दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर।मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसिया जाने कामदारको स्वास्थ्य जाँच गर्ने स्वास्थ्य परीक्षण केन्द्र अनुगमन गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वसँग बैठक सकेपछि गृहमन्त्री टोलीले सिनामंगलस्थित अनमोल मेडिकल सेन्टरको अनुगमन गरेको हो । उक्त सेन्टरसहित ३६ वटा स्वास्थ्य परीक्षण केन्द्र मलेसिया सरकारको विदेशी कामदार केन्द्रीय व्यवस्थापन प्रणाली एफडब्लुसिएमएस०सँग जोडिएको प्रणाली हो ।
मलेसियामा पुगेपछि मेडिकल अनफिट हुनेको संख्या बढेको भन्दै मलेसियाले स्वास्थ्य मापदण्ड बनाई २०१४ देखि स्वास्थ्य परीक्षणमा कडाइ गर्दै आएको हो । स्वास्थ्य परीक्षण पास भएको रिपोर्टलाई सिधै मलेसियाको गृह मन्त्रालयले अपलोड गरेपछि मात्रै भिसा जारी हुने प्रावधान छ ।
नेपाल र मलेसियाबीच २०७५ कात्तिकमा श्रम सम्झौतापछि दुई देशका गृह, श्रम, परराष्ट्र र कानुन मन्त्रालयका उच्च अधिकारीहरू संलग्न दोश्रो संयुक्त प्राविधिक बैठकले नेपालमा कामदारले स्वास्थ्य परीक्षण गर्न लागेको खर्च मलेसिया पुगेपछि पहिलो महिनामा रोजगारदाताले सोधभर्ना दिने निर्णय गरेको थियो ।
जस अनुसार नेपालमा स्वास्थ्य परीक्षण हुँदै आएको छ । त्यसअघि स्वास्थ्य परीक्षणको खर्च कामदार आफैंले गर्नुपर्थ्यो । स्वास्थ्य परीक्षणको क्रममा सुरक्षा जाँच फिङ्गरिङ पनि हुँदै आएको छ । यसले मलेसिया गएर फर्केका कामदार गृह मन्त्रालयको कालोसूचीमा रहेको वा नरहेको पहिचान गर्नेछ । मलेसियाले डिपोर्ट गरी पठाएका कामदार पुनस् मलेसिया जान पाउँदैनन् ।
शुक्रबार अनुगमनपछि मलेसियाका गृहमन्त्री इजमाइलले गुणस्तरीय स्वास्थ्य परीक्षणमा आफ्नो मन्त्रालयलले जोड दिएको बताए । गृह मन्त्रालयले आवश्यकका अनुसार स्वास्थ्य परीक्षण केन्द्रको अनुगमन गर्न टोली पठाउने पनि उनको भनाइ छ । नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलास खड्काले गृहमन्त्री इजमाइललाई अनमोल सेन्टरमा स्वागत गर्दै कामदारको गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न मलेसियाका स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेको बताएका थिए ।
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न अनुमति दिएको संस्थामध्येबाट गन्तब्य देशहरुले कामदारको स्वास्थय परीक्षण गराउँदै आएका छन् । जसअनुसार मलेसियाले ३६, खाडी देशहरुका स्वास्थ्य संगठन गल्फ कोअपरेसन काउन्सिल गाम्काले साउदी, बहराइन, युएई, ओमनका लागि १२ र कतारले एउटाबाट मात्रै स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...