मोरङ ६ बाट शेखर कोइरालासहित मोरङ–सुनसरीका सबै क्षेत्रमा कांग्रेसका उम्मेदवार टुंगो

मोरङ ६ बाट शेखर कोइरालासहित मोरङ–सुनसरीका सबै क्षेत्रमा कांग्रेसका उम्मेदवार टुंगो

 राष्ट्रिय डेली

 

विराटनगर । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ र सुनसरी जिल्लाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । सभापति गगनकुमार थापाको नेतृत्वमा रहेको संसदीय बोर्डले दुवै जिल्लाका उम्मेदवार अन्तिम गर्दै औपचारिक निर्णय सार्वजनिक गरेको हो ।

कांग्रेसले मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ । मोरङ क्षेत्र नम्बर ६ बाट वरिष्ठ नेता डा। शेखर कोइरालालाई उम्मेदवार बनाइएको छ । राष्ट्रिय नेता भएकाले सो क्षेत्रका जनताले यसपटक पनि कोइरालालाई नै विजयी गराउने विश्लेषकहरु बताउँछन् । कोइरालाले आफ्नो क्षेत्रमा प्रशस्त विकासका योजनाहरु ल्याएका छन् । उनले नोना कोइराला प्रतिष्ठानमार्फत समेत सो क्षेत्रमा स्वास्थ्य र शिक्षामा सेवा दिँदै आएका छन् ।

मोरङ क्षेत्र नम्बर १ मा प्रदेश सहमहामन्त्री खड्ग फागो उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा विजयी जिल्ला सभापति डिकबहादुर लिम्बूले यसपटक टिकट पाउन सकेनन् । फागो गगन थापा समूहका हुन् भने लिम्बू शेखर कोइराला पक्षधर मानिन्छन् ।

मोरङ क्षेत्र नम्बर २ बाट कोइराला समूहकै डा. मीनेन्द्र रिजालले टिकट पाएका छन् । उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा उम्मेदवार बनेकी सुजाता कोइराला पराजित भएकी थिइन् ।

मोरङ क्षेत्र नम्बर ३ मा सुनिल शर्मा उम्मेदवार घोषित भएका छन् । उनी पनि अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । मोरङ क्षेत्र नम्बर ४ बाट पार्टीका महामन्त्री गुरुराज घिमिरेलाई उम्मेदवार बनाइएको छ । घिमिरे अघिल्लो प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए । यस क्षेत्रमा कांग्रेसले प्रतिस्पर्धा कडा हुने आकलन गरेको छ, जहाँ नेकपाका अमनलाल मोदी र एमालेका जीवन घिमिरे मैदानमा छन् ।

मोरङ क्षेत्र नम्बर ५ बाट फुलकुमार लालबानी उम्मेदवार बनेका छन् । महासमिति सदस्य लालबानीले प्रदेशसभा सदस्य अमृत अर्यालसहितका आकांक्षीलाई पछि पार्दै टिकट हात पारेका हुन् । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार योगी मण्डल विजयी भएका थिए ।

यसैगरी, कांग्रेसले सुनसरीका चारै निर्वाचन क्षेत्रमा पनि उम्मेदवार टुंगो लगाएको छ । सुनसरी क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ उम्मेदवार बनेका छन् । क्षेत्रीय तहबाट नाम सिफारिस नभए पनि संसदीय बोर्डले उनलाई टिकट दिएको हो । तामाङ विशेष महाधिवेशनपछि गगन थापा समूहमा खुलेका थिए ।

सुनसरी क्षेत्र नम्बर २ बाट निवर्तमान केन्द्रीय सदस्य राजीव कोइरालाले टिकट पाएका छन् । उनी शेखर कोइराला समूहका नेता हुन् । २०७९ को प्रदेशसभा निर्वाचनमा पराजित भएका कोइरालाले यसपटक प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

सुनसरी क्षेत्र नम्बर ३ मा दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदार उम्मेदवार बनेका छन् । उनका काका विजयकुमार गच्छदारले सातौँ पटक उम्मेदवारी दिने इच्छा व्यक्त गरे पनि पार्टीले बेदलाई अघि सारेको हो । यस क्षेत्रमा एमालेले भगवती चौधरीलाई पुनः उम्मेदवार बनाएको छ ।

सुनसरी क्षेत्र नम्बर ४ बाट ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा विजयी कार्की काँग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

कांग्रेसले कोशी प्रदेशका झापाबाट सबै जिल्लाको उम्मेदवार टुंगो लगाइसकेको छ ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...