बढ्दो ब्याजदरविरुद्ध मोरङका उद्योगी आन्दोलित

बढ्दो ब्याजदरविरुद्ध मोरङका उद्योगी आन्दोलित

 राष्ट्रिय डेली

 

विराटनगर ÷ वाणिज्य बैंकहरूले अस्वभाविक रुपमा बैंकको ब्याज बढाएको भन्दै मोरङका उद्योगीहरू आन्दोलित भएका छन् ।
सोमबार जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र पठाएका मोरङ व्यापार संघमा आवद्ध उद्योगी व्यवसायीहरूले मंगलबार विराटनगरस्थित नेपाल राष्ट्र बैंक कार्यालयमा धर्ना दिएका छन् । उनीहरूले संस्थागत निक्षेपमा अधिकतम ६ प्रतिशत ब्याजदर कायम गर्न माग गर्दै प्रदर्शनसहित धर्ना दिएका हुन् ।
संस्थागत निक्षेपमा ६ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्ने, स्वदेशी उद्योग प्रवद्र्धन गर्नुपर्ने, लगानीको वातावरण तयार गर्नुपर्ने, बैंक ब्याजदर घटाउनुपर्नेलगायतका माग राख्दै उद्योगी व्यवसायीहरूले प्रदर्शन गरे । बैंकहरूले संस्थागत निक्षेपमा १० प्रतिशतसम्म ब्याज दिन थालेपछि कर्जाको ब्याजदर अधिकतम वृद्धि हुने भन्दै व्यवसायीहरूले त्यसको विरोध गरेका हुन् । नागरिक लगानी कोष, संचयकोष, नेपाल टेलिकम, सामाजिक सुरक्षा कोषलगायतले बैंकमा जम्मा गरेको संस्थागत निक्षेपलाई राज्यको सम्पत्ति मानेर बढीमा ६ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्नुपर्ने माग अगाडि सार्दै संघले चरणवद्ध आन्दोलन सुरु गरेको छ ।

ब्याजदर घटाउन माग गर्दै ज्ञापनपत्र बुझाउन गएका उद्योगी व्यवसायीलाई राष्ट्रबैंकका कर्मचारीले कार्यालय प्रवेशमै रोक लगाएका थिए । ज्ञापनपत्र दिन पुगेका उद्योगीलाई कार्यालय प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै प्रदर्शनसहित धर्ना दिएका थिए । “उद्योगी व्यवसायीले तिरेको ट्याक्सबाट तलब खाएका कर्मचारीहरूले हामीलाई कार्यालय प्रवेश गर्नमै रोक हेपाहा व्यवहार देखाएका छन्,” रिजालले भने, “अब हामी चुप लागेर बस्दैनौं, अति भयो । हामीमाथि दुव्र्यवहार भयो । हामीले राज्यलाई पु¥याएको योगदानको अवमूल्यन भयो ।”
संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले राष्ट्रबैंक शाखा कार्यालय विराटनगरका कर्मचारीले ज्ञापनपत्रसमेत बुझ्न नमान्नु विडम्बना भएको बताए । ज्ञापनपत्र बुझ्न नमानेपछि आफूहरूले गेटमै धर्ना दिन बाध्य भएको उनको भनाइ थियो । मुन्दडाले उद्योगी व्यवसायीले रोजगारी दिने, कर तिर्ने तर, पाउने बेलामा भत्केको बिग्रेको पुल मात्रै पाउने गरेको गुनासो गरे । उद्योगी महेश जाजुले ज्ञापनपत्र बुझाउन गएको मोरङ व्यापार संघको टोलीलाई अवरोध गरेपछि उद्योगी व्यवसायीले गेटमा नाराबाजी गर्दै धर्ना दिनुपरेको बताए । उनले कर्मचारीहरूले उद्योगी व्यवसायीलाई हेप्ने प्रवृत्ति ज्ञापनपत्र बुझाउन जाँदासमेत देखाएको गुनासो पोखे ।

पछिल्लो समय विप्रेषणमा ह्रास आएको, स्वदेशी उत्पादकत्व घटेको, उद्योगहरू जीर्ण हुँदै गएको तथा आयातका लागि प्रतितपत्र खोल्न राष्ट्र बैंकले कडाई गर्दा पर्याप्त मात्रामा कच्चापदार्थ ल्याउनसमेत नसक्ने अवस्था आएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघका पूर्वअध्यक्ष पवनकुमार सारडाले बताए । उद्योगीहरूले समस्याको समाधान तत्काल नभए आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...