दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उनीहरुले घरदैलोसँगै चुनावीसभा, भेटघाट, अन्तरक्रियालगायतका कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । पाँच दलीय गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार नागेश कोइरालाले पनि चुनावी प्रचारलाई तीव्रता दिएका छन् । विराटनगर बनाउने भिजनसहित दृढ इच्छाशक्ति लिएर आफू अगाडि बढेको बताउने कोइराला पाँच वर्षभित्र विराटनगरवासीले गर्व गर्न लायक विराटनगर बनाउने आफ्नो संकल्प रहेको सुनाउँछन् । चुनावी प्रचार, एजेण्डा, चुनाव जित्ने आधारलगायतका विषयमा केन्द्रित रहेर मोरङ कांग्रेसका उपसभापतिसमेत रहेका मेयरका उम्मेदवार कोइरालासितको कुराकानीको सार–
नागेश कोइराला
गठबन्धनबाट मेयरका उम्मेदवार, विराटनगर
चुनाव कस्तो लागेको छ ?
उम्मेदवार भएपछि स्वभाविक रुपमा चुनाव त लाग्ने नै भइहाल्यो नि । घरदैलो, कोणसभा, भेटघाटका कार्यक्रमलाई तीव्रता दिएको छु । भेट्न नसकेका महानुभावहरूलाई फोनबाटै भए पनि भोट मागिरहेको छु । यो अन्तरवार्तामार्फतबाट पनि मसहित गठबन्धनबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादव र १९ वडाका अध्यक्षसहित सदस्यहरूलाई भोट हाल्न अपिल गर्दछु ।
घरदैलोमा पुग्दा महानगरवासीबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
महानगरवासीको प्रतिक्रियाले म निकै उत्साहित भएको छु । नागेश कोइराला मेयर भयो भने पक्कै पनि विराटनगर बनाउँछ भन्ने धेरैमा आशा र भरोसा पाएको छु । यो मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हो । मैले तरुण दल र पार्टीका विभिन्न तहमा बसेर काम गर्दैगर्दा समाजसेवालाई पनि निरन्तरता दिएँ । महानगरवासीका दुःखसुखमा साथै रहें । त्यही भएर पनि मेरो उम्मेदवारीले महानगरवासीमा एक किसिमको आशा जगाएको छ ।
महानगरवासीमा तपाईंको उम्मेदवारीले उत्साह जगाउनुका कारण ?
म विराटनगरमै जन्मे, हुर्कें बढे, पढें । मलाई यहाँको अघात माया छ । विराटनगरको धुलोका कण–कणमा मेरो सम्बन्ध छ । त्यसो भएकाले म विराटनगरलाई धेरै माया गर्छु । विराटनगर बनाउने संकल्प लिएर अगाडि बढेको छु । मैले भन्दै आएको छु पाँच वर्षे कार्यावधि पूरा गरेर महानगरबाट बाहिरिँदै गर्दा महानगरवासीले फूल र मालाले भव्यताका साथ विदाइ गर्ने अवस्था सिर्जना गर्छु । अर्को के हो भने मलाई कुनै लोभलालच छैन । भ्रष्टाचारलाई शून्यमा झार्छु । नागेश कोइराला मेयर भयो भने पक्कै भ्रष्टाचार गर्दैन, जे बोल्छ त्यो गर्छ भन्ने महानगरवासीलाई अवगत छ । म जनतालाई दुःख दिने काम गर्दिन । महानगरबाट प्रवाह हुने सेवालाई सरलीकृत बनाउँदै प्रविधिमैत्री बनाउनेछु । हुने कामलाई तत्कालै गर्ने नहुने काम छ भने कारणसहित सेवाग्राहीलाई जानकारी दिने व्यवस्था मिलाउनेछु । मेरो काम गर्ने शैली अलि फरक पनि छ । यिनै आधारले गर्दा मेरो उम्मेदवारीले महानगरवासीमा उत्साह जगाएको हुनुपर्छ । अर्को कुरा म पाँच दलीय गठबन्धनबाट मेयरमा उम्मेदवार छु भने उपमेयरका उम्मेदवार पनि गठबन्धनबाट अत्यन्तै क्षमतावान र केही गर्नुपर्छ भन्ने पवित्र भावना बोकेका युवानेता अमरेन्द्र यादव हुनुहुन्छ । हाम्रो भिजन, हाम्रो काम गर्ने शैली, हाम्रा योजना, समाजमा हाम्रो छविलगायतका कारणले पनि मतदाता उत्साहित भएको हुनुपर्छ ।
के कस्ता एजेण्डा लिएर मतदाताबीच पुगिरहनु भएको छ ?
