‘विराट गोल्डकप’ को आठौं संस्करणको तयारी अन्तिम चरणमा, यी १० टिम हुँदै छन् सहभागी

‘विराट गोल्डकप’ को आठौं संस्करणको तयारी अन्तिम चरणमा, यी १० टिम हुँदै छन् सहभागी

 राष्ट्रिय डेली

विराटनगर । यही चैत १५ देखि २४ गतेसम्म विराटनगरमा आयोजना हुने ‘विराट गोल्डकप’ को आठौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले मंगलबार शहीद रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र बाँकी तयारीका काम धमाधम भइरहेको जानकारी दिएको हो ।

विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार विगतका वर्षहरूमा ट्रष्टको कार्यसमितिले संयोजक राखी गर्दै आएको प्रतियोगिता यस वर्ष ट्रष्टको कार्यसमितिले आफैं गर्ने भएको हो ।

‘हाम्रो सान, विराटनगरको पहिचान : विराट गोल्डकप’ भन्ने नाराका साथ हुने प्रतियोगिता सञ्चालनका लागि शहीद रंगशालाको मैदान मर्मत र सरसफाइ, रंगशालाको भित्र-बाहिर ब्यानर तथा होर्डिङ बोर्ड निर्माणलगायतका काम भइरहेको अध्यक्ष शाहीले जानकारी दिए ।

प्रतियोगितामा भाग लिने १० वटा फुटबल टिम यसअघि नै छनोट भइसकेका छन् । जसमा भारतबाट २, भुटानबाट १ र नेपालबाट विभागीय टिमहरूसहित ७ टिम छन् ।

प्रतियोगितामा भारतबाट साउथर्न समिति फुटबल क्लब कोलकाता, सिक्किम ड्रागन फुटबल क्लब सिक्किम तथा भुटानबाट आरटीसी फुटबल क्लब, थिम्पु सहभागी हुने छन् ।

यस्तै नेपाली टिमतर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब, एपीएफ फुटबल क्लब, चर्ज ब्वाइज फुटबल क्लब र सांग्रिला मोरङ एफएको सहभागिता रहने छ ।

प्रतियोगिताका लागि धेरै प्रायोजकहरूको टुंगो लागिसकेको र केही टुंगो लाग्न बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मैदानमा प्राथमिक उपचारका लागि न्यूरो हस्पिटलसँग सम्झौता भएको र यस प्रतियोगिताको बैकिङ पार्टनर ग्लोबल आईएमई बैंक रहेको अध्यक्ष शाहीले बताए ।

प्रतियोगिताको संरक्षकमा कोशी प्रदेश, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ रहेका छन् ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड १८ लाख ४३ हजार २ सय रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको विजेतालाई नगद ११ लाख रूपैयाँ तथा उपविजेतालाई नगद ५ लाख ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने छ ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रूपैयाँ, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही नगद २१ हजार रूपैयाँ पुरस्कार दिइने छ । यस्तै दैनिक हुने खेलको उत्कृष्ट खेलाडीले नगद ११ हजार रूपैयाँ र सर्वोकृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...