दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । कमै मान्छे होलान्, जसले विदेशमा उच्च शिक्षा हासिल गरी नेपाल फर्किएर बिजनेस गर्ने साहस राख्छन । नेपालमै पढेका शिक्षित युवाहरू पनि स्वदेशमा भविष्य छैन भनेर विदेश पलायन हुने गरेका छन् । । झन् विदेशमा पढेर त्यहाँको सुविधा भोग गर्न पल्केकाहरू नेपाल फर्किएर बिजनेसमा हात हाल्न जोखिम मान्छन्, यहाँको राजनीतिक ‘गञ्जागोल’ बिजनेसका लागि चुनौती भन्ठान्छन् ।
त्यसबाहेक पनि नेपालमा उद्योग–व्यवासाय गर्न अनेकन अवरोध छन् । नेपालको लामो शसस्त्र द्वन्द्व र राजनैतिक अस्थिरताले देशमा समस्या पर्दा उद्योगधन्दाहरू रुग्ण अवस्थामा छन् । जसले गर्दा उद्योगीहरू धरासायी बनेका छन् र उद्यमशिलता पलायन भइरहेको अवस्था छ ।
राजनिती अस्थिरताका कारण धेरै नयाँ पुस्ताहरू नेपालमा बस्ने अवसरै छैन भनेर विदेश पलायन भइरहेका छन् । तर एकता गोल्छा एउटा त्यस्तो नाम हो, जसले बेलायतमा अध्ययन गरेर नेपालमा बिजनेस हाँकिरहेकी छन् । उनका अनुसार हाम्रो देश नेपाल उद्यमशिलताका लागि अवसरै–अवसर भएको देश हो । यहाँ पनि केही गर्न नसक्नेले अन्त गएर केही गर्न सक्दैन ।
इङ्ग्ल्यान्डमा अध्ययन गरेर दुई वर्ष भारतीय आइटी कम्पनीमा जागिर गरेकी उनी विदेशमै उद्योग–व्यवसाय चलाउन सक्ने महिला हुन तर उनी नेपालमै कम्पनी खोल्ने योजना बनाएर सन् २०१६ मा स्वदेश फर्किइन् ।
उमेरले ३२ पुगेकी अहिले ४० कर्मचारीसहितको एउटा आइटी कम्पनीलाई सफलताको दिशा दिइरहेकी छिन् । उनी औद्योगिक घरानियाँकी युवा पुस्ता हुन् । उनी सदस्य भएको गोल्छा परिवार गोल्छा अर्गनाइजेसन नेपालकै प्रतिष्ठित औद्योगिक घराना हो ।
गोल्छा परिवार नेपालको उद्योग–व्यापारलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान दिएको परिवार हो । जुन सिङ्गो परिवार लामो समयदेखि नेपालको उद्योग–व्यवसायमा समर्पित छ । त्यसमध्येका एक हुन्, राजकुमार गोल्छा । जुट उद्योगमा उल्लेख्य सफलता हात पारिरहेका राजकुमार गोल्छाकी छोरी हुन्, एकता गाोल्छा।
विदेशमा लिएको उच्च शिक्षाको सहायतामा एकताले आफ्ना बुवाकै बिजनेसमा सहयोग पुर्याउन सक्थिन् । तर उनी आफैँ केही फरक गरेर चिनिन चाहन्थिन् । त्यसै अनुरुप सन् १६ मा उनले डेल्टाटेक नामक आइटी कम्पनी खोलेर सञ्चालन गर्न थालिन् । आज उनको कम्पनीसँग थुप्रै देशका नामी उद्योगहरू जोडिएका छन् । एकता नेतृत्वको डेल्टाटेकबाट यसमा आबद्ध भएका सबै कम्पनी सन्तुष्ट पनि छन् ।
‘मेरो परिवार नेपालको उद्योग–व्यापारमा ठुलो योगदान दिएको परिवार हो,’ उनी भन्छिन्, ‘बुबा अझै पनि सोही काममा समर्पित हुनुहुन्छ, म पनि छु । मैले बुबाकै बिजनेसमा सघाउन सक्थेँ , तर मैले आफै केहि गरौ भन्ने मनसायले आफ्नै कम्पनी थालेँ । धेरैले मलाई किन जोखिम मोलेको भनेर सोध्नु पनि भयो । तर मलाई जोखिम मोल्नमै मज्जा लाग्छ । किनकि, जोखिम बिनाको उपलब्धि पनि फिका हुन्छ ।’ तथापि, उनले अप्रत्यक्ष रूपमा भएपनि बुबाको बिजनेसमा सहयोग गरिरहेको बताइन् ।