पार्टीका केन्द्रीय सदस्य भीम पराजुली नेतृत्वको जनप्रतिनिधिले सुरु गरेका कामलाई निरन्तरता दिँदै विराटनगरको विकास गर्ने थुप्रै एजेण्डाहरू छन् । हामीले प्रतिबद्धतापत्र पनि जारी गरिसकेका छौं । त्यो प्रतिबद्धतापत्रमा धेरै कुराहरू समेटेका छौं । मेरो बानी धेरै बोल्नेभन्दा काम गर्ने छ । म जे बोल्छु त्यो गरेर छाड्छु । नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुहुन्थ्यो ‘म जे बोल्छु त्यो गर्छु’ मैले यो भनाइलाई प्रेरणाका रुपमा लिएको छु । त्यसो भएकाले मैले धेरै ठूला योजना अघि सारेको छैन । महानगरवासीका साना–साना समस्या समाधान गर्ने योजनाहरू छन् । पहिलो त भ्रष्टाचार नियन्त्रण गर्ने एजेण्डा हो मेरो । यदि भ्रष्टाचार मात्रै नगर्ने हो भने धेरै कुरा सुधार हुन्छ । तपाईं हेर्न सक्नुहुन्छ भ्रष्टाचार नियन्त्रण गर्दा त्यो ठाउँको कसरी विकास हुन्छ र जनताले कसरी सुविधा पाउँछन् भन्ने उदाहरण भारतको नयाँदिल्लीलाई लिन सकिन्छ । भ्रष्टाचार मात्रै नहुने हो भने विराटनगर मात्रै होइन मुलुकको आर्थिक विकासले निकै फड्को मार्ने थियो । भ्रष्टाचार नहुँदा कसरी विकास हुन्छ भन्ने म विराटनगरबाट देखाउन चाहन्छु । महानगरवासीका लागि मेट्रोसिटी अस्पताल बनाउनेछु । महानगरका विभिन्न स्थानमा महिला र अपाङ्गमैत्री शौचालय निर्माण, ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा, ३० युनिट मात्रै विद्युत खतप गर्नेका लागि महसुलमा छुट, ज्येष्ठ र अपाङ्गहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा, ठाउँ–ठाउँमा सुविधासम्पन्न पार्क, सामुदायिक विद्यालयको गुणस्तरीय वृद्धि, खानेपानी समस्या समाधान र डुबान समस्या समाधानका लागि केसलिया र सिंघिया खोलामा तटबन्धन निर्माण गरी दुवैतर्फ सडक निर्माण गरेर विराटनगर बजार क्षेत्रको सवारी चापलाई कम गर्ने योजना छ । यसबाहेक करको दायरा बढाउने र दर घटाउने एजेण्डा पनि छन् मसित । स्वास्थ्य, शिक्षा, खेलकुद, उद्योग व्यवसाय सबै क्षेत्रका एजेण्डाहरू छन् । यहाँ विस्तृतमा भनेर साध्य छैन । सारमा भन्नुपर्दा सफा, सुन्दर, हराभरा, सुरक्षित अनि विराटनगरवासीले गर्व गर्न र भावीपुस्ताले सम्झन लायक विराटनगर बनाउने संकल्प लिएर अगाडि बढेको छु । त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूको टिम बनाएर उहाँहरूको सुझावअनुसार विराटनगरलाई पाँच वर्षभित्र मुलुककै नमुना महानगर बनाउनेछु ।
यति धेरै योजना सुनाउनु भयो, अनि महानगरको सीमित स्रोतले कसरी पूरा गर्नुहुन्छ ती योजना ?
