भानु कलेजले गर्‍याे पूर्वविद्यार्थीहरूलाई सम्मान

भानु कलेजले गर्‍याे पूर्वविद्यार्थीहरूलाई सम्मान

 राष्ट्रिय डेली

विराटनगर । विराटनगर-८, मेनरोडस्थित भानु +२ कलेज (भानु मेमोरियल इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल) ले पूर्वविद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेजले महेन्द्र होटेल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी पूर्वविद्यार्थीहरूलाई सम्मान गरेको हो ।

विभिन्न शैक्षिक सत्रमा कलेजबाट कक्षा १२ को अध्ययन पूरा गरी हाल देश-विदेशका विभिन्न शैक्षिक संस्थामा उच्चशिक्षा अध्ययनरत ७ जना मेधावी विद्यार्थीहरूलाई सम्मान गरिएको हो । विद्यावारिधि गरिरहेका, अध्ययनरत शैक्षिक संस्थाले लिएका परीक्षामा उत्कृष्ट नतिजा ल्याएका, पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीहरू सम्मानित भएका हुन् ।

कलेजले संयुक्त राज्य अमेरिकास्थित वेस्ट भर्जिनिया युनिभर्सिटीबाट जेनेटिक्स एन्ड बायोटेक्नोलोजी विषयमा विद्यावारिधी गरिरहेका विकास देव, ढाका सेन्ट्रल इन्टरनेसनल कलेज (ढाका युनिभर्सिटी, बंगलादेश) मा एमबीबीएस प्रथम वर्षमा प्रथम भएकी नविना चौधरी, उच्चशिक्षाका लागि पूर्वाञ्चल विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा बीई (सिभिल) तर्फ पूर्ण छात्रवृत्ति पाएकी विमन्ता राईलाई सम्मान गरेको छ ।

यस्तै त्रिभुवन विश्वविद्यालयबाट लिइएको एमबीबीएसतर्फको प्रवेश परीक्षामा उत्तीर्ण भई नेशनल मेडिकल कलेज, वीरगञ्जमा अध्ययन गरिरहेकी कृतिका झा, त्रिविबाट लिइएको बी टेक (खाद्य) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति प्राप्त गरी सेन्ट्रल क्याम्पस अफ टेक्नोलोजी, धरानमा अध्ययन गरिरहेकी सीमा सुवेदी सम्मानित भएका छन् ।

त्यसैगरी मधेस इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्स, जनकपुरबाट लिइएको प्रवेश परीक्षामा बीएस्सी नर्सिङमा पूर्ण छात्रवृत्ति प्राप्त गरेकी मुना खत्री, एमसीईई-२०२४ मा लिइएको प्रवेश परीक्षामा बीएस्सी एमआईटीमा देशभरमा सातौं स्थान हासिल गरी महाराजगञ्ज मेडिकल क्याम्पस (आईओएम) मा अध्ययन गरिरहेका श्रीकान्त चौधरी सम्मानित भएका हुन् ।

सम्मानित विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. दामोदार थापा क्षेत्री र कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठले अबीर, खादा, फूलमाला लगाइदिएर सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमका अवसरमा कलेजले अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजित कविता वाचन, निबन्ध लेखन र चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीहरूलाई पुरस्कृत गरेको थियो ।

सोही अवसरमा कलेजले कक्षा ११ का विद्यार्थीहरूबीच गायन तथा नृत्य प्रतियोगिता आयोजना गरी त्यसमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीहरूलाई पुरस्कृत गरेको थियो । पुरस्कृत विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...