दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै मत गणना सकिएसँगै रास्वपाले झन्डै दुईतिहाइ जनमत प्राप्त गरी सरकार गठनतर्फ पहिलो कदम चालेको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ ५१ लाख ४८ हजार २१७ मत पाएको रास्वपाले संसदीय अभ्यास र आन्तरिक छलफलमा जुटिसकेको छ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच नयाँ सरकार गठनका विषयमा घरायसी छलफल सुरु भइसकेको छ। लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले भने, “सभापति खुट्टाको पुरानो संक्रमणका कारण केही दिनदेखि घरमै आराममा हुनुहुन्छ, तर त्यसबिच नेताहरूबीच लगातार छलफल भइरहेका छन्।”
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले भने, “सभापतिको मुद्दाका कारण पार्टी अहिले अदालतसँग व्यस्त छ। अन्तिम मतपरिणाम हेर्न पाएको छैन, तर प्रक्रियाअनुसार सरकार गठन अघि बढ्छ।”
स्रोतका अनुसार, दुई नेताबीचको समझदारीअनुसार बालेन्द्र शाह संसदीय दलको नेता र भावी प्रधानमन्त्री हुनेछन्। पुस १३ गते लामिछाने र बालेनबीच दुईपक्षीय सहमति भइसकेको थियो।
समानुपातिक मत गणना सकिएसँगै रास्वपाले विभिन्न क्लस्टरमा तोकेर दलित, आदिवासी, खस आर्य, मधेसी, थारु र मुस्लिम वर्गका प्रतिनिधिहरूको सूची निर्वाचन आयोगमा बुझाइसकेको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेपछि समानुपातिक आधारमा थप ५७ सिट पाउने अनुमान गरिएको छ।
हाल बालेन नेतृत्वको आगामी मन्त्रिपरिषद्को गठन, गृह मन्त्रालयसहित अन्य मन्त्रालयहरूको वितरणमा पार्टीभित्र चासो बढेको छ। लामिछानेले चुनावअघि नै तनहुँ–१ बाट निर्वाचित डा। स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने घोषणा गरिसकेका थिए। उनका स्वकीय सचिवले भने, “प्रधानमन्त्री पहिले नै निश्चित भइसकेको कुरा हो। क्षमताको आधारमा मन्त्रीहरू चयन हुनेछ, यसमा द्विविधा छैन।”
पार्टीको नियमित प्रक्रियाअनुसार संसदीय दलको नेता चयन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गर्नेछन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ अनुसार निर्वाचन आयोगले अन्तिम नतिजा राष्ट्रपतिसमक्ष पेश गरेपछि सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।
नेपालको संविधानको धारा ७६ बमोजिम बहुमत प्राप्त दलले सरकार गठनको पूर्ण अधिकार पाउँछ र रास्वपा बहुमतप्राप्त दलको हैसियतले आगामी सरकारको नेतृत्व गर्नेछ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...