दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
राजनीतिमा युवाको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय हरेक राजनैतिक दलमा युवा हस्तक्षेपकारी भूमिका देखिन थालेको छ । नेपाली कांग्रेसको वडादेखि पालिका, जिल्ला, प्रदेश र केन्द्रमा समेत युवाको उपस्थिति बलियो देखिएको छ । नेपाली कांग्रेस मोरङको हरेक तहमा युवाको उपस्थिति सशक्त रहेको क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङ बताउँछन् । २०३५ साल वैशाख २० गते मोरङको सुन्दरहरैंचा नगरपालिका–५ पुरानो तीनपैनीमा जन्मिएका राजनीतिलाई आफूले सेवाको रुपमा अंगिकार गरेको सुनाउँछन् । बुवा स्व. मानबहादुर तामाङ र माता कौशिला तामाङको कोखबाट कान्छा छोराका रुपमा जन्मिएका उनी विद्युत सहकारी संस्था सुन्दरहरैँचाका सचिव, काष्ट व्यवसाय संघ मोरङको उपाध्यक्ष लगायत दर्जनौं संघसंस्थाहरूमा आवद्ध रहेर काम गरिसकेका छन् । क्रसर तथा खानी व्यवसाय संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका तामाङ विद्यालय जीवनदेखि राजनीतिक यात्रा आरम्भ गरेका उनले २०५३ सालमा एसएलसी उत्तीर्ण गरेर मदन भण्डारी ममोरियल कलेजबाट सिभिल इन्जिरिङ र काठमाडौंको इन्जिरिङ कलेज बालाजुबाट डिप्लोमासम्म अध्ययन गरेका छन् । श्री साजिलाल उच्च माध्यमिक विद्यालयमा अध्यनरत हँुदा २०५२ सालबाट नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजीनिक यात्रा आरम्भ गरेको बताउँछन् । दुई–दुईपटक क्षेत्रीय सभापति भएकाले सुन्दरहरैंचा नगरपालिकाको मेयरमा आफ्नो दाबेदारी स्वभाविक भएको उनको भनाइ छ । सुन्दरहरैंचालाई देशकै नमुना पालिका बनाउने योजना आफूसित भएको बताउने सभापति तामाङसितको कुराकानीको सार.
तपाईंको राजनैतिक सक्रियता निकै बढेको देखिन्छ, यसले मेयरको तयारीको रुपमा बुझ्दा हुन्छ ?
पार्टीमा मेरो सक्रियता, पार्टीमार्फत मैले समाजलाई पु¥याएको योगदानका कारणसुन्दरहरैंचाको मेयरमा मेरो चर्चा हुनु स्वभाविक रुपमा लिएको छु । जहाँसम्म सक्रियताको कुरा गर्नुभयो यहाँले । म नेपाली कांग्रेस क्षेत्र नम्बर ६ को सभापति हुँ । त्यो हिसाबले मेरो सक्रियता स्वभाविकै हो । पार्टीका हरेक गतिविधिमा म सक्रिय हुनै पर्छ । यदि पदमा नभएको भए पनि म पार्टीको काममा सक्रिय नै हुने थिएँ । अहिले त सभापतिको जिम्मेवारीमा छु । स्वभाविक रुपमा मैले पार्टीका गतिविधिमा सहभागी जनाउनै पर्छ । दुई–दुईपटक क्षेत्रीय सभापति भइसकेकाले मेयरमा मेरो चाहना हुनु अन्यथा होइन ।
तोकिएको मिति वैशाख ३० गते चुनाव हुने नहुने अझै टुंगो छैन तर तपाईंले त दाबी प्रस्तुत गरिसक्नु भयो, अलि हतार भएन र ?
अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ । कम्युनिष्ट नेतृत्वको सरकारले गर्न नसकेको काम कांग्रेस नेतृत्वको सरकारले गरेको छ । विगतकै उदाहरण हेर्नुहोस् न, कम्युनिष्ट नेतृत्वको सरकारले संविधान जारी गर्न सकेन । तर, कांग्रेसले सबैलाई मिलाएर संविधान जारी गर्न सफल भयो । त्यसपछि संविधान कार्यान्वयनको पहिलो खुड्किलोका रुपमा रहेको तीनै तहको निर्वाचन कांग्रेसले नै सफलतावूर्वक सम्पन्न ग¥यो । झण्डै दुई तिहाईको बहुमत जनताले कम्युनिष्ट पार्टीलाई दिएका थिए । तर जनताको मतको भार थेग्न नसकेर कम्युनिष्टहरू छिन्नभिन्न भए । बाध्यतावश फेरि कांग्रेसकै मुलुकको नेतृत्व गर्नुपरो । कांग्रेस सत्तामा जाने हतारो गरेको थिएन । हाम्रो आदरणीय सभापति शेरबहादुर देउवाले ५ वर्ष कांग्रेसले प्रतिपक्षमा बस्न जनताले अभिमत दिएका छन् हामी प्रतिपक्षमै बस्छौं भनेर पटकपटक भन्नु भएको थियो । तर, कम्युनिष्टले चलाउन नसकेपछि देशलाई अनिर्णयको बन्दी बनाउनु भएन । त्यही भएर कांग्रेसले सत्ताको नेतृत्व गर्न पुग्यो । अनि यसअघिका सरकारले नसकेको एमसीसी कांग्रेसकै नेतृत्वमा पास भयो । अब घोषित चुनाव तोकिएको मितिमा नहोला कि भन्ने आशंका राख्नु बेकार छ । कांग्रेसले जे बोल्छ त्यो गर्छ । तोकिएकै मिति वैशाख ३० गते स्थानीय निर्वाचन हुन्छ । त्यसका लागि कांग्रेसले देशव्यापी जागरण अभियान सुरु गरिसकेको छ । अब कुरा रह्यो मेयरमा उम्मेदवार दाबी हतार भयो कि भन्ने । मैले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेको छैन । देवराज तामाङ सुन्दरहरैंचाका लागि आवश्यक छ भनेर त्यहाँका जनताले चर्चा गरिरहनु भएको छ । मेरो चर्चालाई लिएर हतार भयो कि भन्न मिल्दैन । मैले आफूले हतार गरेको छैन । जनता र पार्टीका आमकार्यकर्ताले मेरो चर्चा गरिदिनु भएकोमा म एकदमै खुसी छु ।
पार्टीमा त तपाईंभन्दा सिनियर थुप्रै हुनुहुन्छ, मेयरको टिकटको दाबी गर्ने आधार के छन् तपाईंसित ?
मैले अघि पनि भनें दुई–दुईपटक म क्षेत्रीय सभापति भइसकेको छु । पार्टीमा इमान्दारिताका साथ काम गरिरहेको छु । राजनीतिमार्फत जनताको सेवामा रात दिन, झरी–बादल नभनी खटिरहेको छु । २०५२ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रुपमा लागेर पार्टीको जिम्मेवारी लिएर काम गरिरहेकाले मलाई पार्टीले टिकट दिनेमा विश्वस्त छु । जहाँसम्म मलाई यसपटक पार्टीले अन्याय गर्दैन भन्ने लाग्छ । सधैं एउटै व्यक्तिले अवसर पाउनुपर्छ भन्ने छैन । सबैले अवसर पाउनुपर्छ । मोरङ क्षेत्र ८ को सभापति रहँदा केराबारी गाउँपालिका र सुन्दरहरैँचा नगरापलिकाको प्रमुख पद र केराबारीमा ५ वटा वडा र सुन्दरहरैंचामा ५ वटा वडामा नेपाली कांग्रेस पार्टी जिताउन सफल भएको पार्टीलाई अवगत नै छ । यिनै आधारलाई मूल्यांकन गरेर पार्टीले यसपटक मलाई टिकट दिनेमा म ढुक्क छु ।
तपाईंले टिकट पाउनुभयो रे, अनि जित्नु पनि भयो रे, त्यसपछि सुन्दरहरैंचाको विकासका लागि के गर्नुहुन्छ ?
सुन्दरहरैंचालाई मुलुककै नमुना पालिका बनाउने मसित थुप्रै योजना छन् । अहिले धेरै किन भनिरहनु । म काम गरेर देखाउँछु । म थोरै बोल्छु धेरै काम गर्छु । भौतिक विकाससँगै मानवको पनि विकास हुनुपर्छ । त्यहाँको भाषा, संस्कृति, कला, साहित्य, खेलकुदको पनि विकास हुुनुपर्छ । चिल्ला सडक र ठूला भवनलाई मात्रै विकासको आधार मान्न सकिँदैन । सबै क्षेत्रको विकास हुनुपर्छ । पहिलो प्रथामिकताका साथ गछिया र लोहन्द्रा खोलाले बर्सेनि ठूलो जनधनको क्षति गर्ने भएकाले खोला व्यवस्थापन गर्ने लाग्नेछु । विकास निर्माणका कार्यहरू सडक, बिजुली, शिक्षा, स्वास्थ्य विविध कार्यहरू नयाँ ढंगले सञ्चालन गर्ने योजना रहेको छ । पालिकाभित्र थेरै नै जमिनहरू बाँझो छ । बाँझो जमिन राख्न नपाउने नीति ल्याउनेछु । पालिकाकै अग्रसरतामा यस्ता बाँझो जमिनमा सामूहिक खेतीलाई प्रोत्साहित गर्नेछु । जसले गर्दा उत्पादन वृद्धि भई आयात प्रतिस्थापन हुनेछ । कृषिलाई उच्च प्राथमिकतामा राख्नेछु । जसले धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्न मद्दत पुग्नेछ । सबै कुरा यहाँ बताएर साध्य छैन । सुन्दरहरैंचालाई बनाउने स्पष्ट भिजन छ ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...