दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
कविता कार्की
विराटनगर । हाम्रो संस्कृति र समाजमा महिलाहरूले वर्षौंदेखि गरेका उपलब्धिहरू सम्झाउन हामी महिला इतिहासलाई स्मरण गर्दै आजको दिन विशेष महिलाहरुका निमित्त मनाउँछौं। विज्ञानदेखि राजनीतिसम्म, यो परिवर्तनको मार्गमा नेतृत्व गर्ने ती सम्पुर्ण महिलाहरूलाई प्रतिबिम्बित गर्दै उहाँहरुको महान कार्यलाई सदैव सम्मान गर्छौ ।
यस पटक सन् २०२२ को अन्तर्राष्ट्रिय नारी दिवसको नारा
दिगो भोलिको लागि आज लैङ्गिक समानता भन्ने रहेको छ । यद्यपि, नारीको अस्तित्वलाई अस्वीकार गरी दिनहुँ उनीहरुमाथि गरिने असमान व्यवहार हाँस्यास्पद छ। यसविरुद्ध सचेतना बढिसकेको छ तर पनि नारीमाथि रवाफ जमाउनेहरुको अझै कमी छैन।
अझ भन्ने हो भने, घरेलु हिंसालाई अपराध नै नमानिने देशहरूमा करिब ६० करोड ३० लाख महिलाहरु बस्छन्। यस्तै अवस्थालाई निरन्तरता दिइरहने हो भने एक दिन सबै देवीहरु जुर्मुराएर बिद्रोहमा उत्रनेछन् । आखिर सहनशीलताको अन्तिम बिन्दुमुनि पनि त बिद्रोहकै बास हुने गर्छ।
जे होस् , केही सज्जनहरु भने महिला र पुरुष बराबर हुन् भन्दै हुड बाजि चलाउछ्न । लैङ्गिक समानताका ठुला ठुला भाषण गरेर घर फर्किन्छन् अनि घरकी श्रीमतीलाई भने आफ्नो पेवा नै ठानेर बस्छन् । तर बाहिरि रुपमा चाहि त्यहीँ महिलाबारे बिगुल फुकिन्छ– ‘यत्रनार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता ।।।’ अर्थात जता नारीको पूजा हुन्छ, देवता त्यतै रमाउँछन् ।
तर यथार्थमा यसैको ठीक विपरित व्यवहार भइरहनु एक्काइसौं शताब्दीमा पटक्कै सुहाउने कुरा होइन। आजका सज्जनहरुबाट निर्मित यो समाजमा बोल्ने र गर्ने दुवै क्रियाकलाप नितान्त फरक हुनु कुनै नौलो कुरा पनि भएन ।
अब फेरि भन्नू होला महिलाहरुले खास के नै गरेका छ्न् र ?
के तपाईलाई थाहा छ, प्रत्येक ९० सेकेन्डमा एक महिलाको गर्भावस्था वा सुत्केरी हुँदा मृत्यु हुने गर्छ । यीमध्ये धेरैजसो मृत्युहरू रोकथाम योग्य छन्, तर लैङ्गिक भेदभावका कारण धेरै महिलाहरूलाई आवश्यक पर्ने उचित शिक्षा वा हेरचाह दिइँदैन, जसको कारण ज्यानै जाने गर्छ।
प्रत्येक ४ मध्ये १ महिलाले शारीरिक वा यौनजन्य हिंसाको अनुभव गरेकै हुन्छन् भन्ने एउटा तथ्यांकलेनै पुष्टि गरेको छ। यौन हिंसा र बलात्कार जस्ता नरसंहारका साधनहरू प्रायः महिला र केटीहरूमा निर्देशित हुन्छन्।
औपचारिक शान्ति प्रक्रियामा पनि महिलाहरू विरलै समावेश हुन्छन्। अनि केही गरि अघाडी बढ्न साहास जुटाएका महिलाहरुलाई पनि अनेक तवरले निरुत्साहित गर्ने , नेतृत्वदायी भुमिकाबाट हरदम बन्चित राख्ने चलननै चलेको छ।
महिलाहरू सामान्यतया निर्णयकर्ताहरू र अन्य नेतृत्वका प्रक्रियाहरूमा सहभागी भएर प्रतिनिधित्व गर्दैनन्। यसको मतलब ती महिलाहरु सक्षम नभएर वा प्रतिभाको कमि भएर भन्ने पनि होइन , खासगरी ती महिलाहरुलाई अवसरनै कहिलै दिईएको हुदैन।
यसरी धेरै बर्षसम्म पनि महिलाहरु आफ्नै देशको नागरिक अधिकारबाट पनि बन्चित हुनुपरेको ईतिहास साची छ। तत्कालीन विश्वका विभिन्न भुगोलमा महिलाको मतदानको अधिकार सम्मेत सुनिश्चित गरिएको थिएन ।
समग्रमा भन्ने हो भने महिलाहरु एक फरक प्रजाती जस्तै थिए , जसप्रति पुरुषप्रधान समाजको धारणा निकै दुरुह हुनेगर्थ्यो । अखिर महिलाको अस्तित्वनै ूदानव र मानवको ू उत्पत्ति गराउन मै सिमित बन्दै गएको थियो ।
यस्ता कहली लाग्दा काला बादलहरुलाई चिर्दै चिर्दै कयौं महिलाहरुले आफ्नो अस्तित्वको आभास गराएका छ्न , र समष्टिमा उनिहरुको खाचो पुरै ब्रह्माण्डलाई नै छ भन्ने कुराको पुष्टि गरेका छ्न् ।
एउटा अनौठो लाग्ने प्रसङ्ग के हो भनेनी , हामिले हजुरामाका पालामा उहाँहरुले भोग्नुपरेका व्यथालाई अहिले बुझ्दै आएका छौ र त्यसैले उहाँहरुप्रती हाम्रो सम्मान र सहानुभूति दुवै झल्किन्छ ।केही हदसम्म हाम्रा आमाहरुका कथाहरु पनि हामिले बुझेका छौ , त्यसैले महिलाहरुलाई स्थान्तरण गरेर पहिलेको भन्दा एक खुड्किला माथी चढाईदिएका छौँ ।
ती त सबै बितिसकेका घटनाहरु थिए, तर बर्तमन अवस्थामा आजपनि ,महिलाहरुको केही हदसम्म परिस्थिति फेरिएको देखिएतापनी महिलाले महिला भएकै कारण भोग्नु पर्ने ब्यथाहरु यथावत नै छ्न् । यसको लेखाजोखा कहिले हुन्छ, कसरी हुन्छ थाहा छैन।
अनि शहरका केहि टाठाबाठा महिलाहरु , आफुलाई महिला अधिकारकर्मी बताउदै ठुलाठुला पार्टीपौवामा बसेर वर्षौनी महिलादिवसको अवसर पारेर , घाँटी बसुन्जेल चिच्याई चिच्याई महिलाहरुका अधिकारको वकालत गरिरहेका भेटिन्छन् तर यसको उपलब्धि के, एकदिन भेला भएर सम्बोधन गरेर अखिर त्यसबाट हुने प्राप्ती के ?
