जीवन विकास लघुवित्त, अमरदहको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्त, अमरदहको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 राष्ट्रिय डेली

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको अमरदह शाखाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले शनिवार अमरदहमा कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाका विभागीय प्रमुख विजयकुमार मण्डलको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन सत्रमा मोरङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा बोल्दै सांसद पोखरेलले लघुवित्तको पैसा ग्रामीण भेगका विपन्न महिलाहरूको भएको र लघुवित्तविरूद्ध लाग्नेहरूलाई सरकारले कारबाही गर्नुपर्ने बताएका थिए । कार्यक्रममा संस्थाको अमरदह शाखाकी प्रमुख विद्या देवकोटाले स्वागत मन्तव्य राखेकी थिइन् । उद्घाटन सत्रपछि वित्तीय साक्षरता कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीहरूलाई संस्थाका विभागीय प्रमुख मनोजकुमार साहले सहजीकरण गरेका थिए ।

त्यसपछि अन्तर्क्रिया कार्यक्रम भयो, जुन संस्थाका मोरङ जिल्ला प्रमुख सन्तोष कार्कीले सञ्चालन गरेका थिए । अन्तर्क्रियामा सहभागीहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बोधन संस्थाका अर्का विभागीय प्रमुख विजयकुमार मण्डलले गरेका थिए ।

कार्यक्रमका अवसरमा संस्थाले गत आर्थिक वर्ष २०७९/०८० मा विभिन्न ४ विधामा उत्कृष्ट हुने ५ वटा केन्द्र र ९ जना सदस्यलाई पुरस्कृत गरेको थियो । पुरस्कृत हुनेमा ५ वटा उत्कृष्ट केन्द्रसहित ३ जना उत्कष्ट उद्यमी सदस्य, ३ जना उत्कृष्ट बचतकर्ता सदस्य र ३ जना उत्कृष्ट ऋणी सदस्य रहेका थिए ।

साथै संस्थाले स्थानीय अतिविपन्न ५ परिवारका १० जना विद्यार्थीहरूलाई वर्षभरि निःशुल्क अध्ययनको व्यवस्थासहित छात्रवृत्ति पनि प्रदान गरेको थियो । कार्यक्रममा सुनवर्षी नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद राजवंशी, उपप्रमुख मिरादेवी दास र पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्ले विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए ।

यस्तै सुनवर्षी नगरपालिका वडा नं. २ का अध्यक्ष विनोदकुमार राजवंशी, रंगेली नगरपालिका वडा नं. ९ का अध्यक्ष चूडामणि रेग्मी, रत्न आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर कार्की, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक खगेश्वर भट्टराई तथा संस्थाका सदस्यहरूको तर्फबाट कविता राजवंशी र राजश्री ढुंगेल अतिथिका रूपमा उपस्थित रहेका थिए ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...