दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । कोशी प्रदेशको नामाकरणका विषयमा पहिचान पक्षधरले गरेको आन्दोलनमा ५० जना घाइते भएका छन् । आइतबार प्रदेशसभा बाहिर भएको आन्दोलनमा झडप हुँदा ३८ जना सुरक्षाकर्मी र १२ जना आन्दोलनकारी घाइते भएका हुन् ।
प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र ऐतिहासिक पहिचानका आधारमा पुनः नामांकन गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले प्रदेशसभानजिकै उग्र प्रदर्शन गरेपछि दोरोहो झडप भएको हो ।
झडपमा परेर नेपाल प्रहरीका २३ जना र सशस्त्र प्रहरीका १५ जना घाइते भएका छन् । जसमा केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवैतर्फका घाइतेको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ ।
‘प्रारम्भिक चरणमा भएकाले सबै घाइतको विवरण प्राप्त भइसकेको छैन’, प्रहरी स्रोतले भन्यो । घाइतेहरूको विराटनगरकै कोसीलगायतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीका तर्फबाट १६ राउण्ड हवाईफायर गरेको सुरक्षा स्रोतले बतायो । बाँस, लाट्ठी, भालालगायतका घरेलु हतियारसहित उग्र प्रदर्शन गर्दै आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुडा गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
प्रहरीका अनुसार सुरक्षाकर्मीमाथि ढुंगा, इँटा र बियरका बोतल निरन्तर प्रहार गरियो । आन्दोलनकारीले गुलेलीले समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रदेशसभानजिक आन्दोलनकारीको आक्रमणमा परेर केही सुरक्षाकर्मी रगताम्य हुँदै ढलेका थिए । प्रदेशसभानजिक माहोल भड्किने अवस्था बनेपछि हवाईफायर गर्नु परेको प्रहरी स्रोतले बतायो ।
त्यस क्रममा सुरक्षाकर्मीका तर्फबाट ६१ सेल अश्रुग्याससमेत प्रहार गरिएको थियो । पछिल्लो विवरण अनुसार नेपाली प्रहरीले ४४ र सशस्त्र प्रहरीले १७ सेल अश्रुग्यास प्रहार गरेको हो ।
प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो । त्यसपछि अश्रुग्यास प्रहार गर्यो । तर पनि प्रदर्शन थप चर्किएको थियो ।
पहिचान पक्षधरको प्रदर्शन थप उग्र बनेपछि लाट्ठी चार्ज गरिरहेका सुरक्षाकर्मीले त्यसपछि हवाईफायर गर्नुपर्ने अवस्था आएको सुरक्षा स्रोतको भनाइ छ ।
देवकोटा चोकलगायत प्रदेशसभा भवन वरपरको अवस्था अहिले सामान्य बनिसकेको प्रहरीले जनाएको छ । प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीको भीडलाई तितरवितर पारेपछि अवस्था सामान्यतर्फ उन्मुख हुँदै गएको हो ।
अवस्था साम्य हुँदै गएपछि सर्वसाधारणले सहज रूपमा आवतजावत गर्ने वातावरण बनेको छ । दुई पक्षीय झडप रोकिएसँगै पहिचान पक्षधरले अस्पताल चोकनजिक कोणसभाको आयोजना गरेका छन् । सभालाई पहिचानवादी नेताहरुले सम्बोधन गरेका छन् ।
आन्दोलनकारीलाई प्रहरीले प्रदर्शनस्थलबाट पक्राउसमेत गरेको छ । प्रदर्शनस्थलबाट प्रहरीले २४ जनालाई पक्राउ गरेको हो । त्यसअघि ३७ जना पक्राउ परेका थिए ।
कोसी प्रदेश प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशन आज दिउँसो २ बजेका लागि आह्वान गरिएको थियो ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...