बंगलादेशमा बीएनपीको प्रचण्ड बहुमत दाबी

बंगलादेशमा बीएनपीको प्रचण्ड बहुमत दाबी

 राष्ट्रिय डेली

विराटनगर । बंगलादेशमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी बीएनपीले स्पष्ट बहुमत हासिल गरेको दाबी गरेको छ । प्रारम्भिक परिणामअनुसार बीएनपी एक्लैले सरकार गठन गर्ने स्थितिमा पुगेको छ भने पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ।

कुल ३०० संसदीय सिटमध्ये २९९ सिटमा मतदान भएको थियो । शेरपुर–३ निर्वाचन क्षेत्रमा एक उम्मेदवारको निधन भएपछि त्यहाँ मतदान स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ। सार्वजनिक प्रारम्भिक नतिजाअनुसार २९९ सिटमध्ये २०६ सिटको परिणाम आउँदा बीएनपीले १६५ सिट जितेको छ। केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बीएनपी र उसका सहयोगीहरूले २११ सिटसम्म जितेको उल्लेख गरेका छन्। अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले सीमित सिटमा विजय हासिल गरेका छन्।

जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले हालसम्म करिब ४५ देखि ७० सिटसम्म जितेको जनाइएको छ। गठबन्धनका तर्फबाट ढाका–१५ मा शफीकुर रहमान विजयी भएका छन्। यद्यपि सिट संख्या कम भए पनि उल्लेख्य मत प्रतिशत प्राप्त गरेको खण्डमा उक्त गठबन्धन संसद्मा बलियो प्रतिपक्षको भूमिकामा देखिन सक्ने विश्लेषण गरिएको छ।

दुई दशकपछि बीएनपीको सत्तामा पुनरागमन

करीब दुई दशकदेखि सत्ताबाहिर रहेको बीएनपीका लागि यो निर्वाचन निर्णायक सावित भएको छ। पार्टीले दुई तिहाइभन्दा बढी बहुमत आउने अपेक्षा व्यक्त गर्दै आएको थियो। मतदानपछि अध्यक्ष तारिक रहमानले कानुन–व्यवस्था सुदृढीकरण, आर्थिक सुधार र संस्थागत स्थायित्वलाई पहिलो प्राथमिकता दिने बताएका थिए।

बंगलादेशले ‘पहिले आउनेले जित्ने’ निर्वाचन प्रणाली ९फस्र्ट–पास्ट–द–पोस्ट० अपनाउँदै आएको छ। यस प्रणालीमा उम्मेदवारले आफ्नो निकटतम प्रतिस्पर्धीभन्दा बढी मत ल्याएमा विजयी घोषित हुने व्यवस्था छ, पूर्ण बहुमत आवश्यक पर्दैन।

तारिक रहमानको राजनीतिक पुनरागमन

पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका पुत्र तथा बीएनपी अध्यक्ष तारिक रहमान गत डिसेम्बरमा करिब १७ वर्षपछि स्वदेश फर्किएका थिए। उनी दुई निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका थिए र दुवै क्षेत्रमा विजयी भएका छन्। स्वदेश फर्किएको केही समयपछि उनकी आमा खालिदा जियाको निधन भएपछि पार्टीको सम्पूर्ण नेतृत्व उनको हातमा केन्द्रित भएको हो।

सन् २००१–२००६ को बीएनपी शासनकालमा उनीमाथि भ्रष्टाचारका आरोप लागेको थियो। सन् २००७ मा अन्तरिम सरकारको समयमा उनी करिब १८ महिना जेल बसेका थिए। त्यसपछि उपचारका लागि विदेश जाने अनुमति पाएर बेलायत पुगेका उनी लामो समय स्वदेश फर्किएका थिएनन्। विदेशमै रहँदा पनि पार्टीको रणनीति र आन्दोलनमा उनको प्रभाव कायम रहेको विश्लेषण हुँदै आएको थियो।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...