विराटनगरमा छात्राहरूमाथि दुर्व्यवहार गर्ने होस्टेल सञ्चालिका पक्राउ

विराटनगरमा छात्राहरूमाथि दुर्व्यवहार गर्ने होस्टेल सञ्चालिका पक्राउ

 राष्ट्रिय डेली

विराटनगर । नर्सिङ अध्ययनरत छात्राहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका-८, मधुमारास्थित मुनलाइट गर्ल्स होस्टेलकी सञ्चालिका मधु रेग्मी पक्राउ परेकी छन् ।

पीडित छात्राहरूले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले राष्ट्रिय डेलीलाई जानकारी दिए । उनका अनुसार पक्राउ परेकी रेग्मीमाथि अभद्र व्यवहारको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

सो होस्टेलमा बसेर विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस, बीएससी नर्सिङ प्रथम वर्षमा अध्ययनरत छात्राहरूमाथि मंगलबार राति होस्टल सञ्चालिका रेग्मीले छात्राहरू बसेको कोठामा पुगेर अभद्र व्यवहार गरेको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा देखिएअनुसार होस्टल सञ्चालिका रेग्मीले सो कोठामा बसेका तीन जना छात्राहरूसँग चैत महिनाको होस्टेल शुल्क ३/३ हजार रूपैयाँका दरले अग्रिम रूपमा बुझाउन भनेकी छन् ।

तर, छात्राहरूले आफूहरू चाँडै नै क्याम्पसकै होस्टेलमा स्थानान्तरण हुने र बसुञ्जेलसम्मको मात्र शुल्क बुझाउने भनेपछि होस्टेल सञ्चालिका रेग्मीले गालीगलौजसहित राति नै होस्टेलबाट निस्कन भन्दै कोठाका सामान छरपष्ट पारेकी थिइन् । पीडित छात्राहरूले फागुनसम्मको शुल्क अगाडि नै बुझाइसकेको बताएका छन् । यस्तै होस्टेल सञ्चालिका रेग्मीले आफूहरूलाई हातपात गरेको समेत उनीहरूले बताएका छन् ।

यसअघि स्वतन्त्र विद्यार्थी युनियन, विराटनगर नर्सिङ क्याम्पस इकाइ समितिले पनि विज्ञप्ति जारी गर्दै होस्टेल सञ्चालिका रेग्मीलाई पक्राउ गरेर कारबाही गर्न माग गरेको थियो ।

यता, विराटनगर नर्सिङ क्याम्पसकी प्रमुख मेनुका भण्डारीले घटनाको भर्त्सना गर्दै पीडकलाई कारबाही हुनुपर्ने बताइन् । जिल्ला प्रहरी कार्यालय, मोरङ परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले क्याम्पसमा देशका विभिन्न जिल्लाहरूबाट अध्ययन गर्नका लागि आउने विद्यार्थीहरूको ठूलो चाप रहेको र हाल सबै विद्यार्थी राख्न होस्टेलको क्षमता कम भएकाले त्यसको व्यवस्थापनमा आफूहरू लागिरहेको बताइन् ।

 

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...