सफलताको कथा : ‘दाज्जुको चिया पसल’, १९ आइटमका चिया

सफलताको कथा : ‘दाज्जुको चिया पसल’, १९ आइटमका चिया

 राष्ट्रिय डेली

कटवाल दीपक

विराटनगर, २२ फागुन । चिया पसल खोलेर मनग्ये आम्दानी होला भनेर बिरलैले सोचेका हुन्छन् । अझ युवा उमेरमा विदेश गएर पैसा कमाउने आशा सबैमा हुन्छ । तर लामो समय अस्ट्रेलिया बसेर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्यले नेपाल फर्किएका युवा दुर्गेश घिमिरे एउटा उदाहरणीय व्यक्ति बनेका छन् । उनले विराटनगरमा ‘दाज्जुको चिया पसल’ खोलेर आफ्नो पृथकता प्रस्तुत गरेका छन् ।

दुई वर्षअघि विराटनगर–२ मा २१ लाखको लगानी गरेर दाज्जुको चिया पसल खोलेका उनी एक सफल ब्यापारी मात्रै होइन पृथक व्यवसायबाट राम्रो आम्दानी गर्ने युवा मानिन्छन् । त्यतिमात्र होइन चिया पसलमा उनले १३ युवाहरूलाई पनि रोजगार दिएका छन् । उनले सरकारी मापदण्डअनुसार स्टाफलाई तलब सुविधा दिएका छन् ।

‘नेपालमै केही गर्छु भनेर अस्ट्रेलियाबाट फर्केको थिएँ’, उनले भने, ‘सबैले थाहा पाएको र नेपालीले रुचाउने चिया बेच्न फरक तरिकाले चिया पसल गर्न थालेको हुँ । अहिले व्यापारिक हिसाबले राम्रो छ ।’ ‘दाज्जुको चिया पसल’ भन्ने नाम कसरी आयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘सबैलाई आदर गर्ने शब्द भएकाले मैले दाज्जु नामाकरण गरेको हो ।’

सुरुमा चिया पसल खोल्छु भन्दा परिवार पनि अकमक्क परेको सुनाउँदै उनले नाम दर्ता गर्न जाँदा पनि कसैले नपत्याएको सुनाए । उनको परिवार हाल अस्ट्रेलियामै छन् । तर उनी त्यहाँबाट नेपालमै केही गरौँ भन्ने आकंक्षाका साथ स्वदेश फर्किएका हुन् । उनी भन्छन्, ‘चिया पसल खोल्छु भन्दा परिवार अचम्ममा परे । फेरि खोलिसकेर नाम दर्ता गर्न जाँदा विराटनगरमा घर भएको मान्छेले पनि चिया पसल खोल्छन् भने प्रश्न गरे । कसैले पत्यानन् पनि ।  यसैले दर्ता गर्न पनि समय लाग्यो ।’

No description available.

अब उक्त पसलको शाखा खोल्ने तयारी घिमिरेको छ । इटहरीको भोजपुरे टोलमा शाखा खोल्ने तयारी रहेको उनले बताए । त्यसबाहेक इटहरी र झापामा पनि शाखा विस्तार गर्ने तयारी रहेको उनको छ । अहिले विराटनगरमै पनि धेरै चिया पसलहरू दाज्जुकै चिया पसलको सिको गरेर खुलेको उनको जिकिर छ ।

विभिन्न १९ प्रकारका चिया

दाज्जुको चिया पसलमा विभिन्न १९ प्रकार चिया पाइन्छ । यसैले पनि उक्त पसल युवाहरूको आकर्षकको थलो बनेको छ । चियाका साथमा चुरोट पाउने भएका कारण पनि दाज्जुको चिया पसल युवाहरूको पहिलो रोजाइको थलो बनेको हो । चिया र चुरोटबाहेक उनको पसलमा पिज्जा पनि पाइन्छ ।

उनको पसलमा मासिक चार लाख ५० हजारसम्म खर्च हुन्छ । तर आम्दानी पनि राम्रो रहेको उनी बताउँछन् । आफ्नै लगानीमा चिया पसल खोलेर पृथकता प्रस्तुत गरेका उनी आफूले भारतको चिया गल्ली भन्ने ठाउँमा भएको चिया पसलबाट प्रेरणा पाएको उल्लेख गर्छन् ।

No description available.

उनी भन्छन्, ‘इन्डियाको चिया गल्ली भन्ने ठाउँमा भएको चिया पसललाई देखेर चिया फरक तरिकाले पनि गाग्रहकलाई सर्भिस गर्न सकिँदो रहेछ भन्ने कुरा सिकेँ । यसबाट म धेरै नै प्रभावित भएको थिएँ ।’

आम्दानीबाट केही रकम समाजसेवामा

उनले पसलबाट भएको आम्दानीमध्ये केही रकम समाजसेवाका लागि छुट्याउने गर्छन् । सडकमा भएका घाइते कुकुरको उपचारमा र कुकुरको बन्ध्याकरण गर्न उनले सहयोग गर्छन् । उनी भन्छन्,‘मैले आम्दानीमध्येको केही रकमचाहिँ सडकमा घाइते अवस्थामा रहेको कुकुरको उपचारमा खर्चिने गरेको छु । त्यसबाहेक कुकुरको बन्ध्याकरण गर्न पनि सहयोग गर्नेगरेको छु ।’

No description available.

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...