कटहरीका अध्यक्ष चौधरीको ‘मिशन कमिशन’ : पाए खुसी, नपाए ठेकेदार दोषी

कटहरीका अध्यक्ष चौधरीको ‘मिशन कमिशन’ : पाए खुसी, नपाए ठेकेदार दोषी

 राष्ट्रिय डेली

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आफ्नो पालिकामा हुने विकास निर्माणका कार्यमा निर्माण पक्षसँग कमिशन माग्ने गरेको आरोप निर्माण कम्पनीले लगाएका छन् । कमिशन माग्ने र नपाए अनावश्यक दुःख दिने गरेको आरोप अध्यक्ष चौधरीमाथि लागेको हो ।

अध्यक्ष चौधरी आफ्नो कार्यशैलीका कारण विगतमा पनि विवादमा पर्दै आएका थिए । उनको कार्यशैलीप्रति असन्तुष्ट स्थानीय नागरिकले उनीविरूद्ध प्रदर्शन गर्ने, धर्ना दिने गर्दै आएका थिए ।

यसैबीच कटहरी गाउँपालिका र धनपालथान गाउँपालिकाको सिमाना भएर बग्ने लोहन्द्रा खोलामा नदीजन्य पदार्थ उत्खननका लागि धनपालथान गाउँपालिकाले ठेक्का लगाएकामा कटहरीका अध्यक्ष चौधरीले ठेकेदारसँग कमिशन मागेको तर नपाएपछि ठेकेदारलाई दुःख दिएको आरोप लागेको छ ।

खोला उत्खननको ठेक्का पाएको ठेकेदार कम्पनी आरसी कन्स्ट्रक्सनका प्रतिनिधि संजय मण्डलले आफूहरूले सम्झौताअनुसार नियमसंगत रूपमा नै काम गरे पनि अध्यक्ष चौधरीले कमिशन नपाएपछि विभिन्न बहानाबाजी गर्दै काममा रोकतोक गरेर अनावश्यक दुःख दिएको राष्ट्रिय डेलीलाई बताए ।

तर, अध्यक्ष चौधरीले भने अनुगमन गर्दा जथाभावी खोला उत्खनन भएको पाइएको बताए । गत शुक्रबार गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशी, जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई, मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की, सशस्त्र प्रहरी प्रमुख एसपी विश्वबहादुर खड्का, अनुसन्धान उपनिर्देशक तिलकराम शर्मा, सहायक प्रमुख जिल्ला अघिकारी प्रदीप साह, कटहरीका प्रमुख प्रशासकीय अधिकृत मनोज साह, वडा नं. ३ का वडाध्यक्ष जद्दुलाल कामतलगायतको टोलीले खोला उत्खननको स्थलगत अनुगमन गरेको थियो ।

यस्तै कमिशन नपाएपछि ठेकेदारलाई दुःख दिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको बताउँदै अध्यक्ष चौधरीले आफूले अहिलेसम्म कसैसँग पनि कमिशन नमागेको दाबी गरे ।

जनगुनासो पनि कमिशनकै
यता गुणस्तरहीन काम भइरहेका कतिपय विकास आयोजनामा भने कमिशन पाएपछि अध्यक्ष चौधरीले त्यसलाई नजरअन्दाज गर्ने गरेको आरोप स्थानीयको छ ।

विराटनगर-रंगेली सडक निर्माणमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहे पनि अध्यक्ष चौधरीले त्यसमा कुनै चासो नदेखाएको स्थानीयको भनाइ छ । स्थलगत अनुगमन गरेर सम्बन्धित निर्माण कम्पनीलाई सचेत गराउने तथा कारबाही गर्नुपर्नेमा अध्यक्ष चौधरी मौन रहेको एक स्थानीयले बताए । नाली विस्तारमा १ नम्बर इँटा प्रयोग हुनुपर्नेमा ३ नम्बर इँटा प्रयोग भइरहेको, कंक्रिटको मिसावटमा पनि आवश्यक सामग्रीको मात्रा नमिलाएको ती स्थानीयले बताए ।

अहिले स्थानीय तहहरूमा कमिशन खाने प्रवृत्तिका कारण विकास निमार्णका कार्यहरू गुणस्तरहीन हुने गरेका छन् । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू कमिशनको खेलमा लाग्दा नागरिकहरू सास्ती व्यहोर्न बाध्य छन् । नागरिकले तिरेको करले जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा परिपूर्ति गर्ने भए पनि अधिकांशले यसको दुरूपयोग गर्दै व्यक्तिगत स्वार्थ परिपूर्ति गरिरहेका छन् ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...