दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
खोटाङ्ग । खोटाङ्ग जिल्लाको बराहपोखरी गाउँपालिकाको १ पर्यटकिय स्थल बराहपोखरी ताल क्षेत्रमा फोहोर व्यावस्थापन, पदमार्ग निमार्ण सम्पन्न गरिएको छ । गाउँपालिका वडा नम्बर १ मा रहेको बराहपोखरी महादेवको मन्दिरको दूई स्थानमा विजुवा विजुनी मन्दिर र बराहपोखरी ताल क्षेत्रमा ४ घर निमार्ण गरिएको हो ।
नेपाल पर्यटन वोर्ड र बराहपोखरी गाउँपालिकाको संयुक्त साझेदारीमा पर्यटकीय स्थानमा पदमार्ग र फोहोर व्यावस्थापन प्रणालीका घर निमार्ण गरिएको गाउँपालिका अध्यक्ष सालिकराम बन्जराले बताए ।
बराहपोखरी ताल क्षेत्रमा पदमार्ग र फोहोरमैला व्यावस्थापन प्रणाली घर निर्माण भएसँगै ती क्षेत्रमा हुर्ने फोहोरहरुलाई व्यावस्थापन गर्न र बराहपोखरी ताल क्षेत्रमा घुम्न जाने पर्यटकलाई सहज हुने अध्यक्ष शालिकराम बन्जराले बताए ।
बराहपोखरी ताल क्षेत्रमा पदमार्ग र फोहोर व्यावस्थापन घरहरुको निमार्ण लागत २० लाख छ । जसमध्ये गाउँपालिकाको १० लाख लगानी रहेको छ । स्थानिय बासिन्दाको २ लाख २८ हजार ६ सय १७ रुपैँया जनश्रमदान छ । गत माघ १९ गते देखी निमार्ण सुरु भएर चैत्र ७ गते भित्र निर्माण भइसकेको छ । निमार्ण सम्पन्न भइसकेकाले बहाहपोखरी ताल क्षेत्रमा पदमार्ग फोहोर व्यावस्थापन कार्य सुरु भइसकेको उपभोक्ता समितिका सचिव पुस्विन खत्रीले बताएका छन् । सो बराहपोखरी ताल क्षेत्रमा पदमार्ग र फोहोर व्यावस्थापन प्रणाली निमार्ण परियोजनाबाट मासिक २५ हजार जना पर्यटन लाभान्वित हुने स्थान पहिचान गरी छनौट गरिएको उनको भनाई छ ।

बराहपोखरी तालको वरिपरि पर्यटक हिड्न सहज भएको छ र पदमार्गमा फोहोरमैला व्यावस्थापन प्रणाली निमार्ण घरभित्र तीनवटा च्याम्बर ल्बकमा सिसाजन्य पदाथर्, कागजजन्य पदार्थ र प्लाष्टिकजन्य पदार्थ छुट्याउने व्यावस्था छ । हरेक च्याम्बर फोहोरले भरिसकेपछि पछाडी व्याक साइडमा रहेको ढोकाबाट निकाल्न सकिने व्यावस्था गरिएको छ । ती च्याम्बरमा संकलन भएको फोहोरलाई हप्तामा एक पटक गाउँपालिकाले खनेको अस्थायी फोहोरमैला संकलन केन्द्रमा स्थानीय बासीले लगेर व्यावस्थापन गर्ने गरेका छन् । बराहपोखरी ताल क्षेत्रमा पदमार्ग निमार्ण गरे सँगै पर्यटकलाई बराहपोखरी तालको अवलोकन गर्नका लागी सहज भए सँगै फोहोर व्यावस्थापन प्रणाली निमार्ण व्यावस्थापनको समस्यालाई धेरै हदसम्म समाधान दिएको निमार्ण कार्यका अनुगमन समिति तथा बराहपोखरी वडा नंं. १ का सामाजिक अभियन्ता महेन्द्र बिष्टले बताए ।
ती ठाँउमा प्लाष्टिकका डस्बिन वाँसको टोकरी माटोमा बनेको खाल्टा खनेर बनाएर फोहोर संकलन गर्दा दिगो हुन सकेन । राखिएका डस्बिनहरु फुटाइदिने फ्याकिदिने जस्ता कार्य भइरयो । डोका बराह मन्दिरको ठाउँ ठाउँमा राखिदिदाँ पनि समस्या समाधान हुन सकेन । तर बराहपोखरी ताल क्षेत्रमा पदमार्ग निर्माण गर्दा पर्यटन लाई ताल क्षेत्रमा घुम्न सहज भएको र बराहपोखरी ताल क्षेत्रमा भएको फोहोरको व्यावस्थापन गर्न सहज भएको अर्को भनाइ छ । जिविको पार्जन पुर्नस्थापनाका लागी दिगो पर्यटन परियोजना ( एसटिएल आरपी) मार्फत निर्माण भएको बराहपोखरी ताल क्षेत्रमा पदमार्ग फोहोर व्यावस्थापनको हिसावले उपयुक्त रहेको गाउँपालिका इन्जिनियर रोमन रेग्मीले बताए ।
यसमा जनचेतना आवस्यक रहेको अर्को भनाइृ छ । आफुले गरेको फोहोर प्रणाली फोहोर व्यावस्थापन केन्द्रमा छुट्याएर राख्नुपर्छ भन्ने जनचेतना यहाँ आउने पर्यटकहरुमा भयो भने धेरै सहज हुने उनले बताए ।
तीन च्याम्बरमा एक पटकमा कम्तिमा ८ सय केजी फोहोर अट्ने क्षमता रहेको छ । तत्कालको लागी ती फोहोरहरुलाई गाउँपालिकाले अस्थायी रुपमा बनाएको फोहोरमैला संकलनमा व्यावस्थापन गर्नेछ ।
स्थायी फोहोरमैला व्यावस्थापन केन्द्रका लागी र बराहपोखरी ताल क्षेत्रमा पदमार्ग निर्माण भइ सकेता पनी अझै प्राविधिक अध्ययन गर्ने तयारीमा रहेको इन्जिनिएर रेग्मीले बताए । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ( यूएनडिपी) को सहकार्यमा नेपाल पर्यटन वोर्डले परियोजना सञ्चालन गरेको हो ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...