उद्योगप्रति राज्यको बेवास्ताले उद्योग धरासायी हुँदै गएका छन् :संस्थापक अध्यक्ष कटवाल

उद्योगप्रति राज्यको बेवास्ताले उद्योग धरासायी हुँदै गएका छन् :संस्थापक अध्यक्ष कटवाल

 राष्ट्रिय डेली

विराटनगर । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले उद्योग क्षेत्रप्रति राज्यको गम्भीर बेवास्ताका कारण दिनप्रतिदिन उद्योगहरू धरासायी बन्दै गएको बताएका छन्। नेपालका जुत्ताचप्पल उद्योगीहरुको छाता संस्थाका रुपमा रहेको यस संघको १२ औँ साधारणसभा तथा छैठौं महाधिवेशनमा उनले यस्तो बताएका हुन् ।

उद्योग क्षेत्रप्रति आम नागरिक मात्र होइन, नीतिनिर्मातामै रुचि घट्दै गएको उल्लेख गर्दै उनले भने, “आज मुलुकमा उद्योग भन्ने कुरा मान्छेलाई एकादेशको नमनपर्ने कथाजस्तो, घिन लाग्ने ठाउँजस्तो बनेको छ। उद्योगप्रति एलर्जी नै हुन थालेको छ।”

कटुवालले जुत्ता–चप्पल उद्योगलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै स्वदेशमै कच्चा पदार्थको उत्खनन गरी आत्मनिर्भर बन्न सकिने सम्भावना हुँदाहुँदै पनि राज्यले आवश्यक ध्यान नदिएको बताए ।

“हामी लामो समयदेखि जुत्ता–चप्पल क्षेत्रमा आवश्यक कच्चा पदार्थ यहीँ उत्खनन गर्नुपर्छ, यही क्षेत्रलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर लागिरहेका छौं,” उनले भने, “केही प्रतिशतसम्म आत्मनिर्भर हुन सफल पनि भएका छौं। क्वालिटी र क्वान्टिटी दुवै दिन सकेका छौं र भारत–चीनबाट आएका जुत्तालाई केही हदसम्म विस्थापित गर्न सफल भएका छौं।”

उद्योग र व्यवसाय जोगाउन आफूहरू हरेक कालखण्डमा संघर्ष गर्दै आएको उल्लेख गर्दै कटुवालले भने, “हामी लड्दै–मर्दै भए पनि उद्योग बचाउनुपर्छ, अर्थतन्त्र जोगाउन केही गर्नुपर्छ भनेर लागिरहेका छौं। आज पनि लागिरहेका छौं, भोलि पनि लागिरहन्छौं। तर भोलिको कुनै आश देखिँदैन।”

आगामी चुनावप्रति संकेत गर्दै उनले २७५ जना जनप्रतिनिधिको भविष्यसँगै मुलुकको भविष्य जोडिएको भए पनि परिवर्तनको स्पष्ट संकेत नदेखिएको बताए। “चुनावमा होमिएका २७५ जनाले भविष्य बनाउने हो, तर फेरि पनि केही हुनेवाला छैन,” उनले भने।

उनले उद्योग मन्त्रालय र अर्थ मन्त्रालय नेतृत्वमा पुगेका व्यक्तिहरूमाथि पनि कडा टिप्पणी गरे। “कहाँबाट हावा भरमा आएर उद्योगमन्त्री, अर्थमन्त्री बनेका छन्। ज्ञान हुनुपर्छ, ज्ञान भएका मान्छेलाई मात्र निर्णय गर्ने तजबिज हुन्छ,” उनले भने। आफूहरूले दिएका ज्ञापनपत्रहरू कार्यान्वयन हुनुको साटो टोकरीमा फाल्ने काम मात्र भएको उनको भनाई छ।

चुनावी गतिविधिप्रति व्यंग्य गर्दै कटुवालले भने, “काठमाडौंमा जाडोमा बसेर रमझम गर्दै, भाले–खसी खाएर, घुमेर फोटो खिचेर, टिकटक बनाएर क्यामरा बोकेर भोट माग्न तल जानेहरूका लागि अहिले दशैं आएको जस्तो भएको छ।”

अन्त्यमा उनले उद्योगी–व्यवसायीलाई आपसी एकताबद्ध हुन आह्वान गरे। “माथिल्लो तहका छाता संगठनहरूले हठ छोडेर सबैलाई एकढिक्का बनाएर हाम्रा मुद्दा व्यवस्थित रूपमा अघि बढाउनुपर्छ,” उनले भने।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...