दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रंगशालाको वातावरणीय प्रभाव मूल्यांकन ईआईए प्रतिवेदन नै स्वीकृत नगराएको खुलेको छ । कर्णाली प्रदेश
खेलकुद परिषद्ले सम्बन्धित प्रदेश मन्त्रालयबाट ईआईए स्वीकृत नगराई काम अघि बढाएको हो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रंगशाला । तस्बिर स् हरिहरसिंह राठौररकान्तिपुर
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ईआईए स्वीकृत नै नगरी काम गरेको पाइएपछि खेलकुद परिषद्लाई गत फागुन ११ मा जरिवाना तोक्दै पत्राचार गरेको थियो । परिषद्ले रंगशाला निर्माणमा क्षेत्रगत सर्त सूची टीओआर प्रतिवेदन लाई वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ईआईए भन्दै झूटो विवरण पेस गरी काम अगाडि बढाएको पाइएपछि मन्त्रालयले प्रदेश वातावरण संरक्षण ऐन २०७७ को दफा ३४ ९ग० बमोजिम १० हजार जरिवाना तोकेको थियो । विवाद भएपछि परिषद्ले जरिवाना तिरेर कामलाई निरन्तरता दिएको छ ।
ईआईए प्रतिवेदन पूरा गरी वन मन्त्रालयबाट स्वीकृति लिएर मात्र निर्माण सुरु गर्नुपर्नेमा कानुनविपरीत अगाडि बढेको निष्कर्षमा मन्त्रालय पुगेको हो । परिषद्ले २०७८ भदौ १८ मा मन्त्रालयमा बुझाएको टीओआर प्रतिवेदनलाई ईआईए बताएको थियो । जबकी ईआईए गर्नुपूर्व त्यसको टीओआर निर्धारण गरी स्वीकृति लिनुपर्छ । प्रदेश वातावरण संरक्षण ऐनमा प्रदेश सरकारका प्राथमिकता प्राप्त विकास आयोजना, प्रदेश गौरवका आयोजना, औद्योगिक प्रतिष्ठानलगायत क्षेत्रमा निर्माण सुरु हुनुपूर्व वातावरणीय प्रभाव मूल्यांकन गरी स्वीकृति लिनुपर्ने व्यवस्था छ । सोहीबमोजिम ईआईए प्रतिवेदन मन्त्रालयमा पेस भएको ३० दिनभित्र स्वीकृति दिने वा नदिने निर्णय भइसक्नुपर्छ ।
सामाजिक विकास मन्त्रालयले रंगशालाको ईआईए रिपोर्ट गत असार २८ मा पठाएको र वन मन्त्रालयले कानुनले तोकेको समय सीमाभित्र अध्ययन गरी जवाफ मागेकोमा परिषद्बाट पुस ६ मो अन्तिम जवाफ आएपछि ईआईए प्रतिवेदन पारित हुने अवस्थामा पुगेको थियो । परिषद्ले सामाजिक विकास मन्त्रालय हुँदै गत पुस ६ मा वन मन्त्रालयमा अन्तिम प्रतिवेदन पेस गरेको थियो । मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि थप राय सुझाव लिन ७ दिनको समय दिएर गत पुस १८ मा मन्त्रालयको वेबसाइटमा राखेको थियो । त्यसपछि माघ २९ मा ईआईए प्रतिवेदन पारित गरेको थियो । जब कि रंगशालाको निर्माण २०७८ मंसिरमा सुरु भइसकेको थियो ।
वीरेन्द्रगर–८ स्थित निर्माणाधीन रंगशालाको झन्डै ३० प्रतिशत काम सम्पन्न भइसकेको छ । २०८१ जेठ ११ भित्र निर्माण सम्पन्न गरिसक्ने कार्यादेशसहित १ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ लागतमा एमएसीरजीएसएल कम्पनीले ठेक्का पाएको छ । १० हजार दर्शक अट्ने क्षमताको रंगशाला पौडी पोखरी, भलिबललगायतका इन्डोर खेलको सुविधासहित अत्याधुनिक प्रविधिमा निर्माण भइरहेको हो ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...