दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । कोशी प्रदेशस्तरको ललितकला प्रदर्शनीअन्तर्गत चित्रकला र कविताको सृजनात्मक संगम भएको छ । विराटनगरस्थित मारवाडी सेवा सदनमा सञ्चालन भइरहेको प्रदर्शनीमा शनिबार चित्रकलामाथि आधारित कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।
प्रदर्शनीका क्रममा अघिल्लो दिन सिर्जना गरिएका चित्रहरूलाई आधार मानेर विभिन्न कविहरूले रचनात्मक कविता वाचन गरेका थिए । कलाकार युवराज रिजालको चित्रमा लक्ष्मणकुमार नेवटिया, गणेश लामाको चित्रमा हरि कट्टेल, नर श्रेष्ठको चित्रमा अञ्जु अश्रु, कुन्दन श्रेष्ठको चित्रमा शुभलक्ष्मी लम्साल, प्रेम केसीको चित्रमा रमेशचन्द्र अधिकारी र दत्त प्रमोदको चित्रमा राजेन्द्र गुरागाईंले कविता प्रस्तुत गरे ।
यसैगरी डिल्लीकृष्ण आलेको चित्रमा लक्ष्मी रायमाझी, प्रकाश चौधरीको चित्रमा रञ्जना भट्टराई, उद्धव गुरुङको चित्रमा लक्ष्मी पोखरेल तथा कलाकार छितेन शेर्पाको चित्रमा कविता केशरीले वाचन गरे। तिलक राईको चित्रमा मीनकुमार नवोदित, सञ्जु थापा मगरको चित्रमा सरिता तुलाधरले रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सञ्जय सयलको चित्रमा धीरज राई, अरुणा हिङमाङको चित्रमा भीम कोइराला, आयुषाको चित्रमा कारी मण्डल, शिव छाङ्छा राईको चित्रमा चिरञ्जीवि काफ्ले, यशोदाकुमारी सिंहको चित्रमा चूडामणि नेपाल अकिञ्चन, कुमार सानु ९विष्णुकुमार थापा०को चित्रमा पूजा बहार, भीम पुरीको चित्रमा निर्मला नेपाल तथा डीवी राईको चित्रमा कवि सुजाता राईले कविता वाचन गरेका थिए ।
पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीअन्तर्गत हरेक दिन कला र साहित्यसँग सम्बन्धित पृथक् सत्रहरू आयोजना भइरहेका छन् । आयोजकका अनुसार चित्र, साहित्य र समकालीन विमर्शलाई एउटै मञ्चमा उभ्याउने प्रयासस्वरूप यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले भौतिक पूर्वाधारसँगै भाषा, साहित्य र कलाको विकास अपरिहार्य रहेको बताए । ‘भाषा, कला, साहित्य र संस्कृतिको सुदृढीकरणबिना राष्ट्रको समृद्धि सम्भव हुँदैन,’ उनले भने ।
त्यसैगरी विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, अग्रज साहित्यकार गंगा सुवेदी, खेम नेपाली, मधु पोखरेल तथा आयोजक समितिका संयोजक सञ्जय बान्तवालगायतले कला–साहित्य संरक्षणमा संघ, प्रदेश र स्थानीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे ।
माघ २९ गतेदेखि सुरु भएको प्रदर्शनी फागुन ४ गते सोमबारसम्म सञ्चालन हुने सहआयोजक विराटनगर प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव दिनेशराज सुवेदी ९दिङलाली कान्छो०ले जानकारी दिए ।
कोशी प्रदेशमा कला र साहित्यबीचको अन्तरसम्बन्धलाई सशक्त बनाउँदै सृजनात्मक संवादको वातावरण निर्माण गर्न प्रदर्शनी प्रभावकारी सावित भएको सहभागीहरूको भनाइ छ ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...