नोटमा हस्ताक्षर सुरु गर्ने, देशभर नेपाली रुपैयाँ चलनचल्तीमा ल्याउर्ने गभर्नर हिमालय शमशेर जबराको निधन

नोटमा हस्ताक्षर सुरु गर्ने, देशभर नेपाली रुपैयाँ चलनचल्तीमा ल्याउर्ने गभर्नर हिमालय शमशेर जबराको निधन

 राष्ट्रिय डेली

विराटनगर।। नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा आज आइतबार बिहान निधन भएको छ ।

उनी ५ वर्षदेखि ‘पार्किन्सन्स’को समस्याबाट पीडित थिए । केही सातादेखि उनी काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारत थिए ।

 

जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए । ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् ।

राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर राणालाई गभर्नर नियुक्त गर्दा उनको उमेर २९ वर्षको थियो । उनी हिमालयन बैंकको संस्थापक पनि हुन् । ९५ वर्षको उमेरमा समेत २ वटा किताब प्रकाशनको तयारी गरिरहेका राणाका २ छोरा र २ छोरी छन् ।

प्रजातन्त्र स्थापनापछिको पहिलो अर्थ सचिव र नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर थिए । उनी २६ अप्रिल १९५६ देखि ७ फेब्रुअरी १९६१ सम्म नेपाल राष्ट्र बैंकको गभर्नर भएका थिए ।

नेपालमा राणा शासनको अन्त्यपछि ५ वर्ष देशको अर्थसचिव भएर काम गर्दा उनले नै अर्थ मन्त्रालय मातहतका निकायहरु स्थापना गर्न भूमिका निर्वाह गरेका थिए ।

एउटा अन्तर्वार्तामा राणाले बताए अनुसार, राष्ट्र बैंकले नेपाल सरकारको आर्थिक सल्लाहकारको कर्तव्य निर्वाह गर्दा नेपाल सरकारलाई सत् परामर्श दिनुपर्छ भन्ने मान्यता राख्दै उनले नै राष्ट्र बैंकको छापमा ‘असतोमा सद्गमय’ भन्ने निर्देशक वचन राख्न लगाएका हुन् । छापको डिजाइन बालकृष्ण समकी सुपुत्री कलाकार ज्वालाले गरेकी थिइन् ।

उनी गभर्नरको रुपमा ४ वर्ष ८ महिना कार्यकालमा रहँदा देशमा दूरगामी असर पार्ने केही कार्यक्रमहरू भएका थिए । लामो समयदेखि भारतीय रुपैयाँमा कारोबार गरिने नेपालको तराई क्षेत्रमा सहजताका साथ नेपाली रुपैयाँलाई चलनचल्तीमा ल्याउन उनी सफल भएका थिए । त्यसपछि तराई पनि नेपाल राज्यको अर्थतन्त्रको अभिन्न अंग हो भन्ने अनुभव तराइवासीहरूले गर्न थालेका थिए ।

मुलुकमा एउटै मुद्रा चलनचल्तीमा हुनुपर्छ भन्ने मान्यता र उद्देश्यले नेपाल राष्ट्र बैंकको स्थापना गरिएको राणाले बताउने गरेका थिए । २०१३ सालसम्म नेपालमा द्वैध मुद्रा प्रचलनमा थियो । काठमाडौं उपत्यका र पहाडमा नेपाली रुपैयाँ चलनचल्ती हुने, झापादेखि कन्चपुरसम्मको तराइ र भित्री मधेशमा भारतीय मुद्रा प्रचलनमा थियो ।

राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन, ‘सरकारले नै भारतीय रुपैयाँ चलनचल्तीमा ल्याएको थियो । भारुमै मालपोत उठाउँथ्यो, भारुमै खर्च गरिन्थ्यो ।’

 

नेपाल राष्ट्र बैंक स्थापनापछि ‘बैंक अफ इंङल्यान्ड’ लगायतका अन्तर्राष्ट्रिय बैंकमा खाता खोलिएको थियो । तत्कालीन ब्रिटिस गोर्खालीहरू पेन्सनका लागि ‘पाउन्ड’ साट्न राष्ट्र बैंकमा आउन थाले । विदेशी विनियममा पनि नेपाल क्रमश आत्मनिर्भर हुँदै गयो । आफ्नो कमाइबाट नेपाल आफैंले खर्च गर्न सक्ने हुँदै गयो ।

नेपाल राष्ट्र बैंकका अनुसार, जुद्ध शमशेरको पालामा पहिलो पल्ट नेपाली नोट निष्काशन भएको थियो । त्यसबेला कागजको मुद्रा निष्काशन गर्दा सुरक्षण राख्नुपर्ने प्रावधान थिएन । राष्ट्र बैंक स्थापना भएपछि नोट निष्काशनको प्रबन्ध गरियो ।

त्यसको अर्थ नोट निष्काशन गर्न सरकारले सीमा तोक्थ्यो । त्यसको ५० प्रतिशत सुन, चाँदी धरौटी राख्नुपर्ने ऐन नियम बन्यो । नोट निष्काशन गरिसकेपछि नोट च्यातियो, मैलो भयो भने त्यसलाई साट्ने प्रणाली थिएन । त्यसको व्यवस्था पनि राणाले गरे ।

उनी नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा भारतसँग स्थिर विनिमयदर कायम भएको थियो । त्यतिबेला अध्ययन गरेर १६० रुपैयाँ तोकिएको स्थिर विनिमयदर अहिले पनि कायमै छ । त्यसैले पूर्व गभर्नर क्षेत्री राणालाई दुरदर्शी अर्थ विज्ञको रुपमा चिन्छन् । विभिन्न कालखण्डमा भारतीय रुपैयाँसँगको विनिमयदर तलमाथि भए पनि अहिले १६० रुपैयाँ नै रहेको र २०१४ सालमा उनी गभर्नर भएपछिकै विनिमयदर मुलुकमा कायम भएको उनले बताए ।

नेपाल राष्ट्र बैंकले नोट निष्काशन गर्नुपूर्व सदर मुलुकी खानाबाट नोट निष्काशन हुने गर्थ्यो । त्यसमा खजाञ्चीको नाम हुन्थ्यो तर उनको हस्ताक्षर हुँदैनथ्यो । २०१६ सालबाट भने नोट निष्काशन गर्ने अधिकार नेपाल राष्ट्र बैंकले पायो । त्यसपछि निष्काशन भएका नोटमा प्रथम गभर्नर हिमालन शमशेर राणाको हस्ताक्षर थियो ।

हिमालय शमशेर राणा तत्कालीन प्रधानमन्त्री श्री ३ देव शम्शेरको पनाती थिए । सोही कारण उनले १६ वर्षमै कर्नेल उपाधि पाएका थिए ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...