दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर ÷ विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले साहित्यसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित पुरस्कृत गरेको छ । काठमाडौंभन्दा बाहिर एउटै संस्थाले सबैभन्दा बढी राशिको पुरस्कार चेतना प्रतिष्ठानले प्रदान गर्दै आएको छ ।
प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा समाजसेवी हरिभक्त सिटौलाद्वारा आफ्ना बुवा–आमाको नाममा स्थापित ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’ वरिष्ठ साहित्यकार प्रा.डा. माधवप्रसाद पोखरेललाई समर्पण गरिएको छ । उहाँलाई १ लाख १ हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस्तै ५१ हजार राशिको समाजसेवी देवेनरा परिवारद्वारा आफ्ना मातापिताको नाममा स्थापित ‘बालकिशन÷नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार’ प्रा.डा. प्रेम खत्री (काठमाडौं)लाई प्रदान गरियो । समाजसेवी दीनबन्धु गोयलद्वारा आफ्ना दाजुको नाममा स्थापित ५१ हजार राशिकै ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’ समाजसेवी मदन राई र राधिका दासीलाई प्रदान गरिएको थियो । राईलाई गत वर्षको पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै समाजसेवी दिनेश सुवेदीद्वारा आफ्ना भाइको नाममा स्थापित ‘नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार’ बनारसबाट प्रकाशित हुने ‘उदय’ साहित्यिक पत्रिकाका प्रधानसम्पादक तथा प्रकाशक दुर्गाप्रसाद श्रेष्ठ (बनारस भारत) लाई समर्पण गरिएको थियो । सो पुरस्कार राशि पनि ५१ हजार नै रहेको छ ।
त्यस्तै साहित्यकार गङ्गा सुवेदीद्वारा आफ्ना आमाबुवाको नाममा स्थापित ५१ हजार राशिको ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ कलाकार विजय थापा (नवलपरासी) लाई र. साहित्यकार केदार सत्याल र श्रीमती मञ्जु सत्यालद्वारा स्थापित ५१ हजार राशिको ‘केदार–मञ्जु सत्याल बाल चेतना पुरस्कार’बाट बालकलाकार प्रितम आचार्य (सुनसरी) लाई प्रदान गरिएको थियो ।
सबै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि प्रदेश–१ का प्रमुख पर्शुराम खापुङ, आयोजक संस्थाकी अध्यक्ष गंगा सुवेदी, पुरस्कारका संस्थापक हरिभक्त सिटौला, दीनबन्धु गोयल, देवकिशन मुन्दडा, मञ्जु सत्याल, दिनेश सुवेदीलगायतले टीका, माला, खादा लगाएर नगद र सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले भाषा साहित्य र संस्कृतिको विकास बिना मुलुकको समग्र विकास नहुने बताए । उनले चेतनाले समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई पुरस्कृत गरेर प्रदशंनीय कार्य गरेको उल्लेख गरे । २०६१ साल साउन ११ गते स्थापित प्रतिष्ठानले समाजमा चेतना जगाउने काम गरिरहेको अध्यक्ष प्राज्ञ गंगा सुवेदीले बताइन् । उनले संस्थाको उन्नति र प्रगतिका लागि सबैको साथ र सहयोग रहँदै आएको उल्लेख गर्नुभयो । समाजमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्न पाउँदा गौरवको महसुस भएको उनको भनाइ थियो ।
कार्यक्रममा पुरस्कृत बालकलाकार प्रितम आचार्यले गीत प्रस्तुत गरे । कार्यक्रममा पुरस्कृत स्रष्टासहित वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईं, सदस्य दिनेश सुवेदी, अञ्जना कट्टेल सुवेदी, निर्मला कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिष्ठानले ‘चेतना सन्देश’ साहित्यिक पत्रिकासमेत प्रकाशित गर्दै आएको छ । साथै मकालु टेलिभिजनसँगको सहकार्यमा साप्ताहिक कार्यक्रम ‘चेतना प्रवाह’ पनि विगत ९ वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको अध्यक्ष सुवेदीले जानकारी दिइन् ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...