दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् ।
मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई कर्मचारीहरूले बहिष्कार गरेका हुन् ।
नेरुडेकै नियमावली लागू हुने सहमति अनुसार मर्ज भएपनि अहिले आएर मिर्मिरेको नियमावली लागू भएको भन्दै कर्मचारीहरू आन्दोलित भएका हुन् ।
बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडेले व्यवस्थापन पक्षलाई गत चैत ३० गते विगतमा भएका सम्झौँता कार्यान्वयन गर्न ध्यानाकर्षण पत्र समेत पठाएको थियो । तर व्यवस्थापन पक्षले बेवास्था गरेपछि आन्दोलित हुनुपरेको कर्मचारी यूनियन अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।
मर्ज भइसकेपछि व्यवस्थापन पक्षले साबिकको नेरुडेका कर्मचारीहरूलाई सम्झौता भन्दा फरक व्यवहार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको ढुङ्गानाले बताए ।
कर्मचारी यूनियन र व्यवस्थापन पक्षबीच भएको सम्झौता व्यवस्थापन पक्षबाट सम्बोधन हुनेगरी कदम नचालिएको अवस्थामा आन्दोलनमा उत्रने र यसको जिम्बेवारी व्यवस्थापन पक्ष हुने भन्दै यूनियनले व्यवस्थापन पक्षलाई पठाएको पत्रमा समेत उल्लेख गरिएको छ ।
२ ग्रेडको रकम बहिष्कार गर्ने, नेरुडे मिर्मिरेद्वारा आयोजित बैशाख ३ गतेको कार्यक्रम बहिष्कार गर्दै सम्पूर्ण कामकाज ठप्प गर्ने साथै आवश्यकता अनुसार आगामी कदम चाल्ने भन्दै व्यवस्थापन पक्षलाई पत्र पठाएको र सोही अनुसार आजको कार्यक्रम बहिष्कार गरिएको कर्मचारी यूनियन अध्यक्ष ढुङ्गानाले उल्लेख गरे ।
‘हामीले नेरुडे व्यवस्थापन पक्षसँग गरिएको सहमति कार्यन्वयन हुनुपर्छ भनेका हौँ’, ढुङ्गानाले भने, ‘तर सहमति कार्यान्वयन भएन । ४ ग्रेड हामीलाई दिन्छौँ भनेको थियो तर त्यसो भएन । हाम्रो माग सम्बोधन नभएसम्म काम ठप्प पार्छौँ । हामी मिर्मिरेमा आवद्ध कर्मचारीहरूलाई पनि सँगै लिएर जान्छौँ । किनभने मिर्मिरे र नेरुडे एक भइसकेको अवस्थामा सबै कर्मचारीलाई समेट्नु हाम्रो कर्तव्य हो ।’
व्यवस्थापन पक्षले साबिकको मिर्मिरेमा कार्यरत कर्मचारीको मात्रै तलब बृद्धि गरेको साबिकको नेरुडे र हालको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचरी शिवकुमार मेहताले बताए । उनले आन्दोलनमा उत्रनुको मूख्य कारण पनि यहि भएको बताए ।
व्यवस्थापन पक्षले आफ्ना मागहरू सम्बोधन गर्छ भन्ने विश्वास रहेको साबिकको नेरुडे हालको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारी भुवन अधिकारीले बताए । उनले व्यवस्थापन पक्षले तत्कालै मागहरू सम्बोधन गर्न अग्रसर हुनुपर्ने बताए ।
यस विषयमा आफुलाई केही जानकारी नभएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था कोशी प्रदेश प्रमुख घनश्याम चौधरीले बताए । उनले कर्मचारीहरू किन आन्दोलित भएका हुन् भन्ने समेत आफूलाई जानकारी नभएको उल्लेख गरे । आन्दोलनमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कार्यरत देशैभरका कर्मचारीहरू उपस्थित भएका थिए ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...