नेपालमा रेडियोको ईतिहास

नेपालमा रेडियोको ईतिहास

 राष्ट्रिय डेली

सुनिल उलक 


नेपालमा रेडियो केही दशक पहिले सम्म सामाजिक रूपले सम्पन्नता प्रस्तुत गर्ने रेडियो आज आमरूपमा भनाँै भने हराउँदै गएको छ । अझ मोवाइलको ब्यापकताले गर्दा ब्यक्तिको साथमा रहने घडी समेत हराएको छ । केही रूपमा अचेल ब्यापक रूपले ब्यापारिक प्रवेश पाएको एफएफ स्टेशनहरूले रेडियोको महत्वलाई कायम राख्न मद्दत गरेको छ ।

अंग्रेज सरकारले इन्डियन ब्रोडकास्टिङ कम्पनीलाई अनुमति दिए पछि १९८४ को श्रावण ८ मा बम्बैबाट र भदौ १० मा कलकत्ताबाट प्रसारण शुरू भएपछि नै नेपालमा पनि रेडियोको प्रवेशको थालनी भएको देखिन्छ । राणा प्रधानमन्त्री चन्द्रशम्शेरको समयमा होल्याण्डबाट उत्पादित फिलिप्सको रेडियोहरू बेलायतबाट नेपालमा प्रबेश भयो ।

त्यसबेला रेडियो हुनु भनेको धनाड्यको प्रतिक थियो । अझ रेडियो सेट बजाउन घरमा एन्टेना ठड्याउनु पर्ने हुँदा रेडियो लुकाएर सुन्न मिल्दैनथ्यो । तसर्थ रेडियो सेट राख्न राणा सरकारसँग अनुमति लिनु पर्दथ्यो । अनुमति नलिइ रेडियो सुनेमा जेल सजाय समेत हुन्थ्यो ।

आधिकारिक जानकारीमा मदनमणि दीक्षितका अनुसार १९८६ मा देवमणि दीक्षितले बेलायतबाट मगाएको रेडियो सातौँ थियो । दोश्रो बिश्वयुद्ध ताका बेलायतमा रेडियो कमि भएपछि अमेरिकाबाट उत्पादित फिलिप्सकै एजष्अिय ब्रान्डका रेडियोहरू भित्रिन थालेको थियो । १९९२–९३ मा जुद्धशम्शेरले इलेक्ट्रिक इञ्जिनियर काशिराज पाण्डेलाई बिदेशी रेडियो सुनेर समाचारको संगालो ‘द न्यूज रिल’ तयार गराइ राणा दरवारमा उपलब्ध गराउन लगाएका थिए ।

यसरी रेडियोका समाचारलाई अप्रत्यक्ष रूपमा प्रसार गर्न थालिएको थियो । यो नै नेपालमा रेडियोको महत्वको शुरूवात थियो । यसरी जनतालाई रेडियो सुन्ने बनाउने राणा सरकार दोश्रो बिश्वयुद्धको समयमा अंग्रेज बिरूद्धको समाचारले चर्चा पाउदा जनतालाई रेडियो सुन्न बन्देज लगाउन पुग्यो । १९९८ को दँशै अगाडी जुद्धशम्शेरले देश (काठमाडौ) मा भएका सम्पूर्ण रेडियो सेट जफत गराउँदा यसको संख्या ४०० वटा थियो ।

कमलमणि दीक्षितले आफ्नो पुस्तक ‘बिर्सेको सम्झेको’ मा रेडियो सम्बन्धी आफ्नो अनुभव नै लेखेका छन् । १९९५ मा ठूलो घर अर्थात ठूलो कान्छा बुबाको मा रेडियो सुन्न उँहा पुल्चोक देखि गैरीधारा हिडेर पुग्नुहुन्थ्यो । बिश्व युद्धको समाप्ती पछि सबैले रेडियो फिर्ता पाए । साथमा कमलमणिको बाबाले पनि रेडियो राख्ने अनुमति पाउनुभयो । त्यसपछि घरमै रेडियो सुन्न पाउनुभयो । तर पछि पद्मशम्शेरको समयमा बिजुली अड्डाबाट प्रसारित रेडियो भने वहा बनारसमा पढ्न जानुभएकोले सुन्न पाउनु भएन ।

