क्रेडिट सुविधामा कडाइ गर्ने निर्णयमा पुनर्विचार गर्न राष्ट्रबैंकसँग उद्योगीको माग

क्रेडिट सुविधामा कडाइ गर्ने निर्णयमा पुनर्विचार गर्न राष्ट्रबैंकसँग उद्योगीको माग

 राष्ट्रिय डेली

विराटनगर ÷ नेपालका उद्योगले अधिकांश कच्चापदार्थ भारतसहित विभिन्न मुलुकबाट आयात गर्दै आएका छन् । यसरी आयात गर्ने वस्तुमध्ये धेरैजसो भारतबाटै ल्याउने गरिएको छ । तर, नेपाल राष्ट्र बैंकले भारतबाट क्रेडिट सुविधामा वस्तु आयात गर्ने व्यवस्थामा कडाइको संकेत गरेपछि पूर्वका उद्योगी व्यवसायी चिन्तित बनेका छन् ।
राष्ट्रबैंकले चालु वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पुनरावलोकन गर्ने तयारी गरेपछि उद्योगी व्यवसायी चिन्तित बनेका हुन् । उनीहरूले यदि क्रेडिट सुविधामा कडाइ गरिए उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने बताएका छन् । भारतसँगको व्यापारमा राष्ट्र बैंकले क्रेडिट सुविधा रोकिदिए भारतीय कच्चा पदार्थमा आधारित नेपालका अधिकांश उद्योग बन्द हुने नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश–१ का अध्यक्ष भीम घिमिरेको भनाइ छ । “भारतको कुनै उद्योगी तथा व्यापारीले ६ महिना उधारोमा सामान दिन्छु भन्न भने राष्ट्रबैंकको टाउको दुखाइ किन ?” घिमिरेले प्रश्न गर्दै भने, “क्रेडिट सुविधामा कडाइ गर्दा न नेपाल सरकारलाई फाइदा हुन्छ न बैंकलाई न त उद्योगीलाई फाइदा भयो । यसलाई राष्ट्रबैंकले तत्काल पुनर्विचार गर्नुपर्छ । आखिर एलसीबाट पेमेन्ट जाने हो । अहिले नै ह्वान्डेट प्रसेन्ट पेमेन्ट गर भन्नु गलत हो ।”

परिसंघका उपाध्यक्ष नबलकिशोर काबराले नेपालमा ६५ प्रतिशतभन्दा बढी औद्योगिक कच्चापदार्थ र सहायक कच्चापदार्थसहित प्याकिङ सामग्री पनि भारतबाटै आयात गरिने जानकारी दिए । राष्ट्र बैंकले भारतसँगको क्रेडिट सुविधा पुनरावलोकन गर्ने भन्ने खबरले नेपाली उद्योगी चिन्तित भएको प्रतिक्रिया दिए । “अहिले विभिन्न समस्याले उद्योगी व्यवसायीहरू प्रताडित भइरहेका बेला राष्ट्र बैंकले क्रेडिट सुविधामा कडाइ गरे धेरै उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ,” उपाध्यक्ष काबराले भने, “नेपाली व्यवसायीले उधारोमा पाएँ भन्दैमा नेपालमा मालवस्तु डम्प गर्न नल्याउने र उधारोमा मालवस्तु ल्याएर त्यसको भुक्तानी बैंकिङ च्यानलबाट गर्दा सरकारलाई किन टाउको दुखाइ भएको बुभ्mन सकिएको छैन ।” उधारोमा भारतबाट मालवस्तु मगाउँदा नेपाली व्यवसायीको जोखिम र लागत दुवै कम पर्ने उपाध्यक्ष काबराको भनाइ ।

उनका अनुसार रकम तिरेर मालवस्तु मगाउँदा कुनै कारण मालवस्तुको गुणस्तर र तौलमा गडबढ रहेछ भने त्यसलाई फिर्ता पठाउन सकिन्न । यसपछि पैठारीकर्ता फँस्नुको विकल्प छैन । यस्ता धेरै घटना विराटनगरमा भइसकेका छन् । तर भारतबाट उधारोमा पैठारी गरिएका सबै मालवस्तु अहिलेसम्म गुणस्तरहीन आएका छैनन् । यदि पुनरावलकोन कडाइतर्फ राष्ट्रबैंक अगाडि बढेमा उद्योगमा ताला लगाउनुपर्ने अवस्था आउने उनको भनाइ छ । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा साना–ठूला मिलाएर करिब ६ सय उद्योग सञ्चालनमा छन् । धेरैजसो भारतीय कच्चापदार्थमा आधारित उद्योग हुन् ।
तरलता अभावको समस्या देखाउँदै अहिले बैंकहरूले ऋण दिन सकिरहेका छैनन् । बैंकले ऋण लगानी नगर्दा नयाँ उद्योग थपिने सम्भावना छैन । “एकातिर बैंकले ऋण दिन सकेको छैन भने अर्कातिर उद्योगीले पाइरहेको क्रेडिट सुविधा रोक्न खोज्नु सरासर उद्योग बन्द गर भने जस्तै भइरहेको छ,” मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, “यस्तो अवस्थामा कुन उद्योगीले नयाँ उद्योग स्थापना गर्ला ? भएका उद्योग नै बचाउन गाह्रो भइरहेको छ ।”

राज्यको सुविधा पाएका भारतीय उत्पादनसित नेपालका उत्पादनले प्रतिस्पर्धा गर्दा झनै समस्या रहेको उनी सुनाउँछन् । उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी पनि राष्ट्रबैंकले मौद्रिक नीतिमा अघि सारेको क्रेडिट सुविधामा पुनरावलोकनको निर्णयमा पुनर्विचार गर्नुपर्ने माग राख्छन् । उनका अनुसार यहाँका रड, जस्तापाता, तेल, मैदा, जुटलगायतका उद्योगले भारतबाटै कच्चापदार्थ आयात गर्छन् । अझ जुट उद्योगले करिब ७० प्रतिशत कच्चापदार्थ भारतबाटै आयात गर्ने गरेका छन् । उत्पादित ९५ प्रतिशत तयारी जुट भारत नै निर्यात हुने गरेको छ । “राष्ट्रबैंकले के सोचेर यस्तो निर्णय गरेको हो मैले बुभ्mन सकिरहेको छुइन,” राठी भन्छन्, “राष्ट्रबैंकले पुनर्विचार नगरे धेरै उद्योगमा ताला लगाउनुपर्ने अवस्था आउन सक्छ ।”

व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीका अनुसार भारतीय व्यवसायीले नेपाली व्यवसायीलाई दिइरहेको क्रेडिट सुविधा संसारमै कतै नभएको सुविधा हो । उनले भने, “सम्भवतः संसारका अन्य मुलुकका बीच यस्तो सुविधा छैन होला । यो सुविधा हाम्रा हितमा छ । त्यसैले हामीले यसको अधिकतम उपभोग गर्नुपर्छ ।” उनका अनुसार क्रेडिट सुविधाअन्तर्गत नेपालका उद्योगी व्यवसायीले भारतीय व्यवसायीसित निश्चित अवधिको उधारोमा मालवस्तु मगाउँछन् । यसरी मालवस्तु ल्याउँदा नेपाली व्यवसायीले भारतीय आपूर्तिकर्तासँग आफूले मालवस्तु पाएको निश्चित समयावधिभित्र तिर्ने गरी सम्झौता गरेका हुन्छन्

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...