नेपालमा आइटी कम्पनीका लागि अनेकौँ चुनौती छन् । उनी यो कुरामा जानकार पनि छिन् । नेपालमा एजुकेसनको लेबल धेरै तल भएकोले अझै धेरैले टेक्नोलोजी प्रयोग गर्ने गरेका छैनन् । धेरैमा टेक्नोलोजी भनेको झन्झटिलो र खर्चिलो हुन्छ भन्ने गलत धारणा छ । धेरै कमले मात्र टेक्नोलोजीले जीवन झन्झटिलो नभएर झन् सहज बनाउँछ, खर्चिलो नभएर मितव्यायी हुन्छ र यसले समयको बचत पनि गराउँछ भन्ने बुझेका छन् ।
सबैमा टेक्नोलोजीको चेतना जगाउन र टेक्नोलोजीसँगको अभ्यासमा अभ्यस्त बनाउन पनि आइटी कम्पनी थालेको उनको भनाइ छ । ‘जब मानिसहरूको एजुकेसन लेबल बढ्दै जान्छ धेरैभन्दा धेरैले यसको महत्त्वलाई बुझ्नेछन् र नयाँ–नयाँ टेक्नोलोजीको प्रयोगमा दक्ष हुँदै जानेछन्,’ उनी भन्छिन् ।
यसरी सुरु भयो डेल्टाटेक
एकताले स्कुले शिक्षा विराटनगरको डिएभी स्कुलबाट सकेकी हुन् । त्यसपछि चार वर्ष भारतमा पढिन् । भारतमा ११ र १२ अध्ययन सकेपनि उच्च शिक्षाका लागि युके पुगिन् । लन्डनस्थित वारविक युनिभर्सिटीमा म्याथमेटिक्स पढेपछि अक्सफोर्ड युनिभर्सिटीमा थप तीन वर्ष पढेर एमएससी सकिन् । उनको विषय ‘म्याथमेटिकल एन्ड कम्प्युटेसनल फाइनान्स’ हो । पढाइपछि व्यवहारिक ज्ञान हासिल गर्न उनले भारतको एक प्रसिद्ध आइटी कम्पनीमा जागिर खाइन् ।
उनी बाहिर पढेपनि बिजनेसका लागि नेपाल नै फर्किने सोचमा थिइन् । ‘विदेशमा पढ्न गए पनि नयाँ पुस्ताले केही नयाँ सिर्जना गरेर देशको उद्यमशिलता बढाउन सहयोग गर्नुपर्छ भन्ने चाहना ममा थियो,’ उनी भन्छिन्, ‘यसैले पनि मैले बुबाहरूले गरिरहेको उद्योगको पुरानो बिरासतलाई सम्हालिनँ । बरु आफ्नै नयाँ केही गरौँ भन्ने ठानेर आफ्नो पढाइ र रुचिअनुकुल आइटी कम्पनी खोलेकी हुँ ।’
विश्वका आइटी कम्पनीलाई चुनौती दिने लक्ष्य
पछिल्लो समय आइटी क्षेत्र बिजनेसका लागि महासागर बन्दै गइरहेको छ । किनकि, अहिले विश्व नै प्रविधीकरण भइसकेको अवस्था छ । जोखिम मोलेर नयाँ गर्न चाहनेहरूले यो क्षेत्रमा धेरै नयाँ गरेर देखाउन सक्छन् । डेल्टाटेक एप कम्पनी र त्यसमा आबद्ध कर्मचारीबीचको समन्वय गर्ने नेपालको भरपर्दो एप हो, जसले कम्पनीमा प्रविधिमैत्री भई काममा समन्वयकारी भूमिका खेल्छ । फिल्ड सेल्सबेसमा भने डेल्टाटेक नेपालकै पहिलो भएको उनको भनाइ छ ।
‘नेपालमा मात्र नभएर विदेशमा पनि हाम्रा ग्राहकहरू बढिरहेका छन्,’ उनी भन्छिन्, ‘बिजनेस विस्तार हुँदै गएपछि हामीले आफ्नो कार्यक्षेत्र पनि फैलाउन थालेका छौँ । अब हामी सर्भिस प्राभाइडरमात्र होइन, टेक्नोलोजी निर्माता पनि बन्दै गइरहेका छौँ । हामीले कम्पनीमा दक्ष जनशक्ति धमाधम थपिरहेका छौँ भने ल्याब र बजार प्रबन्धलाई पनि व्यवस्थित गर्दै लादैछौँ ।’
एकताका अनुसार हाल दुई सयभन्दा बढी कम्पनीहरू उक्त एपमार्फत आफ्ना कामलाई सहज बनाउँदै छन् । नेपाल, भारतदेखि इजिप्टसम्मका राष्ट्रहरूले डेल्टा एप प्रयोग गर्छन् । युरोपमा भने डेल्टाटेकले उपस्थिति जनाइसकेको अवस्था नभए पनि त्यहाँका केही राष्ट्रहरूसँग कुरा भइरहेको उनको भनाइ छ ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...