दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
काठमाडौं । निर्वाचनले अर्थतन्त्र चलायमान बनाउँछ, यसो भन्दै गर्दा कोरोना भाइरसको महामारीले लामो समय थला परेका होटेल व्यवसायी खुसी हुनुपर्ने थियो । तर, निर्वाचन नजिकिँदै गर्दा ठूला होटल व्यवसायीमा उत्साह भने छैन । तर, स्थानीय क्षेत्रमा लज र सनना होटलहरुमा भने चहलपहल बढ्न थालेको छ ।
होटेल संघ नेपाल ९हान०का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार निर्वाचनले ठूला होटेलमा उत्साह ल्याउँदैन । यस्तो ट्रेण्ड दक्षिण एसियाली भेगका धेरै जसो मुलुकमा देखिन्छ । उनका अनुसार निर्वाचन भन्नासाथ यो भेगमा हिंसात्मक घटना बढी हुन्छन् भन्ने मान्यता छ ।
यो मनोवैज्ञानिक कारणले निर्वाचनको समयमा सामान्यतया पर्यटकले घुमफिरको योजना बनाउँदैनन् । यो आन्तरिक तथा बाहृय दुबै पर्यटकमा देखिने उनको भनाइ छ । उनका अनुसार निर्वाचनको मिति वरपर विदेशी पर्यटकले सकेसम्म नेपाल यात्राको योजना बनाउँदैनन् ।
बनिसकेका योजनामा समेत यात्रा पर धकेल्ने प्रवृत्ति देखिन्छ । ‘निर्वाचनले ठूला होटेलमा उत्साह ल्याउँदैन,’ शाहले अनलाइनखबरसँग भने, ‘हाम्रो जस्तो मुलुकमा निर्वाचन शान्तीपूर्ण हुँदैन भन्ने मान्यता विदेशीमा छ ।’
३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनका दिन शुक्रबार परेको छ । यो दिन सामान्यतया धेरै नेपालीले एक वा दुई रातका लागि घुमफिरको योजना बनाएर शहर नजिकका गन्तब्यमा जाने दिन हो ।
तर, निर्वाचन भएका कारण आन्तरिक गन्तब्यका धेरै होटेल खाली हुने उनले बताए । एक त मानिस निर्वाचनको माहोलमा हुन्छ,’ उनी भन्छन्, अर्को केही भइहाल्छ कि, बाटो घाटो अवरुद्ध हुन्छ की भन्ने त्रासले सकेसम्म बाहिर ननिस्कने गरेको पाएन्छ ।’
निर्वाचनमा ट्रेड युनियनका माध्यमबाट मजदुरको प्रयोग बढी हुन्छ । यस्तो प्रवृत्ति पछिल्लो दिनमा भने केही घटेको अनुभव व्यवसायीको छ । १ मेमा पर्ने विश्व श्रमिक दिवसका दिन राजधानीका सबै होटेलबाट ट्रेड युनियनले मजदुरलाई नारा जुलुसमा लैजाने गर्थे ।
यो पटक निर्वाचन आचारसंहिताका कारण यसरी मजदुर लैजाने काम निकै कम भएको अनुभव व्यवसायीले गरेका छन् ।
निर्वाचनको समयमा मजदुरले काम नगर्दा व्यवसायमा पर्ने प्रभावले समेत ठूला होटेल व्यवसायीहरु निर्वाचनमा समस्या हुने गरेको अनुभव गर्छन् ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...