प्रेम सम्बन्धमा दरारले निम्त्याएको स्टाफ नर्स हत्या र प्रेमी आत्महत्या

प्रेम सम्बन्धमा दरारले निम्त्याएको स्टाफ नर्स हत्या र प्रेमी आत्महत्या

 राष्ट्रिय डेली

विराटनगर । विराटनगरमा स्टाफ नर्सको हत्या गरेका प्रेमीले आत्महत्या गरेका छन् । नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स २३ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या गरेका उनका प्रेमी २२ वर्षीय शिवशंकर दासले आत्महत्या गरेका हन् ।

नोबेल मेडिकल कलेज अगाडि रहेको होटेल फाइनको कोठा नं. १०२ मा आइतबार राति झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार हत्या गरेर फरार शिवशंकर विराटनगरमै रहेको सूचनापछि उनको खोजीका लागि एकसाथ ४०० प्रहरी परिचालन गरी विराटनगरका होटलहरूमा ‘सर्च अपरेशन’ चलाइएको थियो ।

शवको प्रकृति र स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा शिवशंकरले आत्महत्या नै गरेको पुष्टि भएको र अहिले उनको शव कोशी अस्पतालमा राखिएको डीएसपी दाहालले बताए ।

सिरहाको फुल्काहकट्टी नगरपालिका घर भएकी स्टाफ नर्स चन्द्रिकाको शुक्रबार दिउँसो उनी डेरा बस्ने विरानगरपालिका–४, बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरको कोठाभित्रको शौचालयमा शव भेटिएको थियो ।

धारिलो हतियार प्रहार गरी वीभत्स हत्या गरेको अवस्थामा उनको शव भेटिएको थियो । प्रहरीका अनुसार उनी केही महिनाअघिदेखि त्यहाँ डेरा बस्दै आएकी थिइन् ।

चन्द्रिकाका प्रेमी शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसियामा थिए । उनी २६ फागुनमा काठमाडौं आएका थिए । काठमाडौंबाट उनी सिरहास्थित आफ्नो घर नगई २९ फागुनमा विराटनगर आए । उनी केही दिन चन्द्रिकाको कोठामा बसे । त्यहाँ चन्द्रिका र शिवशंकरबीच विवाद पनि भएको थियो ।

बिहीबार दिउँसो चन्द्रिकाको हत्या गरेर शिवशंकरले त्यसको फोटो खिचे । त्यसपछि आफ्नो सुटकेश लिएर कोठाबाट निस्किएका शिवशंकर चन्द्रिका भारतको जोगबनी गएको भन्दै कोठाको चाबी छेउको अर्को कोठामा बस्ने चन्द्रिकाकी साथीलाई दिए । उनले चन्द्रिकाकी ती साथीको फोन नम्बर पनि लिए । तर, चन्द्रिका राति अबेरसम्म पनि फर्किइनन् ।

शुक्रबार दिउँसो चन्द्रिकाकी साथीको ह्वाट्सएप नम्बरमा नयाँ नम्बरबाट चन्द्रिकाको हत्या गरिदिएको भन्दै रगतले लतपतिएको शवको फोटो आयो । चन्द्रिकाकी साथीले घरबेटीलाई खबर गरेपछि घरबेटीले प्रहरीलाई खबर गरे ।

प्रहरीका अनुसार हृवाट्सएपमा म्यासेज गर्ने नम्बरमा अमिन धानुक नाम लेखिएको थियो । धानुक पनि चन्द्रिकाका प्रेमी हुन् । उनी चन्द्रिकाका पछिल्लो प्रेमी भएको खुलेको छ ।

नम्बरमा धानुकको नाम देखिएपछि प्रहरी अनुसन्धान उतैतिर मोडिएको थियो । तर, प्रहरीले अनुसन्धान गर्दै जाँदा सो नम्बर रहेको सिम धानुकको नभई शिवशंकरको नाममा दर्ता रहेको खुल्यो । घटनालाई डाइभर्ट गर्न शिवशंकरले योजनाअनुसार नै धानुकलाई मुछ्न खोजेको देखिएको डीएसपी दाहालले बताए ।

शिवशंकर र चन्द्रिकाबीच केही वर्षअघिदेखि प्रेम सम्बन्ध रहेको देखिन्छ । तर, शिवशंकरले चन्द्रिकाले धोका दिएको भन्दै उनको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

‘प्रेम सम्बन्धमा आएको दरारपछि घटना घटेको पाइयो । चन्द्रिकाको दुईतिरको प्रेमले सम्बन्धमा दरार ल्याएको देखिन्छ,’ डीएसपी दाहालले राष्ट्रिय डेलीसँग भने ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...