नेपालबाट प्रसारित पहिलो रेडियो कार्यक्रम जुद्धशम्शेरले जफत गराएका रेडियो सेटलाई बिश्वयुद्धको समाप्ती पछि फिर्ता गरिदिए । यसपछि प्रधानमन्त्री बनेका पद्मशम्शेरले रेडियो राख्न फुकुवा गरिदिए । साथै काठमाडौमा नै रेडियो प्रसारणको शुरूवात नै गराए । समाचार संकलनको कार्यमा शुरूमा राखिएका काशिराज पाण्डेले २००३ माघ १४ गते देखी दिउसो १ बजेबाट १ः३० सम्म बागबजार बिजुली अड्डाबाट नेपाल ब्रोडकास्टिङ नामबाट रेडियो प्रसारणको आरम्भ गरेका थिए ।

दोश्रो विश्वयुद्धबाट फर्केका सैनिकले बोकेर ल्याएका वायरलेससेटबाट रेडियो प्रसारण गरेका थिए । ठूला ठूला लाउड स्पिकरबाट रामायणका श्लोकहरू बजाएर रेडियो प्रसारणको आरम्भ गरिएको थियो । पछि यो प्रसारण काठमाडौ उपत्यका बाहिर पनि सुनिएको समाचार छापिएको थियो । यो रेडियो प्रसारणको समय बिस्तारै १०ः०० देखी ३ः०० बजे सम्म बनाइएको थियो । पहिलो रेडियो प्रस्तोता २००३ माघ १४ गते प्रसारण आरम्भ भएको नेपाल ब्रोडकास्टिङमा काशीराज पाण्डेले प्रसारण आरम्भ गरी नेपालको पहिलो रेडियो उद्घोषक बनेका थिए । उनका साथमा अर्का उद्घोषक त्यतिबेलाका गोरखापत्रका सम्पादक प्रेमराज शर्मा थिए । नेपाल ब्रोडकास्टिङबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि कविता बाचन गरेका थिए ।

पहिलो प्रत्यक्ष प्रसारण राणा प्रधानमन्त्री पद्मशम्शेरको बिशालनगर दरवारमा भएको भाषणलाई रेडियोबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो । ठूला ठूला स्पिकर जोडिएकाले नजिकका सबैले राम्ररी सुन्न पाए साथमा रेडियोबाट पनि प्रसारण जोडिएकोले चारभञ्ज्याङ भित्र सबैले सो भाषण सुन्ने अवसर पाएका थिए । यसरी शुभारम्भ भएको रेडियो प्रसारण पद्मशम्शेरको पतनसँगै २००४ को अन्तमा बन्द भयो । मोहनशम्शेरले ब्यबस्थित रूपमा रेडियो शुभारम्भ गर्ने उद्धेश्यले ट्रान्समिटरहरू झिकाएका थिए तर सो सामग्री २०१३ मा मात्र काठमाडौ आइपुग्यो ।

वडाहाकिम धनशम्शेरले पोखरामा २००४ साल तिर रेडियो ल्याइसके पनि रेडियो सुन्न सक्नुभयो या भएन भन्ने यकिन हुन सकिएन । तर २००५ मंसिर १८ मा कलकत्ताबाट प्रसारण हुने गोर्खाली प्रोग्राममा महात्मा गान्धीको हत्या सम्बन्धि समाचार सुन्न साहु महाजन तथा सर्वसाधारणलाई आफ्नो मोहरीया टोल स्थित सेतो दरवारमा बोलाएका थिए । पोखरेलीले पहिलो पटक रेडियो सुनेको यहि नै हो । यस पछि पोखराका अर्का साहु चन्द्रबहादुर भारीले राणा वडाहाकिम भन्दा म के कम भन्दै कानपुरबाट रेडियो बोकेर आएका थिए ।