पक्कै पनि हो महानगरको स्रोतबाट यी सबै पूरा गर्न कठिन छ । तर, पूरा गर्न सकिन्छ । प्रदेश र संघीय सरकारबाट बजेट ल्याउनुपर्छ । दातृ निकायहरू पनि विराटनगरमा लगानी गर्न चाहन्छन् । उनीहरूलाई कसरी आकर्षित गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्छ । यसभन्दा अगाडि पनि एडीवीको पैसाबाट विराटनगरमा ढलसहितको सडक बनेको छ । अब बाँकी सडक पूर्वाधारसहित अन्य क्षेत्रको विकासका लागि एडीवी, जाइका, ईयूलगायतका दातृ निकायबाट सहयोग ल्याउन सकिन्छ । अर्कोतर्फ विराटनगरमा जन्मिएर विदेशमा कर्म गरिरहेका विराटनगरलाई माया गर्ने थुप्रै महानुभावहरू हुनुहुन्छ । उहाँहरूलाई पनि विराटनगरसँग जोड्न सकिन्छ । मात्रै इच्छाशक्ति र भिजन चाहियो मसित यी दुवै छन् । यसबाहेक विराटनगरमा ठूला मन भएका उद्योगी व्यवसायीहरू हुनुहुन्छ । उहाँहरूसित मिलेर धेरै काम गर्न सकिन्छ । यसभन्दा अगाडि कोशी कोभिड अस्पताल बनाउँदा यहाँका उद्योगी व्यवसायीहरूले मन फुकाएर सहयोग गर्नु भएको कुरा त तपाईंहरूकै मिडियाहरूमा पनि आएको थियो । यहाँको निजी क्षेत्रलाई पनि सँगसँगै लिएर हिंड्न सकिन्छ । उहाँहरूले विगतदेखि नै विराटनगरको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएको छ । यसका लागि मसित स्पष्ट योजना छन् । विराटनगर बनाउने दृढ इच्छाशक्ति छ ।
चुनाव जितिनै सकेको जस्तो गरी भन्नुभयो, जितका आधार के छन् तपाईंसित ?
पहिलो त कांग्रेसको संगठन नै हो । विराटनगर कांग्रेसको गढ पनि हो । कांग्रेस एक्लै चुनावमा लड्दा पनि विराटनगरमा जित्छ । अर्को जसपासित केन्द्रैदेखि गठबन्धन छ हाम्रो । दुईवटा पार्टीको तालमेल नै जितको आधार हो । अर्को हामीले अघि सारेका एजेण्डा पनि हाम्रो जितको आधार हो भन्ने लाग्छ मलाई । यसबाहेक अर्को आधार सोध्नुहुन्छ भने कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, केन्द्रीय नेताहरू महेश आचार्य, डा. डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली मात्रै होइन पार्टीका आमकार्यकर्ताहरू पनि कांग्रेसलाई जिताउन रातदिन नभनी लाग्नु भएको छ । बुद्धिजीवी, शिक्षक, प्राध्यापक, वकिल, समाजसेवी, उद्योगी, व्यवसायी सबै क्षेत्रका व्यक्तिहरु पनि हामीलाई जिताउन लागिरहनु भएको छ । अर्को कुरा एमाले भनेको हावादारी गफ दिने पार्टी हो भन्ने आमजनतामा परिसकेको छ । विराटनगरमा हाम्रो कसैसित पनि प्रतिस्पर्धा छैन हामीले चुनाव जितिसक्यौं भन्दा हुन्छ ।
तपाईंले भ्रष्टाचार शून्यमा झार्छु भन्दै आउनु भएको छ नि, त्यो सम्भव छ ?
म सकारात्मक सोच भएको व्यक्ति हुँ । हामी सबै मिल्यौं भने सक्छौं । भनाइ नै छ मुहान सफा भयो भने तल बग्ने पानी पनि सफा हुन्छ । यदि मुहान फोहोर भयो भने जति नै प्रयास गर्दा पनि तल बग्ने पानीलाई सफा गर्न गाह्रो पर्छ । त्यसो भएकाले म भ्रष्टाचार गर्दिनँ । मैले भ्रष्टाचार गरिँदा भने अरुले पनि गर्ने आँट गर्दैनन् । यदि भ्रष्टाचार गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने परिपाटीको विकास गरियो भने स्वतः भ्रष्टाचारको अन्त्य हुन्छ ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...