दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । विराटनगरमा विगत दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी एक बालिकाको उद्धार गरिएको छ ।
विराटनगर–५, जामुनगाछीमा खेतमा बनाइएको छोडाइएका मकैका घोगा थुपारिएको छाप्रोमा बसिरहेकी सुनसरीको दुहवी नगरपालिकामा पर्ने भुटानीचोक घर बताउने १५ वर्षीया बालिका दुर्गा उरावको आइतबार उद्धार गरिएको हो ।
आफ्नी बहिनीसहित दुई हप्ताअघि घरबाट विराटनगर आएकी दुर्गाले आफू कामको खोजीमा विराटनगर आएको बताइन् । विराटनगरमा आफन्त कोही नरहेको र बस्ने ठाउँ नभएकोले दुई हप्तासम्म दिदीबहिनी सोही छाप्रोमा बसेको उनले बताइन् ।
यसबीच कामको खोजीमा हिँडिरेहका दिदीबहिनीलाई जामुनगाछीकी स्थानीय कुन्ती कामतले एक हप्ताअघि जनही प्रतिदिन ६ घण्टाको चार सय रूपैयाँका दरले पारिश्रमिक पाउने गरी खेतमा पाकेको मकै भाँच्ने काम दिइन् । उनीहरूले दुई दिन काम गरेर सहमतिअनुसारको पारिश्रमिक लिए ।
पारिश्रमिकबापत पाएको रकमले केही दिन भोकप्यास टार्दै कामको खोजी जारी राखेर उनीहरू त्यही छाप्रोमा बसे । हत्तपत्त कसैको नजर नजाने छाप्रोमा बसेका उनीहरूबारे स्थानीयले ढिलो गरी मात्र थाहा पाए । स्थानीयले सोधपुछ गर्दा उनीहरूले आफूहरू घर जाने बताए ।
तर, पारिश्रमिकबापतको रकमबाट बचेको रकमले दुवैलाई घर जाने खर्च नपुगेपछि दुर्गाले आफ्नी बहिनीलाई शनिबार घर पठाएर आफू छाप्रोमै बसिन् र कामको खोजी जारी राखिन् । पछिल्ला तीन–चार दिन आफूले खानेकुरा नखाएको दुर्गाले सुनाइन् । आइतबार उद्धारका लागि छाप्रो पुगेका जामुनगाछीका स्थानीयले उनलाई खाजाको व्यवस्था गरिदिए ।
यसरी दुई हप्तासम्म बेवारिसे छाप्रोमा बसेकी दुर्गाको आइतबार स्थानीयको रोहवरमा उद्धार गरेर प्रहरीको जिम्मा लगाइएको छ । प्रहरीले उनलाई परिवारसँग सम्पर्क गरेर घर पठाउने प्रक्रिया सुरू गरेको छ ।
उद्धार गरिएकी दुर्गाका अनुसार उनले विराटनगरको तीनपैनी चोकमा स्थानीय शेरसिंह दुगडको घरमा तीन वर्ष दुगडका शिशु स्याहारको काम गरेकी थिइन् । तर, उनले पाउनुपर्ने पारिश्रमिकबापतको रकम उनकी कान्छीआमा रामवती उरावले लिइन् । दुर्गाकी आफ्नी आमा दीपा उरावले केही वर्षअघि परिवार छाडेर हिँडेपछि बुवा प्रदीप उरावले रामवतीलाई दोस्री श्रीमतीको रूपमा विवाह गरेका हुन् ।
आफ्नो समस्यामा केही स्थानीयको आशंकायुक्त केरकारले सशंकित बनेकी दुर्गालाई बालउमेरमै श्रम गर्दै हिँड्नु र यसरी बेवारिसे छाप्रोमा भोकप्याससहितका समस्या झेल्दै बस्नुको कारणबारे सोध्दा उनले स्पष्ट बताइनन् ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...