यसरी पोखरामा रेडियोको प्रवेश भयो । यसपछि श्याम साहू (कर्माचार्य) ले पनि रेडियो ल्याए । २००७ सालको आन्दोलनको समयमा पोखरामा रेडियोको संख्या निकै बढी सकेको थियो । क्रान्तीको समाचार सुन्न मानिसहरू रेडियो भएको घरमा जम्मा हुने गर्दथे । २०१३ साल तिर त हाम्रो बुबाले पनि रेडियो ल्याइसक्नु भएको थिए । त्यति मात्र नभएर मेरो बुबाले रेडियो मर्मत गर्न पनि सिकिसकेका थिए । २००५ को सावन १८ गते मोहनशम्शेरको समयमा पनि मोहन आकाशवाणीबाट केहि सामग्री प्रसारण गरि आकाशवाणीबाट पनि रेडियो प्रसारण गर्न सकिने सफलता हासिल भएको थियो ।

यसरी नै २००७ मा राणा बिरोधी प्रचारको लागी उपयोग गर्दै २००७ मंसिर २५ देखी माघ १९ गते सम्म भोजपुरमा नारदमुनि थुलुङले ग्रीसबाट लिएर आएको आकाशवाणीका सामग्रीबाट जयन्द्रबहादुर थपलियाले रेडियो उद्घोषण गरि थालनी गरेका थिए । यस कार्यका लागी नारदमुनि थुलुङले टेक्निकल सहयोग गरेका थिए । नारदमुनि थुलुङ जो भारतिय सेनाको गोरखा राइफलमा भर्ति भइ दोश्रो विश्वयुद्धमा ग्रीस पुगेका थिए । युद्धको समाप्ती पछि उनले ग्रीस रेडियोबाट विश्वमा शान्तिको आबश्यकता र अपरिहार्यताका बारेमा बोलेका थिए । उनको यहि अनुभवले नै भोजपुरबाट ‘स्वतन्त्र नेपाल रेडियो’ उद्घोषणको शुभारम्भ भएको थियो । बिहान साझ दुइ पटक क्रान्तिकारी समाचार प्रसारण गर्ने गरेकोमा एक दिन अचानक समाचारमा जयन्द्रबहादुर थपलियाले धनकुटा आक्रमण गर्ने समय र स्थान नै समाचारमा पढिदिए पछि राणा पक्षिय सैनिकले पाख्रीबासमा सात जना भोजपुरे योद्धालाइ हत्या गरेपछि सो ट्रान्समिटरलाई रातारात बिराटनगर स्थित रघुपती जुट मिलमा लगिएको थियो ।

जहाँबाट तारिणीप्रसाद कोइरालाले नेपाल प्रजातन्त्र रेडियो नामबाट २००७ माघ २० गते दिउसो २ बजे ‘यो प्रजातन्त्र रेडियो हो, हामी मुक्ति सङ्ग्रामको कुनै अज्ञात मोर्चाबाट बोलिरहेका छौ’ भन्ने शव्दबाट उद्घोषण थालेका थिए ।

बिराटनगरबाट नियमित प्रसारण हुन थालेपछि काठमाडौंमा समेत यसको प्रभाव पर्न थालेको थियो । जसले गर्दा मोहनशम्शेरले बिजुली अड्डाबाट साँझ सात बजेबाट साढे सात सम्म भजन तथा समाचार प्रसारित गरेका थिए । देशमा प्रजातन्त्रको लहर चलेको समय केही समय जुट मिलबाट पनि प्रसारण बन्द भयो । केही समय अन्यत्रबाट प्रसारण भए पनि नियमित हुन सकेन । प्रजातन्त्र आए पछि पुनः नियमित प्रसारणको थालनी भयो ।

