त्रिदेशीय फुटबल : उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिने

त्रिदेशीय फुटबल : उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिने

 राष्ट्रिय डेली

विराटनगर, ९ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित नेपाली टिम मैदानमा उत्रिने बताएका छन् ।

कीर्गिस्तानको यु २३ र बङ्गलादेशको राष्ट्रिय टिम सम्मिलित प्रतियोगिता मङ्गलबार दशरथ रङ्गशालामा सुरु हुँदैछ ।

विश्वकप छनोटअन्तर्गत दशरथ रङ्गशालामा नेपालले अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनबीचको खेल खेल्न नपाउने भएपछि एन्फाले घरेलु दर्शकका लागि थ्री नेशन्स कपको आयोजना गर्न लागेको हो ।

श्रृखंलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टिमका उपकप्तान रोहित चन्दले दशरथ रङगशालामा लामो समयपछि खेल्न लागेकाले पनि आफ्नो टिमका खेलाडीहरु उत्साहित र राम्रो गर्न प्रेरित बनेको बताए ।

नेपाली टिमका कप्तान किरण चेम्जोङ अहिले व्यवसायिक फुटबल खेल्न भारतमा रहेकाले प्रशिक्षक महर्जनसहित रोहित प्रतियोगिताको पूर्वसन्ध्यामा गरिएको पत्रकार सम्मेलनमा उपस्थित भएका हुन् । कप्तान तथा गोलरक्षक किरण सोमबार राति नेपाल आइपुग्ने जानकारी प्रशिक्षक महर्जनले दिएका छन् ।

प्रशिक्षक महर्जनले विश्वकप छनोटका लागि आफ्नो टिम गत तीन महिनादेखि निरन्तर अभ्यासमा रहेको हुँदा यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामी शतप्रतिशत दिएर खेल्नेछौँ, राम्रो खेलेपछि उपाधि जितको नतिजा पनि आफ्नो पक्षमा आउनेछ ।’

प्रतियोगिताअन्तर्गत पहिलो खेलमा मङ्गलबार दुई पाहुना टोली बङ्गलादेश र कीर्गिस्ताबीच भिडन्त हुनेछ ।

नेपालले आफ्नोपहिलो खेल बिहीबार किर्गिस्तानविरुद्ध खेल्नेछ । नेपालले आफ्नो दोस्रो खेलमा चैत १४ गते बङ्गलादेशको सामना गर्नेछ । लिग चरणमा तीन खेलपछि शीर्ष दुई स्थानमा रहने टिमबीच चैत १६ गते उपाधि भिडन्त हुनेछ । यी सबै खेल साँझ ५.३० मा सुरु हुनेछन् ।

कीर्गिस्तान ओलम्पिक टोलीसहित नेपाल आएको छ । कीर्गिस्तानका प्रशिक्षक झोल्डोसोब नुर्वेकले यु २३ टिम भए पनि यो राष्ट्रिय टोली सरह नै भएकाे बताए ।

कीर्गिस्तानको टोलीमा राष्ट्रिय टिमका दुई सिनियर खेलाडी पनि छन् । प्रशिक्षक नुर्वेकले प्रतियोगिताका लागि राम्रो तयारी गर्न नसके पनि नेपालमा राम्रो फुटबल खेल्ने बताए ।

यो युवा खेलाडीका लागि अवसर पनि हो, विशेषरुपमा आयोजक नेपालसँग खेल्न कठिन हुनेछ तर हामी शतप्रतिशित दिएर राम्रो नतिजा ल्याउन प्रयास गर्नेछौँ– प्रशिक्षक नुर्वेकको भनाइ छ ।

पाँच महिनाअघि नेपालले बङ्गलादेशमा दुई अन्तर्राष्ट्रिय मैत्री खेल खेलेको थियो । जसमध्ये पहिलो खेलमा नेपाल २–० ले पराजित भएको थियो भने दोस्रो खेल बराबरीमा टुङ्गिएको थियो ।

नेपालका प्रशिक्षक महर्जनले अहिले नेपाली टोली धेरै फरक भइसकेको बताए ।

सो समय कोरोनाका कारण नेपालको तयारी पनि कमजोर थियो भने टिम युवा थियो । बङ्गलादेशविरुद्ध मैत्री खेल्न बोलाइएका खेलाडीमध्ये पहिलो रोजाईका सात खेलाडी कोरोना संक्रमित देखिएपछि पनि नेपाली टिममा संकट थपिएको थियो । यीमध्ये सबै खेलाडी पहिलो रोजाईका खेलाडी हुन् ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...