दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । पछिल्लो डेढ वर्षसम्म यता विदेशी मुद्रा सञ्चिति कम भएर अर्थतन्त्र धरायसी रहेको छ । तर अहिले विस्तारै आयात कम हुनुका साथै आम्दानीका विभिन्न स्रोतमा सुधार हुँदा विदेशी मुद्रा सञ्चिति बढिरहेको छ।
पछिल्लो समय पर्यटकको संख्या बढ्दै गएपछि यो क्षेत्रको आम्दानीमा पनि वृद्धि भइरहेको छ । गत सालको तुलनामा यो वर्ष आम्दानी १०७ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि माघसम्म पर्यटकबाट ३२ अर्ब २३ करोड रूपैयाँ आम्दानी भएको तथ्यांक छ। अघिल्लो वर्ष यही अवधिमा १५ अर्ब ५३ करोड ५ लाख रूपैयाँ मात्र आम्दानी थियो।
विदेशी मुद्रा सञ्चितिमा पर्यटन क्षेत्रको आम्दानीले योगदान पुर्याएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालले बताएको छ । विदेशी मुद्रा आम्दानीको मुख्य स्रोतमध्ये पर्यटन पनि एक हो,ु कोभिडका कारण लामो समय थलिएको पर्यटन क्षेत्रको आम्दानी बढेको थिएन। पछिल्लो केही महिनायता भने पर्यटक बढेका छन्। यसले विदेशी मुद्रा सञ्चितिमा पनि योगदान पुर्याएको देखिन्छ।
चालु आर्थिक वर्षको साउनदेखि माघसम्म चार लाख ५७ हजार पर्यटक हवाई यातायात मार्फत नेपाल भित्रिएका छन्। जबकि अघिल्लो वर्ष यही अवधिमा एक लाख २२ हजार हाराहारी मात्र आएका थिए। पर्यटकीय सिजन सुरू हुँदै गर्दा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकले अग्रिम बुकिङ गरिरहेको उपाध्यक्ष पण्डित बताउँछन्। उनका अनुसार महामारीपछि अहिले बल्ल पर्यटक संख्यामा उत्साहजनक वृद्धि देखिएको हो। योसँगै ट्रेकिङ व्यवसायमा उत्साह छाएको छ।
हरेक वर्ष डेढ लाखभन्दा बढी पर्यटक पदयात्रा तथा पर्वतारोहणमा जान्छन्। यस्तो यात्रामा उनीहरूको बसाइ अवधि लामो हुन्छ। यसले उनीहरूको खर्च बढाउँछ। उनीहरूले जति धेरै खर्च गर्छन्, हामीलाई उति फाइदा हुन्छ। पर्यटकको बसाइ लम्बाउन निजी क्षेत्र र सरकारले सहकार्य गरे पर्यटन क्षेत्र थप बलियो हुने र यसबाट मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने छ।
चीनले गत मार्च १५ देखि आफ्ना नागरिकलाई विदेश घुम्न खुला गरेको छ। उसले घुम्नैपर्ने देशको सूचीमा नेपाललाई पनि समावेश गरेका कारण यसले आगामी दिनमा हामीकहाँ चिनियाँ पर्यटक बढ्ने संकेत दिएको छ।सन् २०१९ मा हालसम्मकै सबभन्दा धेरै, ११ लाख ९५ हजार पर्यटक नेपाल आएका थिए। सरकारले भ्रमण वर्ष घोषणा गरेको सन् २०२० मा कोरोना लकडाउन सुरू भयो। त्यसपछि एकैपटक अहिले आएर पर्यटक बढ्न थालेका हुन्।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...