ग्रेटर न्यूयोर्क चेम्बर र उद्योग वाणिज्य महासंघ प्रदेश–१ बीच भगिनी सम्बन्ध

ग्रेटर न्यूयोर्क चेम्बर र उद्योग वाणिज्य महासंघ प्रदेश–१ बीच भगिनी सम्बन्ध

 राष्ट्रिय डेली

विराटनगर ÷ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ र ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श बीच भगिनी सम्बन्धका लागि सम्झौता भएको छ ।

भगिनी सम्बन्धमा दुवै पक्षले व्यापारिक समझदारी, व्यापारिक समुदायको कानुनी दायराभित्र रही आपसी सम्बन्ध कायम गर्न सहमति भएको हो । दुवै संस्थाबीच प्रोत्साहन गर्ने, व्यापारिक प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह र सुझाव आदानप्रदान गर्ने कार्यलाई प्रोत्साहन गर्ने, आपसी समन्वयमा व्यापार स्थापना गर्ने, विस्तार गर्ने, व्यापारिक अवसरहरू प्रवाह गर्ने, संघका सदस्यहरूबीच आपसमा सहज वातावरण बनाउने, आर्थिक तथा व्यापरिक सूचना एवं तथ्यांक प्रवाह गरी सम्झौता तथा संयुक्त परियोजना सञ्चालन गर्न सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

यसैगरी आर्थिक एवं व्यापरिक नीति नियम, प्रकाशन, पत्र–पत्रिका एवं व्यापारिक गतिविधिहरू आदानप्रदान गर्ने, व्यापारिक मेला, गोष्ठी, सेमिनार, सम्मेलन तथा अन्य कार्यक्रमहरू आयोजना गर्न सहज वातावरण सिर्जना गर्ने व्यापारिक लेनदेनमा कुनै पनि समस्या देखा परेमा दुवै पक्षको समन्वयमा मध्यस्थता, मेलमिलापको वातावरण सिर्जना गरिने सम्झौतापत्रमा उल्लेख छ ।

सदस्यहरूबीच प्राविधिक विशेषज्ञता, तालिमका अवसरहरूको आदानप्रदान गर्ने लगायतका बुँदाहरूमा सहमति गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र राउत र ग्रेटर चेम्वर अफ कमर्श, न्यूयोर्कका अध्यक्ष मार्क जाफीबीच भएको सम्झौतामा ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श, न्यूयोर्क, अमेरिकन बिजनेश एफेयर्स अमिरप्रताप साहले हस्ताक्षर गरे ।

ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श, न्यूयोर्क, अमेरिकाले सेम्टेम्वर २०, २०१९ मा आयोजना गरेको २० औं वार्षिक कन्फरेन्स तथा एक्स्पोमा यस महासंघका उपाध्यक्ष राउत र निवर्तमान अध्यक्ष नरेन्द्रकुमार खड्का सहभागी भएका थिए । सोही समयदेखिको सम्बन्धलाई थप सुमधुर बनाउन भगिनी सम्बन्धमा कायम गरिएकामे महासंघ प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले जानकारी दिए ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...