दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । अत्यधिक गर्मी बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई सिलिङ पंखा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ वटा सामुदायिक विद्यालयहरूलाई सिलिङ पंखा उपलब्ध गराएको महानगरले जनाएको छ ।
सोमबार महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यबाहक मेयर मधुबाबु तिवारी र सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरूलाई पंखा हस्तान्तरण गरेका हुन् ।
केहीदिनयता विराटनगरमा अत्याधिक गर्मी बढेको छ । जसका कारण पंखा नहुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू प्रभावित भएका छन् । चालु आर्थिक वर्षको विनियोजित बजेटबाटै पंखा खरिद गरेर विद्यालयलाई वितरण गरिएको कार्यबाहक मेयर तिवारीले जानकारी दिए ।
मेयर नागेश कोइरालाले गत वर्ष नै सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पंखा जडान गर्ने घोषणा गरेका थिए । मेयर कोइरालाकोको घोषणापछि चालु आर्थिक वर्षको बजेटमा पंखा खरिदका लागि बजेटसमेत विनियोजनसमेत गरिएको थियो । पहिलो चरणमा महानगरले एकैपटक ५ सय थान पंखा वितरण गरेको छ ।
शैक्षिक प्रशासन महाशाखाका अधिकृत सुशील दाहालका अनुसार प्रति विद्यालय ५ देखि २० थानसम्म सिलिङ पंखा उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा एक हजार पंखाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल ५ सय पंखा वितरण गरिएको दाहालको भनाइ छ ।
तत्काललाई पाँच सय पंखा उपलब्ध गराएसँगै विद्यालयहरूलाई जडान गर्न भनिएको छ । शैक्षिक प्रशाशन महाशाखाअन्तर्गत आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा विनियोजित २० लाख रकम अनुरुप सामुदायिक तथा धार्मिक विद्यालयले पंखा पाएका छन् ।
कार्यबाहक मेयर तिवारीले पंखा वितरण गर्नुको उद्देश्य विद्यार्थीलाई गर्मीयाममा पठनपाठनमा सहजीकरण गराउने रहेको बताए । उनले महानगरले सामुदायिक विद्यालयमा अनुगमन गर्दा कक्षाकोठामा पंखा अभाव भएको देखिएकाले विद्यार्थीलाई राहत दिने कार्यक्रम तत्काल कार्यान्वयन गरिएको बताए ।
विगत एक महिनायता ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम विराटनगरमा देखिएको छ । विराटनगर महानगरपालिकामा पंखा आपूर्तिका लागि मोरङ सुन्दरहरैंचाको मनोकामना अटो मोवाइल्सले ठेक्का लिएको थियो ।
पंखा प्राप्त गरेपछि विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले खुसी व्यक्त गरेका छन् । महानगरले अत्यन्तै प्रशंसनीय कार्य गरेको उनीहरूको भनाइ थियो ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...