महानगरको भ्रष्टाचार अन्त्य गर्न जनप्रतिनिधिलाई उद्योगीको सुझाव

महानगरको भ्रष्टाचार अन्त्य गर्न जनप्रतिनिधिलाई उद्योगीको सुझाव

 राष्ट्रिय डेली

विराटनगर / विराटनगरका उद्योगी व्यवसायीहरुले महानगरपालिकाभित्रको भ्रष्टाचारलाई अन्त्य गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् ।
नेपाल उद्योग परिसंघ प्रदेश–१ ले आयोजना गरेकोे स्वागत कार्यक्रममा महानगरको भ्रष्टाचार, ढिलासुस्ती, अनियमिता अन्त्य गर्न उद्योगीहरुले सुझाव दिएका हुन् । कार्यक्रममा परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले विराटनगर महानगरपालिकाका कर्मचारी क्रोनिक, असहयोगी र भ्रष्ट भएकाले सचेत रहन जनप्रतिनिधिहरूलाई सुझाव दिए ।
उनले कवाडी करका रुपमा अनावश्यक कर लिने गरेको, विराटनगर महानगरपालिकाका ढूवानीका सवारीसाधनलाई ढुवानीका सामान लोड अनलोड हुने स्थानको अभाव रहेकाले समस्या भइरहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । घिमिरेले विराटनगरको सौन्दर्यीकरणका लागि विराटनगरको बरगाछी दक्षिणको भागमा परिसंघ हरियाली प्रबद्र्धन र सौन्दर्यीकरणका लागि सहयोग गर्न तयार रहेको बताए । उनले सडकको डिभाइडरमा बोट विरुवा लगाउने र शहरमा हरियाली प्रबद्र्धनका लागि निजी क्षेत्र सहयोग गर्न तत्पर रहेको स्पष्ट पारे । कार्यक्रममा नेपाल उद्योग परिसंघ प्रदेश १ को कार्यसमितिका पदाधिकारीहरूले विराटनगर महानगरपालिकालाई भ्रष्टाचारमुक्त महानगर बनाउन नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे । सो अवसरमा उद्योगी उद्धव रिजाल, देवेन्द्र अग्रवाल, राकेश सुरानालगायतले महानगरमा कर्मचारीतन्त्र हाबी भएको बताउँदै भ्रष्ट कर्मचारीलाई शाखा परिवर्तन गर्न सुझाव दिएका थिए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा उद्योगको प्रबद्र्धनका लागि ‘मेड इन विराटनगर’ अभियान चलाएर विराटनगरका उद्योगीहरूलाई सहयोग गर्न महानगरपालिका तत्पर रहेको बताए । उनले खानेपानीको समस्या समाधानका लागि जाइकासँग सम्झौता भएर कार्यान्वयनमा जान लागेको जानकारी दिए । उनले विराटनगरको डुवानको समस्या समाधान गर्न सिंगिया र केशलिया खोलाको दुवैतर्फ तटबन्ध बाँध्ने योजना रहेको सुनाए ।
कार्यक्रममा उपमेयर शिल्पा कार्कीले सबैको साझा चाहना विराटनगर बनाउने भएकाले व्यक्तिगत स्वार्थ नराखी काम गर्ने प्रतिबद्धता जनाइन् । उनले विराटनगरको विकासका लागि मास्टर प्लान बनाएर व्यवस्थित विराटनगर बनाउने बताइन् । कार्यक्रममा विराटनगर वडा नम्बर ५ का वडा अध्यक्ष सन्तोष न्यौपाने, विराटनगर २ का वडाअध्यक्ष कुमार पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्ष वासु बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापालगायतलाई नेपाल उद्योग परिसंघ प्रदेश–१ का पदाधिकारीहरूले स्वागत गर्दै बधाई तथा कार्यसफलताको शुभकामना दिएका थिए । सो अवसरमा ४ नम्बर वडाका अध्यक्ष थापा, ३ का अध्यक्ष बस्नेतले महानगरले प्रदान गरेको सवारी साधन नलिने जानकारी दिए ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...