चलचित्र जस्तो परिवर्तन

चलचित्र जस्तो परिवर्तन

 राष्ट्रिय डेली

 

मनुष्य भएर बाच्नुको अर्थ आफुलाई परिवर्तन गर्दै लानु हो । सामाजिक तवरले आफुलाई उच्च स्थानमा राखेर प्रवुत्तो जमाउने सबैको इच्छा हुनु मनुष्यको गुण हो । हामी एकै ठाउँ धेरै वर्षसम्म, एकै काम र एकै वातावरणमा रम्ने जात नै होइन । हामीलाई परिवर्तनको भोकले छटपटि भइहाल्छ । अहिले जस्तो रमाइलो गर्ने ठाउँ कहा थियो र १९९० ताका तिर । रमाइलो भनेको फिल्म हल हुने गथ्र्याे ।
यही सहरमा मनोरञ्जनका लागि भनेको जलजला हल र हिमालय हल मात्र थियो । अरु के नै थियो र जोगबनी नजिकै अर्को हल पनि थियो तर त्यो हल मा कहिले फिलिम हेर्न जुरेन । १७, १८ वर्षको हुँदापनि धेरै टाढा लाग्थ्यो । आफुँंसग साधन भनेको साइकल मात्र थियो । महेन्द्र चोक जनआन्दोलन चोक बाट बुडो भ्यागुते बसहरु कुद्थे । थोरै जोगबनी जाने गाडी भएकोले चढ्नेबेलामा खचाखाच भरिन्थ्यो । फकर्दा मान्छे र सामानको भिड ।

मलाइ खासै अनुमति पनि थिएन घर बाट धेरै टाडा जाने । त्यहिपनि नया फिल्मको प्रचार प्रसार गर्न रिक्सामा हर्न लागएर अल्छि मानिमानि चालकहरु रिक्शा कुदाउथँे । आफु भने घरको छत होस या झ्याल गएर हेर्नै पथ्र्यो । अनि खुरापाती दिमाग लगाउन सुरु हुन्थ्यो । यो चलचित्र कसरी हेर्ने भनेर । उपाय एक हुन्थ्यो मुर्गा खोज्नु, खोज्दा खोज्दै फिल्महरु हेर्नु भन्दा, हेर्ने सोच्दा– सोच्दै बदलिन्थेँ ।

आरामले हेर्ने शो भनेको शनिबार बिहानको हुन्थ्यो । बिद्यार्थी छुटको चलन थियो । मिलाएर थुप्रै शनिबार मिथुन, धर्मेन्द्र , मनिषा दिदीको पहिलो चलचित्र ‘सौदागर’ पनि हेरियो । बडो दुख र हातहात गरेर एक हफ्ता पछि टिकट पाइयो फस्ट क्लास को । चैतको घाम १२ बजेको शोको टिकट पाइयो । ठिक पर्दा अगाडी तेश्रो रोमा नजिकको दाई हुनुहुन्थ्यो । वहाँले नै टिकट किन्नुभा थियो २ वटा । रातो गुलाबी रंगको कागजमा कुर्सी नम्बर लेख्या हुन्थ्यो । हामी भित्र छिर्दा सुरु भईसक्या थियो ‘सौदागर’ । गर्मीले आफ्नो सास आफैलाई गन्हाइरहेकोे थियो । परबाट टर्च देखाउदै पान चपाउदै दाइले २ वटा टिकटमा एक सिट मात्र खाली भाको जानकारी दिनुभयो ।

एक समय एस्तो थियो, हरेक नयाँ चलचित्र फस्ट डे फस्ट सो हेर्न होस या हप्तौँसम्म ब्ल्याकमा टिकट किन्नुपथ्र्यो । टिकट काट्ने झ्याल हुन्थ्यो अनि हात छिराउने सानो प्वाल । टिकट काउन्टर खुलेको छैन, १० ओटा टिकट पनि बेचेका हुदैन थिए, टिकट काट्ने झ्याल बन्द हुन्थे । त्यसपछि मनपरी टिकट को दाम हुन्थ्यो । जथाभाबी टिकट बेच्नेले र एक सिट दुई तीन जानालाई बेचिदिन्थे । कति चोटी निराश भएर फिल्म हलबाट पनि फर्किनुपथ्र्यो । आफुलाई बाल । अरुकेहि उपाए नै भएन । हामी दाजु भाई एक सिटमा कोचिएर हेर्न थालियो सहरको दिदीको पहिलो धमाकेदार चलचित्र ‘सौदागर’ । आफुलाई त खाशै फरक परेन । फिल्म हेर्नुथ्यो विराटनगरकी दिदीलाई हेर्नुथ्यो ।

