चलचित्रकर्मीका १० बुँदे माग कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयद्वारा पत्राचार

चलचित्रकर्मीका १० बुँदे माग कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयद्वारा पत्राचार

 राष्ट्रिय डेली

विराटनगर । राष्ट्रपति कार्यालयले चलचित्र क्षेत्रका १० बुँदे माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । सोमबार पठाइएको पत्रमा चलचित्र नीतिदेखि फिल्म निर्माणमा बैंकिङ कर्जासम्मका बुँदा छन् । गत माघ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै चलचित्रकर्मीले विभिन्न माग राखेका थिए ।उक्त भेटमा आफ्नो ध्यानाकर्षण भएको भन्दै राष्ट्रपति भण्डारीले ती मागहरु सम्बन्धित निकायमा पठाइदिने आश्वासन दिएकी थिइन् ।

सोहीअनुसार सोमबार राष्ट्रपति कार्यालयले ती माग समेटिएको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाएको हो ।उक्त पत्रमा चलचित्र उद्योगका लागि ३.५ प्रतिशत व्याजदरमा बैंकिङ कर्जाको सुविधा उपलब्ध गराइदिने व्यवस्था गर्न अनुरोध गरिएको छ । बिभिन्न देशमा रहेका नेपाली दूतावास तथा कन्सुलेटमार्फत ती देशमा नेपाली चलचित्र महोत्सवको आयोजना गर्न बजेटको व्यस्था गर्न पनि भनिएको छ ।

स्वदेशका पर्यटकिय स्थलमा छायांकन गर्दा चलचित्रमार्फत ती स्थानको प्रवद्र्धन हुने हुँदा यस्ता पर्यटकीय स्थलमा छायांकन गर्दा लाग्ने सम्पूर्ण खर्च संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बेहोर्ने व्यवस्था गर्न समेत आग्रह गरिएको छ ।

कलाकारको मृत्युपश्चात सदगत गर्नु अघि श्रद्वान्जलीका लागि शव राख्ने प्रयोजनका लागि पशुपति विकास कोषमा एक श्रद्वान्जली गृहको व्यवस्था गर्न समेत भनिएको छ ।चलचित्रकर्मी कल्याणकारी कोषमा रकम थप गर्न तथा कलाकार, स्रष्टा, सर्जक, निर्माताले पाउनुपर्ने रोयल्टीको विषयमा २०७४ मा बनेको कार्ययोजना कार्यान्वयन गरी रोयल्टी पाउने वातावरण निर्माण गर्न समेत ध्यानाकर्षण गराइएको छ ।

कर, भन्सार आदिमा छुटको व्यवस्था गर्न, निर्यात उद्योग सरह विदेशमा स्वदेशी चलचित्रको बजार व्यवस्थापनमा सहजीकरण गर्न तथा चलचित्र विकास बोर्डलाई स्वायत बनाउन समेत अनुरोध गरिएको छ ।साथै, राष्ट्रपति कार्यालयले चलचित्र नीति र ऐन परिमार्जनको विषयमा समेत मन्त्रिपरिषद्को कार्यालयलाई पत्रमार्फत आग्रह गरेको छ । चलचित्रकर्मीका तर्फबाट उक्त भेटमा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको मनोरञ्जन फोरमका संयोजक तथा चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारीले राष्ट्रपतिसमक्ष मागहरु प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...