दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । थारू कल्याणकारी सभा मोरङको १० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । बुधबार बूढीगंगा–२ स्थित थारू संग्राहलय भवन बौराहामा अधिवेशन सम्पन्न भएको हो ।
निर्वाचनका लागि बारम्बार मिति सारिएको भए पनि ७ चैतमा निर्वाचन गर्न निर्वाचन अधिकृत जयराम पंजियारले सार्वजनिक सूचना प्रकाशित गरेका थिए । तर, सभाको मोरङ अध्यक्ष उम्मेदवार प्रदिपकुमार भगत थारूले एक पक्षीय ढंगबाट अमुक समूहलाई फाइदा पुर्याउने गरी संचालन गरिने निर्वाचन आफूलाई मान्य नहुनेभन्दै बंहिष्कार गरेका थिए ।
थारूले सभाको केन्द्रिय कार्य संचालन समितिको बैठकबाट अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गर्न र आफूलाई कार्यसमिति मोरङको जिल्ला अध्यक्ष तोकिएको अवस्थामा बलजफ्ती निर्वाचन गराउन खोज्नु विधान सम्मत नभएको बताएका थिए । उनले सभाको केन्द्रिय कार्यालयबाट प्राप्त पत्र निर्वाचन स्थलमा पनि टाँस गरिएको दावी गरेका थिए ।
तर, निर्वाचन अधिकृत पंजियारले केन्द्रबाट पत्र आएको भन्ने कुरा हाँस्यास्पद रहेको बताए । उनले भने, ‘त्यस्तो पत्र त आफूले पनि पाउनु पर्ने थियो । तर मैले त प्राप्त गरेको छैन ।’

उनले उच्च र जिल्ला अदालतको आदेश साथै प्रशासनको सहमतिमा निर्वाचन गराएको बताए । उनले आफू कुनै समूहको नभएको र निष्पक्ष निर्वाचन गर्न लागिपरेको बताए ।
उनले निर्वाचन सहज परिस्थितिमा र विवाद रहित वातावरणमा सम्पन्न भएको बताए । उनले कुनै एक व्यक्तिले बहिष्कार गर्दैमा निर्वाचन नविथोलिने र निर्वाचनबाट विजयी उम्मेदवारले नै वैधानिकता पाउने उल्लेख गरे ।
अध्यक्षका अर्का दावेदार प्रदीपकुमार विश्वासले समग्रमा मोरङका थारू मतदाताहरू परिवर्तनको पक्षमा रहेको बताए । उनीहरूको नेतृत्व फेर्नु पर्छ भन्ने चाहना प्रवल भएको हुनाले निर्वाचन संचालन गरिएको स्पष्ट पारे । उनले निर्वाचन बिनाकुनै कारण ६÷६ पटक रोकिएको उल्लेख गर्दै मतदाता पनि आजित भएको र मतदाता कै आग्रह अनुसार निर्वाचन गरिएको बताए ।
लेटाङकी मतदाता मञ्जु चौधरीले आफूलाई विवाद बारे थाह नभएको बताइन् । उनले जसले जिते पनि थारूको हक, हित र कल्याणका लागि इमान्दारितापूर्वक काम गर्नु पर्ने बताइन् । एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सह–सचिव, एक कोषध्यक्ष र १४ सदस्यका लागि निर्वाचन भएको थियो । मतदान सकिएपनि मतगणनाको अन्तिम नतिजा आउन भने बाँकी छ ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...