धरान एक्स्पो आज देखी सुरु हुँदै , एक्स्पोमा आउन चतरा र धरानका ४ ठाउँबाट निःशुल्क बसको व्यवस्था

धरान एक्स्पो आज देखी सुरु हुँदै , एक्स्पोमा आउन चतरा र धरानका ४ ठाउँबाट निःशुल्क बसको व्यवस्था

 राष्ट्रिय डेली

विराटनगर । धरान एक्स्पोमा धरान आसपास टाढाबाट आउने सर्वसाधारणका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । वराहक्षेत्र नगरपालिकाको चतराबाट समेत एक्स्पोमा आउन निःशुल्क बसको व्यवस्था गरिएको हो । धरानमा ४ ठाउँबाट एक्स्पो स्थल धरान रङ्गशाला सम्म निःशुल्क बस चलाइएको छ ।
एक्स्पो आयोजक सुनसरी उद्योग वाणिज्य वाणिज्य सङ्घद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी सार्वजनिक गरिएको हो । सङ्घका कोषाध्यक्ष प्रभाव खतिवडाका अनुसार एक्स्पो आउने निःशुल्क बस पानवारी, बगरकोट, बरगाछी रेल्वे चौकमा लाग्ने छ ।
निःशुल्क बस आफ्नो सावरी साधन नहुने ज्येष्ठ नागरिक, महिला, बालबालिका सर्वसाधारणको सुविधाका लागि व्यवस्था गरिएको हो । बसले एक्स्पोमा किनमेल, अवलोकनका लागि आउने उपभोक्ताहरूलाई एक्स्पो स्थल धरान रङ्गशाला सम्म ल्याउने छ ।
धरान एक्स्पो आज १० बजे देखी सुरु हुँदैछ । बालबालिकाहरूका लागि खेल तामासा, सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको एक्स्पोका सबै तयारी पूरा भैसकेको पत्रकार सम्मेलनमा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए । मेलाको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री हिकमत कार्कीले गर्ने छन् ।
सङ्घका प्रथम उपाध्यक्ष एक्स्पो संयोजक गोपाल श्रेष्ठले धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन एक्स्पो आयोजना गरिएको बताए । उनका अनुसार एक्सपो विदेशी तथा स्वदेशी दैनिक उपभोग्य वस्तु, सामाग्रीको बृहत् बजारको रूपमा आयोजना गरिएको हो ।
एक्स्पोमा स्वास्थ्य परीक्षण शिविर पनि दैनिक रूपमा चल्नेछ । सङ्घका अर्थ वाणिज्य सचिव किशन मास्केका अनुसार रोटरी क्लब अफ घोपाको आयोजनामा सञ्चालन हुने स्वास्थ्य शिविरमा एक्सोमा आएका सर्वसाधारणका लागि निःशुल्क स्वास्थ्य परीक्षणका साथै परामर्श सेवा सञ्चालन गरिएको हो ।
एक्स्पोमा पाकिस्तान, बङ्गलादेश र भारतका उत्पादनहरूका स्टलहरू ह्याङ्गर प्रविधिमा बनाइएको डोममा रहने बताइएको छ । स्टल संयोजक विष्णु बरालका अनुसार विदेशी सामाग्रीका कुल १५ वटा स्टलहरू एक्सपोमा हुनेछन् ।
पाकिस्तान जनावरको छालाबाट बनेको लेदरका सामानहरू उत्पादन गर्ने मुलुकको रूपमा विश्व प्रसिद्ध छ । नेपालबाट समेत छाला पाकिस्तान निर्यात हुन्छ । एक्स्पोमा महिला पुरुष दुवैका लागि पाकिस्तानी लेदरको ज्याकेट, बेल्ट, क्याप आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।
बङ्गलादेशको गार्मेन्टका उत्पादनहरू महिलाहरूका कुर्ता, सुरुवाल, साडी, बालबालिकाका पोसाक आकर्षणको स्टल बन्ने अनुमान गरिएको छ । बङ्गलादेशको गरमेन्टका महिला, पुरुषका पोसाकहरू युरोप, अमेरिकी मुलुकहरूमा निर्यात हुँदै आएको छ ।
भारतीय उत्पादन गार्मेन्टका साथै दैनिक भान्सा तथा घरायसी कामधन्धामा आवश्यक उपकरण, सामग्रीहरू एक्स्पोमा आउनेहरूका लागि किनमेलको आकर्षण बन्ने संयोजक बरालले बताए । भारतीय साडी, कुर्ता सुरुवाल किन्न जोगबनी पुग्नेहरूका लागि एक्स्पोले रङ्गशालामै बजार लगाएको हुनेछ ।
पछिल्लो समय घरायसी कामका ससाना उपकरणहरूले भान्सामा गृहिणीहरूको कामलाई सहज बनाएको छ । तरकारीको बोक्रा ताछ्ने देखि भाँडा बर्तन सफा गर्ने उपकरणहरू पनि बजारमा पाइन्छन् । एक्स्पोमा त्यस्ता सामान ब्राण्डेड कम्पनीको पाइने सुविधा उपलब्ध हुने बताइएको छ ।
विदेशी उत्पादनहरू भन्दा बढी स्टलहरू स्वदेशी उपभोग्य वस्तुहरूको स्टल एक्स्पोमा हुनेछन् । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न थालेको अल्लोका कपडा सङ्खुवासभाबाट एक्स्पोमा रहने छ । जुम्लाको भीर मौरीको मह, माछाको अचार देखी अर्ग्यानिक र ब्राण्डेड बस्तु एक्स्पोमा किनमेल गर्ने अवसर जुटाइएको छ ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...