दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी विराटनगर महानगरपालिका-८, मधुमारास्थित मुनलाइट गर्ल्स होस्टेलकी सञ्चालिका मधु रेग्मी अस्पताल भर्ना भएकी छन् । पीडित छात्राहरूले दिएको जाहेरीका आधारमा बुधबार पक्राउ परेकी उनी सोही दिन कोशी अस्पताल भर्ना भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन दाहालका अनुसार अभद्र व्यवहारको कसुरमा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय लैजान खोज्दा उनले आफूलाई स्वास्थ्य समस्या भएको भन्दै अस्पताल जानुपर्ने बताएकी थिइन् । म्याद थप नगरी नमिल्ने भनेर म्याद थप गरेपश्चात् उनलाई अस्पताल भर्ना गरिएको डीएसपी दाहालले बताए ।
‘म्याद थप गर्न लैजान खोज्दा नै आफूलाई स्वास्थ्य समस्या भयो, जान सक्दिनँ, अस्पताल जानुपर्छ भनिरहनु भएको थियो,’ डीएसपी दाहालले राष्ट्रिय डेलीसँग भने, ‘म्याद थप नगरी मिल्दैन भनेर म्याद थप गरिसकेपछि अस्पताल भर्ना गरिएको हो । स्वास्थ्य समस्या भएको भनेपछि भोलि केही तलमाथि भए प्रहरीलाई नै समस्या हुन सक्ने भएकाले अस्पताल भर्ना गरिएको हो ।’
उनको स्वास्थ्य अवस्थाबारे कोशी अस्पतालमा सम्पर्क गरेर बुझ्दा उनलाई मोरङ सहकारी अस्पताल रिफर गर्ने तयारी भइरहेको अस्पताल प्रशासनका एक कर्मचारीले बताए । स्वास्थ्य समस्या के हो भन्नेबारे भने आफूले जानकारी पाउन नसकेको ती कर्मचारीले बताए ।
होस्टेल सञ्चालिका रेग्मीले फागुन २९ गते राति सो होस्टेलकाे एक काेठामा बसेर विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस, बीएससी नर्सिङ प्रथम वर्षमा अध्ययनरत तीन जना छात्राहरूलाई दुर्व्यवहार गरेकी थिइन् । होस्टेल शुल्क अग्रिम रूपमा नतिरेको भन्दै दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
रेग्मीले छात्राहरूलाई गालीगलौज गर्दै कोठाका सामान छरपष्ट पारिदिएर राति नै होस्टेलबाट निस्कन भनी धम्काएकी थिइन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोअनुसार होस्टेल सञ्चालिका रेग्मीले पीडित छात्राहरूलाई चैत महिनाको होस्टेल शुल्क जनही ३/३ हजार रूपैयाँका दरले अग्रिम भुक्तानी गर्न भनेकी छन् । तर, छात्राहरूले आफूहरू केही दिनभित्र क्याम्पसकै होस्टेलमा सर्ने र बसेसम्मको मात्रै भुक्तानी गर्ने भनेपछि होस्टेल सञ्चालिका रेग्मीले दुर्व्यवहार गरेको देखिन्छ ।
पीडित छात्राहरूले फागुन महिनासम्मको शुल्क अग्रिम रूपमा बुझाएको र आफूहरू ३ गतेदेखि बस्न थालेकाले सोही मितिसम्मको शुल्क बुझाउने भनेपछि रेग्मीले आफूहरूलाई हातपात गरेको पनि बताएका छन् ।
कडा प्रतिवादमा उत्रने विद्यार्थी संगठनहरूको चेतावनी
यसैबीच झुटो स्वास्थ्य रिपोर्ट बनाएर होस्टेल सञ्चालिका रेग्मीलाई अस्पताल भर्ना गरिएको भन्दै विद्यार्थी संगठनहरूले यसविरूद्ध कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् । स्वतन्त्र विद्यार्थी युनियन, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाइ समितिमा आबद्ध विद्यार्थी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सोको भर्त्सना गरेका हुन् ।
दोषीलाई बचाउ गर्दै कानुनको आँखा छल्न खोजे आफूहरू जस्तोसुकै कदम उठाउन बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार जिल्ला प्रशासन कार्यालय हुनुपर्ने विद्यार्थी संगठनहरूको चेतवानी छ ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...