विराट गोल्डकप : प्रहरीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

विराट गोल्डकप : प्रहरीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

 राष्ट्रिय डेली

विराटनगर, ३० चैत । बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले पहिलो र दोस्रो खेलमा भारत सिकिमको युनाइटेड र वेस्ट बंगालको टिमलाई हराउँदै समेफाइनलको यात्रा सुरक्षीत गरेको छ ।

नेपाल पुलिस क्लबले तेस्रो क्वाटरफाइनल खेलमा नै हार व्यहोरेपछि छैठो संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो ।

दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा नेपाल प्रहरी पछि पर्यो । खेलको ४६ औं मिनेटमा एपीएफका मणि लामा र ९० औं मिनेटमा सुमन लामाले गोल गरि टिमको जित सुनिश्चित गरेका थिए । खेलको ४६ औं मिनेटमा एपीएफका मणिले पुलिसका खेलाडीले किलियर गरेको बलललाई गोलमा परिणत गरि अग्रता दिलाएका थिए ।

पहिलो हाफ प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा पहिलो हाफसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । खेलको १९ औं मिनेटमा एपीएफका मनी लामाले डिबक्स बाहिर देखि गरेको प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर गयो । खेलको ३९ औं मिनेटमा प्रहरीका सुमन लामलो पेनाल्टी एरियादेखि गरेको प्रहार पोसमाथिदेखि बाहिरदा बराबारी हुनबाट चुक्यो ।

दोस्रो हाफदेखि एक गोलले एपीएफले अग्रता लिएपछि प्रहरीले थप आक्रामक खेल्यो । प्रहरीले एक गोल खाएपछि दबावमा पर्दा दोस्रो हाफदेखि खेल निकै रोचक बन्न पुगेको थियो । दोस्रो हाफदेखि प्रहरीको एकपछि अर्को प्रहार एपीफका गोलरक्षक राजु नगरकोटीले विफल पारिदिए । साविक विजेता प्रहरीले दोस्रो हाफदेखि पाएको आधा दर्जन बढी अवसर खेर फाल्दा प्रतियोगितादेखि बाहिरन बाध्य भयो ।

खेलको ७१ औं मिनेटमा प्रहरीका रवि पासवानले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरिदिए । खेलको ७८ औं मिनेटमा प्रहरीका अन्जन राईले डिबक्स एरियादेखि गरेको वानटच बल एपीएफका गोल रक्षक नगरकोटीले उत्कृकष्ट बचाउँदा गरिददा खेल बराबारी हुनबाट चुक्यो ।

खेलको अन्त्य तिर ९० मिनेटमा एपीएफका सुमन लामाले डिबक्स देखि बललाई एक्लै अगाडी बढाएर वान भर्सेस वानको प्रहार गोलमा परिणत भएको थियो । उनले गरेको गोल टिमेको जितको लागि सुनिश्चित बन्यो । प्रहरीका गोल रक्षक रोशन खड्का मध्यभाग अगाडी बढदा सुमनले बललाई एक्दै अगाडी बढाएर गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । जितपछि प्रतिक्रिया दिदै सशस्त्र प्रहरीका प्रशिक्षक सुदिप श्रेष्ठले खेलाडीहरुको मेहनतको कारणले विभागिय टिमललाई हराएको बताए ।

प्रहरीका प्रशिक्षक अन्नतराज थापाले डिफेन्डरको कारणले गर्दा हार भएको बताए । मंगलबार खेल पोखरामा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपको बिजेता टिम संकटा र अफ्रिकन रुट्स बिच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...