महिलालाई शिक्षा दिनु घरेलु हिंसा रोक्ने एउटा उपाय हुन सक्छ, तर समस्याको पूर्ण समाधान होइन। यसका साथसाथै सदियौंदेखि चलिआएको पुरुषप्रधान सत्ताको पनि अन्त्य गर्नुपर्छ । घरेलु हिंसा बढाउने समाजका विकृतिलाई हामीले हटाउनैपर्छ । जसरी छोरा नहुँदा नारीलाई बेवास्ता गरिन्छ । महिनावारी हुँदा उनलाई दोस्रो श्रेणीको मानिन्छ , यी सबै भ्रमबाट मानव समाजलाई जाग्रीत अवस्थामा ल्याउनै पर्छ।
यसो भनिरहदा यो पनि ज्ञात रहनु पर्छ कि हिंसा गर्नेहरूमा पनि जन्मदेखि नै दुर्व्यवहार गर्ने बानी हुँदैन्। तर उनीहरु बाल्यकालदेखि नै यस्तो व्यवहार गर्न मानसिक रुपमा तयार हुन्छन्। एउटा घटना यस्तो थियो एक विद्यार्थीले बेलायतको एङ्गलिया रस्किन युनिभर्सिटीको क्रिमिनोलजी विभागमा आफ्नो डक्टरेट अनुसन्धानका लागि १०० बलात्कारीहरूको अन्तर्वार्ता लिइन् अरे अनि एक अन्तर्वार्तामा उनले भनिन्, ‘जब म रिसर्चका लागि गएँ, मलाई उनी भयानक व्यक्ति हुन् भन्ने लागेको थियो, तर जब मैले उनीसँग कुरा गरेँ , उनी कुनै अद्वितीय व्यक्ति होइनन् भन्ने बुझेँ ।
उनी एकदमै सामान्य व्यक्ति थिए । उनले जे गरे पनि केही हदसम्म त्यो उनको पालनपोषण र सोचका कारण थियो ।” महिलामाथि हुने हरेक किसिमका हिंसाका पछाडि एउटै कथा हुन्छ– उनीहरु समाजमा जन्मिएका हुन्छन्, त्यसको सुधारका लागि समाजले नै काम गर्नुपर्छ । यस्तो सुधार ल्याउनको लागि पहिलो चरण पुरुषलाई महिलाको विरुद्धमा राख्नुू भन्दा पुरुषहरूलाई समाधानको हिस्सा बनाउनु हो।
अबको हाम्रो मुख्य जिम्मेवारी भनेकै यस्तो विषयमा सम्मानताको भावना युवाहरूमा सानै उमेरदेखि कसरी बसाल्ने भनेर छलफल गर्नु हो।अहिलेको अवस्थालाई मध्यनजर गर्ने हो भने हामी एक यस्तो सामाजिक प्रणालीमा अभ्यस्त छौँ , जहाँ पुरुषहरू शक्तिशाली हुन्छन् र महिलामाथि नियन्त्रण गर्छन्, भन्ने बिश्वासले जरा गाडेको छ। उनीहरूलाई केटीहरू र महिलाहरूप्रति दबदबापूर्ण व्यवहार गर्नु उनीहरूको पुरुषत्व हो भन्ने विश्वास गर्छ्न । यस्ता रुढीवादी प्रवृत्तिका कारण महिला र पुरुष दुवैलाई हानि पुग्ने र सन्तोषजनक, पारस्परिक सम्मानजनक सम्बन्ध पनि स्थापना हुने सम्भावना ध्वस्त हुदै गएको छ ।
यदि हामीले यसरी सभ्य समतामूलक समाजको निर्माणमा ईट्टा जोड्दै गयौं भने , एकसमय यस्तो पनि आउला जहाँ महिला दिवसका हरेक नाराहरुले सार्थकता पाउने छ । आशावादी छौ , त्यो समय हाम्रै पुस्ताले ल्याउने छ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...