दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर / सबै स्थानीय तहमा श्रमिक हेल्प डेक्स स्थापना गर्न ट्रेड युनियन कांग्रेसमा आबद्ध मजदुर तथा कर्मचारीहरूले माग गरेका छन् ।
मुलुकको आर्थिक विकास र समृद्धिमा श्रमिकहरूको महत्वपूर्ण भूमिका भएकाले श्रमिकको समस्या समाधान गर्न हरेक स्थानीय तहले श्रमिक हेल्प डेक्स स्थापना गर्नुपर्नेमा उनीहरूको जोड छ । नेपाल टे«ड युनियन कांग्रेस जिल्ला कार्य समिति मोरङले मंगलबार कटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले श्रमिकका समस्या स्थानीयस्तरमै हुने भएकाले हरेक पालिकाले श्रमिक हेल्प डेक्स राख्नु आवश्यक रहेको औंल्याए ।
नेपाल टे«ड युनियन कांग्रेसका प्रदेश–१ अध्यक्ष नारायणबाबु कार्कीले नेपालको लोकतान्त्रिक आन्दोलनमा मजदुरहरूको अतुलनीय योगदान रहेकाले स्थानीय तहले उनीहरूका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । “पाँच वर्ष जान धेरै समय लाग्दैन, तपाईंहरू आजदेखि जनताले पछिसम्म सम्झने गरी काम गर्नुहोस् त्यसमध्ये मजदुरका हितमा पनि काम गर्नुहोस्,” उनले भने ।
त्यस्तै ट्रेड युनियनका मोरङ अध्यक्ष सुशील कोइरालाले श्रमिकका मुलुक निर्माणमा श्रमिकको महत्वपूर्ण योगदान रहँदै आए पनि राज्यले उपेक्षा गरेको गुनासो पोखे । “तपाईंहरूलाई हामीले लगाइदिएको तौलियामा श्रमिकको पसिना छ,” उनले थपे, “त्यो तौलियाले मसिना पुछ्दा सम्झनुहोस् श्रमिकहरूको पसिनाले आफ्नो पसिना पुछिरहनु भएको छ ।”
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले श्रमिकका समस्या समाधान गर्न आफू सधैं तत्पर रहेको प्रस्ट पारे । उनले श्रमिकका मागका विषयमा ट्रेड युनियनकर्मीहरूसित बसेर छलफल गर्ने उल्लेख गरे । “तपाईंहरू आउनुहोस् बसेर छलफल गरौं के गर्नुपर्छ श्रमिकहरूका लागि हामी गर्न तयार छौं,” मेयर कोइरालाले भने ।
सो अवसरमा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, कटहरीका अध्यक्ष देवराज चौधरी, जहदाका अध्यक्ष जितेन्द्र साहले पनि श्रमिकका मुद्दालाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताए । सो अवसरमा मेयर र अध्यक्षसहित विराटनगर ५ का वडाध्यक्ष सन्तोष न्यौपाने, ६ का अक्षय सहनी, ७ का मधुबाबु तिवारी, १५ का प्रकाश साह र १६ का अध्यक्ष उद्धव भुजेललगायतलाई सम्मान गरिएको थियो ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...