रेडियो स्टेसन राजधानी ल्याउने सहमती पछि मोहन आकाशवाणी रहेको सिंहदरवारको भवनबाट मोहन आकाशवाणीकै पुरानै ट्रान्समिटरबाट नै ४१ मिटर शर्टवेभमा नेपाल प्रजातन्त्र रेडियो आरम्भ भयो । पछि भारतीय प्रसारण संस्था आकाशवाणी रेडियोको सहयोगले प्रसारण क्षमतामा बृद्धि भयो । २००७ चैत्र २० गते प्रजातन्त्र नेपाल रेडियोको नियमित प्रसारण आरम्भ भयो । पहिलो दिन बिहान ८ बजे ‘यो प्रजातन्त्र नेपाल रेडियो हो’ भन्ने वाक्य सहित रश्मी राज्य लक्ष्मीले कार्यक्रम शुभारम्भ गरे ।

तारिणीप्रसाद कोइराला रेडियो नेपालको प्रथम कार्यकारी प्रमुख नियुक्त भएका थिए । यसैले बाँकी कार्यक्रम तारिणीप्रसाद कोइरालाले सञ्चालन गरे । यसरी शुभारम्भ भएको ‘प्रजातन्त्र नेपाल रेडियो’ को नाम पछि ‘नेपाल रेडियो’ हुँदै ‘रेडियो नेपाल’ भयो । जुन नाम हालसम्म नै कायम रहेको छ । पहिलो दिन मात्र एक घण्टा प्रसारण भएको रेडियो प्रसारण समय बढाउदै लैजाने क्रममा अचेल २४ घण्टा नै प्रसारण हुनुको साथै पाँचै बिकास क्षेत्रबाट पनि प्रसारणको थालनी भइसकेको छ ।

तारिणीप्रसाद कोइरालाले केवल ९ महिना स्टेसन डाइरेक्टरको रुपमा सेवा गर्नुभएको थियो । २००८ पुसमा वहालाई पदबाट बर्खास्त गरिएको थियो । तर नेपालमा रेडियोको ईतिहास लेखिँदा तारिणीप्रसादलाई उचाईमा पुर्याईन्छ । जबकि काशिराज पाण्डे तथा नारदमुनि थुलुङको चर्चा नै गरिदैन । एफएमको प्रवेश संसारमा पहिलो एफएम सञ्चालन भएको ४५ वर्ष पछि नेपालमा पहिलो पटक २०५२ कार्तिक ३० मा रेडियो नेपालले एफएम सञ्चालन गरेको थियो भने निजी स्तरमा २०५२ चैत्र २० गते रेडियो सगरमाथाले एफएम प्रसारणको परिक्षण गरेको थियो ।

त्यसको २ वर्ष पछि २०५४ जेठ ९ गते आधिकारिक रूपमा सरकारको अनुमतिमा नेपालको पहिलो एफएम स्टेसनको रूपमा प्रसारणको आरम्भ गर्न थाल्यो । एफएमबाट पहिलो पटक सरकारी एकाधिकार तोड्दै घमराज लुइँटेलको आवाजमा ‘नमस्कार एफएम ब्याण्डको एक सय दुई थोप्लो चार मेगाहर्जमा यो दक्षिण एशियाकै पहिलो नाफा तथा बिज्ञापन रहित स्वतन्त्र सार्वजनिक प्रसारण सेवा हो’ भन्दै प्रसारण आरम्भ गरेका थिए ।


(लेखका श्रोतहरू : रेडियो नेपालको सामाजिक इतिहास – मार्टिन चौतारी बिर्सेको सम्झेको – कमलमणी दीक्षित आनन्दमय आकाश – मदनमणी दीक्षित पत्रकारिताको इतिहासमा दोहोरिएको खोट – गणेश राई (कान्तिपुर) साथमा बिभिन्न ब्यक्तिसँगको कुराकानी ।)

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...