भानु कलेजमा विद्यार्थीहरुको उद्यमशीलता विकासको लागि फन फिस्टा कार्यक्रमको आयोजना

भानु कलेजमा विद्यार्थीहरुको उद्यमशीलता विकासको लागि फन फिस्टा कार्यक्रमको आयोजना

 राष्ट्रिय डेली

 

विराटनगर । विराटनगरमा अवस्थित भानु कलेजले विद्यार्थीहरुको उद्यमशीलता विकासको लागि फन फिस्टा कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीको क्षमता र नेतृत्व विकासका लागि कलेजले कार्यक्रमको आयोजना गरेको हो ।

आज शनिबार कलेज परिसरमा गरिएको कार्यक्रममा नृत्य र गायन प्रतियोगिताको समेत आयोजना गरिएको थियो । कलेजले अगाडि आयोजना गरिसकेका कविता, निबन्ध, चित्रकला, हाजिरी जवाफ, बक्तृत्वकला प्रतियोगीताहरूको समेत पुरस्कार वितरण गरिएको थियो । पुरस्कार भानु उच्च मा.विका अध्यक्ष महेन्द्र सिटौला, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.बाबुराम तिम्सिना, प्रा.डा. दामोदर थापा, प्रा.डा. देबेन्द्र अधिकारी, प्राचार्य मोहन कुमार श्रेष्ठ लगायतले वितरण गरेका थिए ।

उद्यमशीलता विकास तथा प्रयोगात्मक शिक्षाका लागि विद्यार्थीहरुले विभिन्न स्टलहरू राखेका थिए । विद्यार्थीहरू आफैँले विभिन्न परिकार वनाएर स्टलमा राखेर बिक्री गरेका थिए । यसैगरी स्टलमा खेलहरू तथा विज्ञान प्रविधि प्रदर्शनी समेत समावेश गरिएको थियो । कलेजका प्रा.डा देबेन्द्र अधिकारी,ले अवको आवश्यकता प्रयोगात्मक शिक्षा भन्ने विषयमा आफ्ना गहन विचार राखेका थिए ।

विद्यार्थीहरुलाई व्यवसायमा अग्रसर गराउन र उनीहरुको उद्यमशीलता र क्षमता विकास होस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कलेजका को अर्डिनेटर रमेश पाण्डेले बताए । साथै अतिरिक्त क्रियाकलाप अन्तर्गतका विभिन्न विद्यामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पढाइसँगै अन्य कुरामा अग्रसर गराउन कलेजले हरेक बर्ष विद्यार्थीहरुलाइ सम्मान गर्ने गरेको पाण्डेले बताए ।

कार्यक्रमको अवसरमा गत बर्षको कक्षा ११ को बार्षिक परिक्षमा छात्र तर्फ प्रथम निसान्त पाण्डे र छात्रा तर्फ प्रथम पुजा चौधरिलाई सम्मान गरिएको थियो । यसैगरी कलेजकी पुर्व विद्यार्थी तथा भानु कलेजबाट विद्यावारिधी गर्ने पहिलो विद्यार्थी उप प्रध्यापक सुभाङगी सुवेदिलाई विशेष सम्मान गरिएको थियो । उनले कोरियाको जोनबुक नेशनल युनिभर्सिटिबाट विद्यावारिदी गर्ने क्रममा गरेको अनुसन्धान र रसायनशास्त्र अनुसन्धानको क्षेत्रमा गरेको योगदानको कदर गर्दै युनेस्को अन्तर्गतको सँस्था ट्वासले ५० हजार अमेरिकी डलर राशीको अन्तरास्टिय महिला पुरस्कार प्रदान गरेको थियो ।

भानु उच्च मा.विका अध्यक्ष महेन्द्र सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.बाबुराम तिम्सिना प्रमुख अतिथिका रुपमा रहेका थिए भने प्रदेश परिक्षा व्यावस्थापन कार्यालयका निमित्त निदेशक युवराज पौडेल, तथा शिक्षा विकास समन्वय इकाई मोरङका प्रमुख टंक गौतम विशिष्ट अतिथिका रुपमा रहेका थिए ।

कार्यक्रममा प्रिन्सिपल मोहन कुमार श्रेष्ठ, सस्थापकहरु प्रा.डा. दामोदर थापा, प्रा.डा. देबेन्द्र अधिकारी, प्रा.डा. नागेन्द्र प्रसाद शाह, डा. राम प्रसाद कोइराला, डा.नरेन्द्र कुमार चौधरी, नविन गौतम, राजेश झा, शमसाद अन्सारी, विराटनगर प्याव्सनका उपाध्यक्ष अर्जुन श्रेष्ठ, प्रत्रकार साहित्यकार मीनकुमार नवोदित, कलेजका इसिए को अर्डिनेटर देवेश प्रधान लगायत पाँच सय बढी विद्यार्थीहरुको सहभागी रहेको थियो । भानु कलेजका संस्थापक तथा को अर्डिनेटर रमेश पाण्डेले कार्यक्रम संचालन गरेका थिए ।

 

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...