दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । सम्बन्धको कुनै निश्चित परिभाषा र सीमा हुँदैन । परिभाषा दिएर दायरा तोके यसको व्यापकता साँघुरिन पुग्छ । सम्बन्धका अनेक रूपहरू छन् र यसको आयाम बृहत् छ । जस्तो कि परिवारका सदस्यहरूबीचको सम्बन्ध, त्यसबाहिरको सम्बन्ध । यिनलाई पनि विभाजन गर्दै जाने हो भने सम्बन्धले थुप्रै नामहरू पाउँदै जान्छ । तिनैमध्ये सर्वोच्च मानिने एक सम्बन्धको नाम हो, प्रेम ।
हरेक सम्बन्धहरू आफैंमा उच्च छन् र तिनका निश्चित स्वार्थ छन् । निःस्वार्थ त कुनै पनि सम्बन्ध हुँदैनन् । त्यो केवल मुखले बोलिने मात्र हो । यो यसकारण कि सम्बन्धमा स्वाभाविक रूपले कुनै न कुनै अपेक्षा रहन पुग्छ । र, यसरी सम्बन्धमा रहने अपेक्षा नै स्वार्थ हो । तर, स्वार्थ भन्दैमा त्यो नकारात्मक नै हुन्छ भन्ने हुँदैन । स्वार्थ सकारात्मक पनि हुन्छ । प्रेम सकारात्मक स्वार्थ राखेर गरिन्छ । यदि त्यसो छैन भने त्यसलाई कदाचित् प्रेम मान्न सकिँदैन । प्रेमका पनि अनेक रूप छन् । यहाँ कुरा विपरीत लिंगीबीचको प्रेमको गरिएको हो । दुई विपरीत लिंगीबीच हुने प्रेम पनि एकपक्षीय वा द्विपक्षीय दुवै हुन सक्छ र यहाँ कुरा द्विपक्षीय प्रेमको गरिएको हो ।
प्रेम सम्बन्धहरूका सुरूआत सुखद् हुन्छन् । र, सुखद् सुरूआतका सम्बन्ध सुखद् रूपमै अन्त्य भइदिऊन् भन्ने अपेक्षा स्वाभाविक रूपमा रहने नै भयो । तर, सम्बन्धमा रहेकामध्ये कुनै एक पक्षले आफूसँग सम्बन्धमा रहेकालाई धोकाधडी गरे वा गर्न लागेको संकेत दिए दोस्रो पक्ष दुःखी हुन सक्छ, उसमा अर्को पक्षमाथि घृणाभाव जाग्न सक्छ, आपराधिक सोच जन्मिन सक्छ । सबै व्यक्तिमा यो लागू नहुन सक्छ । तर, जसमा हुन्छ, त्यसो हुनुको मुख्य कारण सुखद् सम्बन्धको दुःखद् अन्त्य वा अन्त्यको संकेत नै हो । पछिल्लो समय यसैको पर्याय बनिरहेको छ, अपरिपक्व प्रेम । र, यही अपरिपक्व प्रेमका कारण कसैले अकालमा कसैको ज्यान लिइरहेको छ त कसैले देहत्याग गरिरहेको छ । मोरङको विराटनगरमा हालसालै भएको एक स्टाफ नर्सको हत्या र स्टाफ नर्सको हत्यापछि हत्यामा संलग्न उनका प्रेमीले गरेको आत्महत्या यसको ज्वलन्त उदाहरण हो ।
यसलाई बुझ्न यी दुईबीचको प्रेम सम्बन्ध र त्यसपछि निम्तिएको अपराध केलाऔं ।
सिरहाको फुल्काहकट्टी नगरपालिका घर भई विराटनगर महानगरपालिका-४, बुढाथोकी मार्गमा डेरा बसेर नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स २३ वर्षीया चन्द्रिकाकुमारी दास सिरहाकै २२ वर्षीय शिवशंकर दाससँग केही वर्षदेखि प्रेममा थिइन् । शिवशंकरसँगको प्रेमकै बीच चन्द्रिका अमिन धानुक नामका अर्का युवकसँग पनि प्रेममा रहिन् । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका शिवशंकरले चन्द्रिकाको दोहोरो सम्बन्धबारे थाहा पाए ।
मलेसियाबाट गत २६ फागुनमा शिवशंकर स्वदेश फर्किए । केही दिन काठमाडौं बसेर उनी सिरहास्थित आफ्नो घर नगई २९ फागुनमा सोझै विराटनगर आए । केही दिन चन्द्रिकाकै डेरा कोठामा बसे । सँगै रहँदा उनीहरू दुईबीच सम्बन्धको विषयलाई लिएर विवाद पनि भएको थियो ।
चन्द्रिकाले आफूलाई धोका दिएको भन्ने आवेगसहित मलेसियाबाटै हत्याको योजना बनाएर आएका शिवशंकरले चैत १ गते दिउँसो धारिलो हतियार प्रहार गरी चन्द्रिकाको बीभत्स हत्या गरे । हत्यामा प्रयोग भएको हतियार पनि शिवशंकरले मलेसियाबाटै किनेर ल्याएका थिए ।