हेलिकोप्टर पंखाको अवाज ठिक टाउको माथि झर्कोलाग्दो तरिकाले कराइरहेको थियो । मिलाएर दाजुभाइ बसियो । तर एक प्रकारको गन्धले नाक चुम्न थाल्यो, सहन नसकिने दुर्गन्धले नाक पनि थुन्नुपर्यो । ‘इम्लीका बुटा, बाहिरका पेड’ यो गानाले कति वर्षा सम्म छोइराख्यो । दिलिप कुमार र राजकुमारको डाइलाग महिनौसम्म चियापसलमा सुनिएको थियो ।

तर त्यो गन्धले सधै मनिषा दिदीको पहिलो चलचित्रको सम्झना आउछ । सायद त्यो गन्धले जिन्दगीको अन्तिम समयसम्म कसैलाई छोड्दैन । धेरै महिनासम्म जलजलामा सौदागर चल्यो । अर्को पर्खेर हेरेको फिल्म हो ‘चिनो’ । हाम्रो विराटनगर कै शिव श्रेष्ठ दाईको । त्यस्तै शोले, लाहुरी, घ्याल, सम्झना धेरै चलेका फिल्म थिए । फिल्मको बिचमा ३० मिनेटको ब्रेक हुन्थ्यो ।

त्यो बेला भोला र चुरोट हैन । ओठ रातो पर्ने बरफ भए पुग्थ्यो । पहिले पहिले मामा, काका, फुफु घर आउँदा माया देखाउने तरिका पनि फिल्म हल थियो । उँहाहरुको लागि रमाइलो र माया गर्छु भन्न देखाउन पनि फिल्म हेर्न लग्थेँ ।

विस्तारै फिल्म र फिल्म हल अलि खुम्चिन थाले । जब सहरमा छातावाला डिश लाग्न थाले । त्यसपछि सिटीकेबलले घर–घरमा फिल्म हेर्न सजिलो बनायो । अहिले त झन् फिल्मको कुरै हुदैन । अहिले युटुब र मल्टिफेल्क्सको कुरा गरिन्छ । अब फिल्महलमा फिल्म हेर्न प्लान बन्दैन । अहिले कुन रेष्टुराँमा खाने भनेर कुरा गरिन्छ । पहिले टोलटोलमा भिडियो हल हुन्थे । १० रुपैँया दियो फिल्म हेर्यो । सिडी र क्यासेटले डाँडा काटेको पनि दशकौँ भईसक्यो । हामी अहिले त्यो बाँसमा पाउने बरफ मा कँहा रमाउछौँ । अहिले त हामीलाई ब्रान्डेड आइशक्रिमको चुस्की लिनुपर्छ । तारेको पापडमा रमाउइन्थ्यो अहिले हामीलाई ठुलो ब्रान्डेड आलू चिप्स चाइन्छ । येसैलाई परिवर्तन भनिन्छ । मनुष्यको अचुक चाहाना नै परिवर्तन हो । आफुलाई अप्ग्रेड गर्न हामी कहिले पछि पर्दैनौँ । र सहि बाटोमा लागेर प्रगति गर्न कसैले रोक्दा पनि रोक्दैन ।

एक दशक अघि जति फिल्म हेर्न सकश झेल्नु पथ्र्यो। अहिले त्यस्तो छैंन । अहिले घरमै बसेर मोबाइलको बटम थिचेपछि टिकटक, इमेलमा आईपुग्छ । यसैलाई जिन्दगीको मज्जा अनि प्रगति भनिन्छ । सौदागर देखि आर. आर. आर सम्मको चलचित्र भवनको रुपरेखा र यसको बिलाशितामा मैले देखेको परिवर्तनले चकित हुन्छु । सोच्न पनि बाध्य हुन्छु । यसरी नै हाम्रो स्कुल, हस्पिटलहरु पनि परिमार्जित हुदै गएको भए कस्तो हुन्थ्यो होला ।

अहिलेका फिल्म हल बिलाशिता भएका छन् । लच्चक्क परेको कर्सी, बिभिन्न फ्लेवरका मकै चपाउँदै आनन्दले समय बितेको पनि थाहा हुँदैन । पहिले जस्तो उडुसको टोकाई, हेलिकप्टर पंखाको अवाज, ब्ल्याक टिकटको धोका अहिलेको दिनमा हुँदैनन् ।

पहिले जस्तो लव स्टोरी र घरघरको कथा मनपराउन पनि छोडे । अहिलेकाहरु रोमान्टिक फिल्महरु मनपराउँछन् । समयसँगै धेरै परिवर्तन भएको छ । हाम्रो सोच र रहरहरु समयसँंगै परिवर्तन हुदै जानुपर्छ । हामी बर्षौँसम्म एकै तरिकाले बाँच्न सक्दैनौ । हामीलाई परिवर्तन मनपर्छ । एक प्रकारको जुन आनन्द अहिले सिनेमाहलमा सिनेमा हेर्न आउछ, त्यस्तै आनन्दको परिकल्पना हाम्रो स्कुल, हस्पिटल र सरकारी कार्यालयहरुमा होस भन्ने सोचको बिकास हाम्रो पुस्ताले गर्नैपर्छ ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...