामाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...