हत्यापछि शिवशंकरले त्यसको फोटो खिचे । त्यसपछि आफ्नो सुटकेश लिएर कोठाबाट निस्किएका शिवशंकरले चन्द्रिका भारतको जोगबनी गएको भन्दै कोठाको चाबी छेउको अर्को कोठामा बस्ने चन्द्रिकाकी साथीलाई दिए । उनले चन्द्रिकाकी ती साथीको फोन नम्बर पनि लिए । तर, चन्द्रिका राति अबेरसम्म पनि फर्किइनन् ।
चन्द्रिकाको हत्या भएको कुरा तब खुल्यो, जब चैत २ गते दिउँसो चन्द्रिका बसेको घरको कोठा नजिकै अर्को कोठामा बस्ने उनकी साथीलाई नयाँ नम्बरबाट ह्वाट्सएपमा चन्द्रिकाको हत्या गरिदिएको भन्दै उनको रक्ताम्य शवको तस्बिर आयो । चन्द्रिकाको शव कोठाभित्रको शौचालयमा फेला परेको थियो । त्यसपछि चन्द्रिकाको हत्याबारे उनकी साथीले घरबेटीलाई र घरबेटीले प्रहरीलाई खबर गरे । घटनास्थल पुगेर प्रहरीले चन्द्रिकाको परिवारका सदस्यसहितको रोहवरमा कानुनी प्रक्रिया पूरा गरी चन्द्रिकाको शव पोष्टमर्टमका लागि कोशी अस्पताल ल्यायो ।
प्रहरी अनुसन्धानका क्रममा चन्द्रिकाकी साथीलाई ह्वाट्सएपमा म्यासेज आएको नम्बरमा अमिन धानुक नाम देखियो जो चन्द्रिकाको पछिल्ला प्रेमी हुन् । त्यसपछि उनले नै हत्या गरेको हुन सक्ने अनुमानका साथ अनुसन्धान उनीतिर केन्द्रित भयो । तर, बीचमा रहस्य खुल्यो, उक्त नम्बरको सिम अमिन धानुकको नभई शिवशंकर दासको नाममा दर्ता रहेको पाइयो । घटनालाई ‘डाइभर्ट’ गर्न शिवशंकरले धानुकले चन्द्रिकाको हत्या गरेको देखाउन त्यस्तो गरेको पाइयो ।
शिवशंकर चन्द्रिकाको हत्यापछि फरार थिए र प्रहरीले उनको खोजी गरिरहेको थियो । बीचमा प्रहरीले सूचना पायो, उनी विराटनगरमै छन् । त्यसपछि जिल्ला प्रहरी कार्यालय, मोरङले एकसाथ ठूलो संख्यामा प्रहरी परिचालन गरेर उनको खोजीका लागि विराटनगरका होटेलहरूमा ‘सर्च अपरेशन’ चलायो ।
तर अफसोस ! चन्द्रिकाको हत्या भएको चौथो दिन शिवशंकर पनि आत्महत्या गरेको अवस्थामा भेटिए । नोबेल मेडिकल कलेज अगाडि रहेको होटेल फाइनको कोठा नं. १०२ मा आइतबार राति झुन्डिएको अवस्थामा उनको शव भेटियो ।
सायदै कसैले सोचेको थियो, चन्द्रिका र शिवशंकरको प्रेम सम्बन्ध उनीहरू आफैंको इहलीला समाप्तिको कारक बन्छ । बरू कुनै समय उनीहरूले आफूहरूको सम्बन्धमा एक सुन्दर भविष्य देखेका थिए होलान् । तर, सुरक्षा निकायको अनुसन्धानले नै पुष्टि गर्याे, चन्द्रिकाको दोहोरो प्रेम सम्बन्ध र त्यसपछि सम्बन्धमा आएको दरारले नै यस कहालीलाग्दो घटना घटायो ।
जोडिने सबै सम्बन्ध साकार हुँदैनन् । सम्बन्धमा असफलताका विभिन्न कारण हुन सक्छन् । सम्बन्ध तोड्नु परेको अवस्थामा सम्बन्धमा जोडिएकालाई पुग्न सक्ने आघातका बारेमा पनि उत्तिकै सजग हुन जरूरी छ । सम्बन्धमा जोडिएकालाई त्यसबारे विनम्रतापूर्वक जानकारी गराएर पनि सम्बन्धका कारण हुन सक्ने दुर्घटनाबाट बच्न सकिन्छ ।
कतिपय अवस्थामा आइपर्ने कठिन वा बाध्यात्मक परिस्थितिले पनि कसैले कसैसँगका सम्बन्ध बीचैमा तोड्नुपर्ने वा तोडेका हुन सक्छन् । तर, सम्बन्धमा जोडिइसकेपछि कुनै एक पक्षले आफूसँग सम्बन्धमा रहेकालाई कुनै जानकारी नगराई वा आफ्नो परिस्थिति वा छनोटबारे केही नबताई तथा जानकारी गराए पनि दोस्रो पक्षलाई आघात पुग्ने गरी गराए र सम्बन्धका कारणले पुगेको आघातमा सहनाभूति प्रकटसम्म नगरे दोस्रो पक्षलाई भावनामा गहिरो चोट पर्न सक्छ ।
थाहै छ, भावनात्मक चोट देखिँदैन । तर, यसको असर भने गम्भीर हुन्छ । परिणामतः यसले गम्भीर अपराधको रूपसमेत लिन सक्छ भन्ने कुरा त हालैका केही घटनाहरूले पनि पुष्टि गरेकै छन् । अपरिपक्व प्रेम जीवन बर्बादीको कारण पनि बन्न सक्नेबारे सबै सचेत रहन जरूरी छ । (यो एक नितान्त व्यक्तिगत विचार हो ।)
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...